२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोना संकट र विश्व राजनीति

कोरोना संकट र विश्व राजनीति

प्रा.डा. मोजराज बगाले

कोरोनाले वर्तमान परिप्रेक्ष्यमा साधारण मानिसमा त्रासको भावना सृजना गरेको छ । अधिकांश जनताहरु आफ्नो घरमा नै सीमित रहेका छन् । अब के हुने हो ? के गर्नुपर्ने हो ? भन्नेमा उनीहरु अन्यौलमा छन् । यस्तो अवस्थामा शासक वर्गले थप इमान्दार हुँदै आफ्ना गतिविधिहरु अघी बढाउनुपर्ने हो । जनताहरुलाई थप मेहनती र सृजनशिल बन्न प्रोत्साहित गर्नुपर्ने हो । राष्ट्रियताको सन्दर्भले राम्रोसँग काम गर्नुपर्ने हो । तर नेपालमा भने यस्तो अवस्था देखिँदैन । जुन दुखद छ ।

विश्वमा तीन किसिमका राष्ट्रहरु छन् । पहिलो अति विकसित र साम्राज्यवादी छन् । दोस्रो विकसित तर आफ्नै भूभागमा मात्र सीमित रहन चाहने किसिमका छन् भने तेस्रो किसिमका चाहिँ थुप्रै राष्ट्रहरुमा त विस्तार भएका छन् तर जनताको आर्थिक हैसियत निकै कमजोर छ । अर्थात जनताहरु अति गरीब छन् । जहाँ अत्यन्तै व्यापक भ्रष्टाचार समेत भएको छ ।

यी विभिन्न स्तरका मुलुकहरु मध्ये हामीले अमेरिका, भारत, जापान, चीन अष्ट्रेलिया, इथोपिया, युरोप, अनि नेपालको सन्दर्भमा कोभिड १९ ले पारेको प्रभावकारे बारेमा जोडेर अध्ययन र विष्लेषण गर्नु जरुरी देखिन्छ ।

पहिलो किसिमका राष्ट्रहरुमा कोरोना प्रभाव अति बढी भएको पाइएको छ । जहाँ यस संकटसँगै जनता र नेतामा सहयोगी भावना समेत विकास भएको पाइएको छ । यसको अलावा भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक, प्र्रशासनिक र विज्ञानको नवीनतम प्रयोग समेत ती देशहरुमा बढी मात्रामा भएको पाइएको छ । ती भूमिहरुमा बस्ने सबै जनतालाई १ बर्ष सम्मको लागि खाद्यान्न, औषधीउपचार लगायत सम्पूर्ण सुविधा राज्यबाटै प्रदान गरिएको छ भने आगामी बर्षहरुमा समेत सहयोग पाउनेमा जनताहरु विश्वस्त छन् । जसले गर्दा देशको अवस्था आगामी दिनमा अझ माथि उठ्ने अनुमान गर्न सकिन्छ । जनताले राज्यको आवश्यकता यतिबेला महसुस गरेका छन् । यी सबै हुनुमा एउटै कारण छ । त्यस ती देशहरुमा अति योग्य, सक्षम, इमान्दार र शिक्षित नेताहरु छन् ।

अब दोस्रो किसिमका देशहरुको कुरा गरौं, यी देशहरु पनि धनी त छन्, जनताहरु पनि सचेत छन् । नेताहरु पनि मेहनती, योग्य, इमान्दार र उच्च शिक्षित भएकै कारण त्यो उपलब्धि हासिल भएको हो । तर ती देशहरुमा नयाँपनको विकास भने कमै भएको पाइन्छ । त्यति सहज रुपमा प्रविधिको पहुँच पुग्न सकेको छैन । राष्ट्रको आम्दानी पनि मध्यम नै छ ।

अन्तिम अर्थात तेस्रो किसिमका राष्ट्रहरुमा जनताहरु जहिले पनि ठगिने, परिश्रम गर्ने ठाउँ समेत नपाउने, उत्पादन पनि नभएका र आयातमै निर्भर रही चल्नुपर्ने किसिमका छन् । यस किसिमका देशहका नागरिकले राम्रो गुणस्तरको खाना पनि नपाउने अवस्था छ । जनताहरु नेताले भ्रष्टाचार गरेको पैसाको आशामा हिँड्न बाध्य छन्, देशमा आशा लाग्दो विकास कार्य खासै नहुने साथै शिक्षा र स्वास्थ्यको आडमा जनताहरु लुटिने, ठगिने अवस्था रहँदै आएको छ । जसले गर्दा भौगोलिक, राजनीतिक एवं आर्थिक अवस्था अति कमजोर हुँदै गइरहेको छ ।

यी देशहरुमा थुप्रै काम नलाग्ने विषयहरुले समाजलाई जँगडेको हुन्छ । यी सबै विषयवस्तुहरु हुनुको एउटै कामकुरा छ त्यो भनेको नेतृत्व वर्गमा असक्षमता, अयोग्यता, अशिक्षित र भ्रष्ट्राचारी मानसिकता सहित गरिने राजनीति । जसले गर्दा मुलुकको अवस्था दिनप्रतिदिन तल भर्दै गइरहेको छ ।

अन्त्यमा, जुन देशमा राष्ट्रियता दह्रो हुन्छ, दुःख पर्दा सरकार सहयोगी बन्छ, । जनताको पीडामा नुन, चुक लाउने काम सरकारबाट हुन्छ, ती देशहरु नै कोरोना सङ्कटसँगै विकासको दिशामा नयाँ तवरले आफ्ना पाइलाहरु चाल्न सक्षम हुनेछन् । आर्थिक रुपमा उक्त देशका जनतालाई मात्र नभई विश्वकै लागि यी देशहरु उदाहरणीय बन्नेछन् । होनहार अब्बल व्यक्तिहरु उत्पादन बढ्नेछ । यी देशहरु नै भावी दिनमा आशाको केन्द्र बन्दै जानेछन् । विश्वमा त्यही देशका जनता बढी सुखी हुनेछन् ।

तर जुन देशमा परिवारका सबै सदस्यहरु राजनीति गर्छन्, सँगै भ्रष्टाचार पनि हुन्छ, त्यो त्यो देशमा केही पनि विकास हुँदैन । तर केही नेताहरुहरुसँग भने अथाह सम्पत्ति हुन्छ । जनताहरु भोक र रोगले मरिरहने स्थिति रहिरहन्छ । यस कोरोना सङ्कटले यस अन्तरलाई अझ बढाएर लैवजानेछ । यस्ता देशहरुको विश्वमा नाम र दाम कुनै हिसाबले पनि अगाडि आउन सक्दैन । जहाँ फटाहा र भ्रष्ट नेताहरुले नै समाज बिगार्दै लैजान्छन् । अनि जनताको भक्तिभाव समेत धमिलो र अन्धकार हुँदै जानेछ । यी देशहरुमा कोरोनासँगै राजनीतिमा संलग्न थोरै व्यक्तिहरु मात्र धनी हुनेछन् । तर अन्यको अवस्था भने झन् कहालिलाग्दो बन्दै जानेछ । यस संकटले मानिसहरुको वर्गीय दूरीलाई भने अझ बढाउँदै लैजानेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij