काठमाडाैं । ग्राहकहरूको आवश्यकता र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मी विकास बैंकले दराज नेपालसँग ११.११ अभियानका लागि विशेष सहकार्य गरेको छ। बैंकले आफ्ना डिजिटल बैंकिङ सुविधाहरूलाई अझ विस्तार गर्ने नीतिको अनुरूप यो सहकार्य गरिएको हो।
यस योजनाअनुसार २०८३ कार्तिक १५ गतेदेखि कार्तिक २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजमार्फत सामान खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। बैंकका डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५ सय रुपैयाँसम्म र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाइनेछ।
छुट प्राप्त गर्न ग्राहकहरूले दराजबाट भौचर सकलन गर्नुपर्नेछ भने योजना अवधिभर सहभागी हुनेहरूका लागि पहिलोलाई प्राथमिकताको आधारमा छुट प्रदान गरिनेछ। यस किसिमको समझदारीले डिजिटल रूपमा ग्राहकहरूसँग जोडिन, भुक्तानी प्रक्रियालाई सहज बनाउन र डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि बढाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौँको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij