२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कृतज्ञता अभ्यासकाे पहिलो दिनः आशिर्वादहरु गणना गराैं

कृतज्ञता अभ्यासकाे पहिलो दिनः आशिर्वादहरु गणना गराैं

आजबाट हामी २८ दिनको चामत्कारिक कृतज्ञता अभ्यास को शुरुवात गर्दैछौं । आज हामी यस अभ्यासको पहिलो दिनमा छौँ । आज हामी आफूलाई प्राप्ति भएका हरेक सकारात्मक उपलब्धिहरू प्रति कृतज्ञता व्यक्त गर्नेछौं ।

गीतकार  विली नेल्सन भन्नुहुन्छ, ‘जब म आफूसँग उपलब्ध रहेका आशिर्वाद गणना गर्न शुरु गरेँ, तब मेरो जीवन पूरै बदलियो ।’

हामीले आफ्नो जीवनका आशिर्वाद वा राम्रा कुराहरु गणना गर्नुपर्छ भन्ने त पक्कै सुन्दै आएका हुनुपर्छ । आखिर किन हामीले राम्रा कुरा मात्र गणना गर्ने त ? भन्ने प्रश्नको उत्तर अधिकांश व्यक्तिलाई जानकारी नहुन सक्छ । हामीले हाम्रो जीवनमा राम्रा नराम्रा दुवै किसिमका अनुभवहरु गरेका हुन्छौं । हामी अधिकांशले जीवन भोगाईका क्रममा विगतका राम्रा कुरा भन्दा पनि पीडामय दुखद कुराहरुको बढी अनुभव गर्दै आएका हुन सक्छौं । हुनतः हामी सबैको चाहना आफूलाई अब्बल र उत्कृष्ट बनाउँदै लैजाने र परिवार, समाज र राष्ट्र«को लागि केही योगदान गरौं भन्ने नै रहने गर्छ ।

तथापि हामी आफ्ना विगतका अनुभव, हाम्रो मष्तिष्कमा निर्माण भएका भित्री विश्वास, मूल्य, मान्यता, सोच्ने तरिका र अवचेतनमा निर्माण भएका मूल कार्यक्रम लगायतका कारण आफूलाई चाहेअनुसारको दिशामा आफूलाई अघी बढाउन सकिरहेका हुँदैनौं ।

आशिर्वाद गणनाः एक महत्वपूर्ण अभ्यास

हाम्रो जीवनलाई राम्रो दिशामा अघी बढाउनको लागि आफूले प्राप्त गर्दै आएका आशिर्वादहरुको गणना एक निकै महत्वपूर्ण अभ्यास हो । यस अभ्यासले हामी हाम्रो जीवनलाई थप उत्कृष्ट बनाउँदै लैजान सक्छौं । जब हामी आफ्नो ध्यान सकारात्मक कुरामा केन्द्रित गर्छौं, हामी नकारात्मक कुराबाट स्वतः मुक्त भइरहेका हुन्छौं । यसकारण हामी आफूलाई नकारात्मक कुराहरुबाट मुक्त बनाउनु छ भने आफूलाई उपलब्ध रहेका सकारात्मक कुरामा अधिकांश समय आफ्नो ध्यान केन्द्रित गर्नु निकै जरुरी हुन्छ ।

जब हामी राम्रा कुराहरुको गणना गर्न शुरु गर्छौं, ती राम्रा चिज हाम्रा लागि धेरै नै महत्वपूर्ण एवं महत्वाकांक्षी नै हुनुपर्छ भन्ने जरुरी पर्दैन । हामी आफ्नो जीवनका साना ठूला हरेक राम्रा पक्षलाई गणना गर्न सक्छौं । यसरी सकारात्मक पक्षको खोजी गर्नुको उद्धेश्य हरसमय आफूलाई सकारात्मक मनस्थिति र भावनात्मक स्थितिमा राखौं भन्ने रहन्छ ।

के के कुरामा कसरी कृतज्ञता प्रकट गर्ने ?

हामीले दैनिक रुपमा खाने खाना, लिने स्वास, हाम्रा शरीरका अङ्गहरु लगायतलाई हामी कृतज्ञता अभ्यासका कारण बनाउन सक्छौं । यसैगरी हाम्रो वरपरको वातावरण, माटो, रुखवृक्ष, सडक, गाडी, मोबाइल फोन, प्रकृति, पुस्तक, चलचित्र लगायतका चिजहरु, जुन हाम्रो लागि अत्यन्तै महत्वपूर्ण छन्, यिनै चिजहरुलाई नै हामीले कृतज्ञता प्रकटका कारणहरु बनाउन सक्छौं । हामी यस कुरामा खुसी हुनुपर्छ कि प्रकृतिले हामी अधिकांशको लागि आवश्यक पर्ने आधारभूत आवश्यकताहरु हामीलाई निःशुल्क उपलब्ध गराएको छ । यसकारण हामी सदैव प्रकृतिप्रति कृतज्ञ रहन सक्नुपर्छ ।

यो पनि बुझौं

यदि हामी आफूमा सकारात्मक कुराहरुको गणना सचेत रुपमा गर्न तयार हुँदैनौं भने अचेत रुपमा स्वतः हामीले नकारात्मक चिजवस्तुहरुको गणना गरिरहेका हुन्छौं । अथवा हाम्रो मष्तिष्कमा नकारात्मक विचार वा भावना स्वतः विकास भइरहेको हुन्छ ।

कृतज्ञता प्रकटमा भावनाको महत्व

हामीले राम्रा कुरा गणना गर्दा ती कुराहरुको हामीले भित्री हृदय देखि नै आवश्यकता बोध गर्न सक्नुपर्छ । साथै जति धेरै आफूलाई ती चिज वस्तुहरु आफ्नो लागि उपलब्ध भएको कारण हृदय देखि नै आफूलाई भावनात्मक गहिराईमा डुबाउन सक्छौं, त्यत्ति नै हामी आफूलाई सकारात्मक बदलावको लागि तयार बनाइरहेका हुन्छौं

ब्रह्माण्डीय नियमः

ब्रह्माण्डीय नियम यो हुन्छ कि हामी जुन कुरामा आफ्नो ध्यान केन्द्रित गर्छौं, त्यस्तै प्रकृतिका अन्य चिजहरु समेत हामीलाई थप मात्रामा उपलब्ध हुँदै जाने गर्दछन् । यसकारण सबैभन्दा पहिले हामीलाई के–के कुरा आवश्यक रहन्छन्, ती सबै कुराहरुको सूची बनाउँ । हामीले आफ्नो जीवनलाई सफलता र उत्कृष्टताको उचाईमा अघी बढाउने क्रममा निम्न क्षेत्रहरुमा सुधार वा वृद्धि आवश्यक रहेको हुन सक्छ ।

धनसम्पत्ति

पारिवारिक सुखद सम्बन्ध

खुसी, शान्ति, प्रेम र आनन्द

शारीरिक स्वास्थ्य

कार्य सफलता

सन्तुलित जीवन

भौतिक उपलब्धि

यी चिजहरु मध्ये जुन चिजलाई हामीले बढाउनुछ वा जुन कुरालाई सुधार गर्नुछ त्यही चिजलाई हामीले निरन्तर कृतज्ञता प्रकट गरेर त्यस चिजलाई थप बढाउन सक्छौं । आफूलाई भावनात्मक गहिराईमा पुर्याउनको लागि कारण खोजी गर्नु निकै महत्वपूर्ण हुन जान्छ ।

कृतज्ञता प्रकटको नमुना यस्तो हुनेछ
१. म …… प्रति कृतज्ञ÷आभार छु किनकि ………
२. म …… प्रति कृतज्ञ÷आभार छु किनकि ………
३. म …… प्रति कृतज्ञ÷आभार छु किनकि ………
४. म …… प्रति कृतज्ञ÷आभार छु किनकि ………
५. म …… प्रति कृतज्ञ÷आभार छु किनकि ………

उदाहरणः म हावा र स्वास प्रति कृतज्ञता÷आभार ÷ धन्यवाद व्यक्त गर्दछु किनकि यो मेरो जीवन हो । स्वास निःशुल्क छ । साथै यो मेरो लागि अत्यन्त महत्वपूर्ण समेत छ ।

ब्रह्माण्डीय-ईश्वरीय शक्ति प्रति धन्यवाद धन्यवाद धन्यवाद ।

कृतज्ञता अभ्यासको लागि आफू जुन वस्तु प्रति कृतज्ञ रहने हो, त्यो चिज आफ्नो लागि साँच्चै महत्वपूर्ण रहेको सम्बन्धमा विभिन्न कारणहरु खोजी गर्न सक्नुपर्छ । यसरी कृतज्ञता प्रकट गर्दा म………..उपलब्ध भएकोमा म धेरै खुसी छु, म हृदय देखि नै …………..प्रति आभार प्रकट गर्दछु । म………लाई धेरै माया गर्दछु । म……………को कारण आफूलाई अत्यन्तै भाग्यमानी मानेको छु । लगायतका वाक्यहरु प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij