२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेपालमा जापानी खाद्य संस्कृति प्रवद्धनमा केन्द्रित रहँदै होक्काइडो नेपाल बिजनेस ग्रुप

नेपालमा जापानी खाद्य संस्कृति प्रवद्धनमा केन्द्रित रहँदै होक्काइडो नेपाल बिजनेस ग्रुप

अर्जुन अधिकारी, अध्यक्ष, हाेक्काइदाे नेपाल बिजनेश ग्रुप

काठमाडौं । होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि) नेपालमा जापानिज फुड कल्चर भित्र्याउने अग्रणी संस्था हो । यो १७ वर्षसम्म जापानमा रही व्यावसायिक जिबन बिताएर नेपालमा केही गर्छु भन्ने भावनाले फर्किएका अर्जुन अधिकारी सहितको समूहले सञ्चालन गरेको व्यावसायिक समूह हो ।
सन २०१९ देखि नेपालको रेस्टुरेन्ट क्षेत्रमा जापानिज फुड कल्चरलाई प्रवेश गराएका अधिकारी नेतृत्वमा काठमाडौँको बुढानीलकण्ठमा रहेको पार्क भिलेज होटेल हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्ट सञ्चालनमा छ । पहिलो प्रयासको रूपमा सुरु गरिएको होक्काइडो रामेन हाउसप्रति आम उपभोक्ताको आकर्षणका कारण यो समूह अन्तर्गत काठमाडौंका विभिन्न ६ स्थानमा जापानिज रेस्टुरेन्ट सञ्चालनमा छन् । साथै उपत्यकाको दुई स्थानमा (क्यूएक्स) सञ्चालनमा छ ।

होक्काइडोका शाखाहरू देक्काइडो फार्म हाउस (बुढानीलकण्ठ), ओमाकासे (नक्साल), इजाकाया होक्काइडो (¥याडिसन होटेल, लाजिम्पाट), होक्काइडो हाउस (सानेपा) र होक्काइडो बेन्तो हाउस (बौद्ध) रहेका छन् ।

क्यूएक्सको रुपमा सञ्चालन भएका शाखाहरु लबिम मल (पूल्चोक) र ली शेर्पा काठमाडौं हुन् । यसको अलवा रेस्टुरेन्टलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने हेतुले रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्म समेत सञ्चालनमा छ ।


काठमाडौंको बुढानिलकण्ठमा रहेको सेन्ट्रल किचेनले समूह अन्र्तगत सञ्चालित सबै शाखाहरुलाई आवश्यक खाद्यान्नको उत्पादन गर्दै आएको छ । जसले खाद्य गुणस्तरलाई एकरुपता दिन सहयोग पुगेको छ ।

जापानिज फुड कल्चरको प्रवर्द्धन गर्दै रेस्टुरेन्टहरू मार्फत जापानी खानाका पारखीको सेवामा समर्पित यो समूहमा १७० जना भन्दा बढीको टिमले काम गरिरहेको छ ।
जापानको होक्काइडोमा नेपाली फुड कल्चरलाई विस्तार गरेको अधिकारी नेतृत्वको समूह सोही प्रेरणाका कारण नेपालमा जापानको फुड कल्चर विस्तारमा लागेको हो । जापानमा आर्जन गरेको व्यवसायिक अनुभवलाई उपयोग गर्दै रेस्टुरेन्ट क्षेत्रमा लगानी र रोजगारी सृजनाको संकल्प बोकेका अर्जुन अधिकारी मुख्य गरी नेपालमा जापानी फुड कल्चर प्रवद्धनमा सक्रिय छन् ।

विदेशी भुमिमा श्रमसँगै आर्जन गरेको सीपलाई नेपालमा प्रयोग गर्दा उत्पादन र रोजगारीको क्षेत्रमा सहयोग पुग्ने धारणा बोकेका अधिकारीले जापानिज फुड कल्चरलाई देशैभर विस्तारको योजना बनाएका छन् ।

 

पहिला उत्पादनलाई फोकस गर्छौ अनि गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौं । यसले उद्यमी बन्न प्रेरित गर्छ र स्वदेशमा नै उत्पादन, उद्यमी र गुणस्तरीय सेवा प्रवाह हुन्छ ।  नेपालमा नै उत्पादन हुन थालेपछि उद्यमी जन्मन्छन, उद्यमीले सफल प्रविधि भित्र्याउन पहल गरेसँगै उत्पादनको गुणस्तर पनि बढ्छ जसले निर्यात प्रतिस्थापन र स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन्छ । अनी मात्र देश समृद्ध हुन सक्छ ।

कम्तीमा एक सय उद्यमी जन्माउने सपना बोकेका अधिकारीले हालसम्म ७ जना सफल उद्यमीलाई यो क्षेत्रमा स्थापित गराएका छन् । सोही समूह मातहत सञ्चालनमा रहेको होक्काइडो एकेडेमी अफ हस्पिटालिटीले दक्ष जनशक्ति उत्पादन समेत गर्दै आएको छ ।

के हो त होक्काइडो नेपाल बिजनेस ग्रुपको उद्देश्य ?
जापानमा व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूको समूह होक्काइडो नेपाल बिजनेस  ग्रुप नेपालको समृद्धिसँग हातेमालो गर्ने उद्देश्य बोकेको संस्था हो । मुख्यगरी उत्पादन, उद्यमी र लगानीलाई आफ्नो प्राथमिकतामा राखेको यो समूहले आन्तरिक सशक्तीकरण मार्फत विदेशी लगानी भित्र्याउने वातावरण निर्माणको योजना बनाएको छ ।

देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्ने बताउने समुहका निर्देशक अधिकारी उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने गरी काम गर्ने बताउँछन् ।

उनी भन्छन्, ‘पहिला उत्पादनलाई फोकस गर्छौ अनि गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौं । यसले उद्यमी बन्न प्रेरित गर्छ र स्वदेशमा नै उत्पादन, उद्यमी र गुणस्तरीय सेवा प्रवाह हुन्छ ।’ अधिकारी थप्छन्, ‘नेपालमा नै उत्पादन हुन थालेपछि उद्यमी जन्मन्छन, उद्यमीले सफल प्रविधि भित्र्याउन पहल गरेसँगै उत्पादनको गुणस्तर पनि बढ्छ जसले निर्यात प्रतिस्थापन र स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन्छ । अनी मात्र देश समृद्ध हुन सक्छ ।’

उत्पादनसँग जोडिएपछि बिस्तारै गुणस्तरीय उत्पादनमा जोड दिने र त्यसलाई मौलिक पहिचानका साथ अन्तर्राष्ट्रियकरण गरिनुपर्ने धारणाका साथ आफूहरू अगाडी बढेको अधिकारी बताउँछन् । उत्पादन र उपभोगलाई प्रतिस्पर्धी बनाउनका लागि विदेशको सफल प्रविधि र सीप भित्रयाउनुपर्ने अधिकारीको मत छ ।

नेपालमा जापनिज फुड कल्चर किन ?
विकासोन्मुख देश नेपालको अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण सूचकको रूपमा होटेल तथा रेस्टुरेन्ट व्यवसाय पनि रहने गर्दछ । संसारभरि स्वस्थ खानाको रूपमा पहिचान बनाएको जापानी खानाको विस्तारले होटेल तथा रेस्टुरेन्ट क्षेत्रको विकासमा टेवा पुग्ने उद्देश्यले यसलाई नेपालमा भित्र्याइएको हो । स्वदेशी तथा विदेशी पाहुनाको रोजाइमा पर्ने जापानी खानाको परिकारलाई स्थापित गराउन होक्काइदोले काम गरिरहेको छ । नेपालमा जापनिज फुड कल्चरलाई दिगो रूपमा स्थापित गराउन काम गरिरहेको यो समूहले लगानी र रोजगारीको समान अवसर सृजना गर्दै आएको छ । नेपालको पर्यटन प्रवद्धनमा पनि जापनिज फुड कल्चरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

इजाकाया होक्काइडो किन ?
यो समूहले काठमाडौँको ¥याडिसन होटेल परिसरमा सञ्चालनमा ल्याएको इजाकाया होक्काइडो जापनिज फुड कल्चरको प्रवद्धनमा काम गरिरहेको रेस्टुरेन्ट हो । राजधानीको केन्द्र लाजिम्पाटमा रहेको इजाकाया होक्काइडोले जापनिज फुड पारखीका लागि ५० बढी परिकार पस्कँदै आएको छ । स्वदेशी तथा विदेशी पाहुनाका लागि उच्च गुणस्तरका परिकार पस्कँदै आएको इजाकायामा शाकाहारी र मांसाहारी छुट्टाछुट्टै मेनुको व्यवस्था छ ।
जापानको फुड कल्चरलाई नेपाली परिवेशमा ढाल्दै आएको इजाकायाले उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै स्वच्छ र ताजा खाना उपलब्ध गराउँछ । सम्भव भएसम्म स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहनको नीति लिएको यो रेस्टुरेन्टले दक्ष जनशक्तिको साथ आफ्नो सेवा प्रवाह गरिरहेको छ ।

मद्यपान, धुम्रपानका लागि छुट्टै कक्षको व्यवस्था गरिएको इजाकायामा पारिवारिक, प्रेमिल तथा गोप्य सिटको व्यवस्था छ । नेपाली र जापानी चाडपर्वहरूमा इजाकायाले विशेष कार्यक्रमको साथ आफ्ना उपभोक्ताका लागि आकर्षक प्याकेज ल्याउँदै आएको छ ।

७० जना अट्ने हलको व्यवस्था रहेको इजाकायामा सभा, समारोह तथा अन्य कार्यक्रमका लागि माग बमोजिमका सेवा उपलब्ध छन् ।
साताको सबै दिन खुला रहने इजाकाया आइतबारदेखि शुक्रबारसम्म बिहान ११ देखि बेलुका १० र शनिवार अपराह्न १२ बजेदेखि बेलुका १० बजेसम्म खुला रहन्छ । इजाकायाले हाल आफ्ना सबै सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij