२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउनलाइ यसरी खुकुलाे बनाउँदै जाउँ

लकडाउनलाइ यसरी खुकुलाे बनाउँदै जाउँ

-के. बि. सम्राट

विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ नामाकरण गरिएको कोरोना भाइरसले यतिखेर विश्वमा भयावह स्थिति सृजना गरेको छ । यस भाइरसबाट विश्वका अधिकांश देशमा संक्रमण फैलिइसकेको छ ।

अमेरिकाको जोन हपकिन्स यूकेको अक्सफोर्ड र चीनका विभिन्न वैज्ञानिकको अनुसन्धानलाई आधार मान्ने हो भने यस भाइरसबाट संसारभरि चारदेखि ५ लाख मानिसको ज्यान जाने अनुमान गरिएको छ । ४० देखि ५० लाख मानिसमा संक्रमण पुष्टि हुने पनि अनुमान गरिएको छ । हाम्रो मुलुकमा हालसम्म ३४ सय जना संक्रमित नाघिसकेको अवस्थामा सामान्य लक्षण देखिएका र त्यसमध्ये केहि निको भएर घर गएका पनि छन् । शुरुका दिनहरुमा देखिएका प्रायःजसो संक्रमित इन्डिया, चाइना, यूके, युरोप, फ्रान्सबाट आएका र उनीहरूको सम्र्पकमा गएकाहरुलाई मात्र यस्तो लक्षण देखिएको थियो । तर हालसम्म आइपुग्दा नेपालमा पनि सामुदायिक स्तरमा नै कोरोना संक्रमण फैलिसकेको छ ।

सम्भावित उच्च जोखिमलाई ख्याल गर्दै नेपाल सरकारले लकडाउन लगायतका कदम चालेपनि त्यो पछिल्ला दिनहरुमा प्रभावकारी हुन नसकेको देखिन्छ ।

यसै परिप्रेक्ष्यमा नेपालमा कोभिड–१९ को प्रभावसँगै सम्पूर्ण नेपाली जनजीवन प्रभावित रहेको अवस्थामा कसरी लकडाउनलाई खुकुलो र बिस्तारै हटाउन सकिन्छ भन्ने विषय गम्भीर रूपमा उच्च सतर्कताका साथ हामी सबैले आत्मसात् गरी यस त्रासपूर्ण वातावरणलाई मुक्त गर्नुपर्ने आवश्यकता समेत छ ।

यस भाइरसको खोप चीन, यूके र अमेरिकाले छिटोमा सेप्टेम्बर २०२० भित्र प्रयोगमा ल्याइसक्नेछन् भने ढिलोमा मार्च २०२१ भित्र प्रयोगमा आइसक्ने आंकडा छ । खोपको प्रयोग विश्वबजारमा नपुगुन्जेल विश्वभरका मानिसले न्यूनतम सुरक्षा सतर्कता अपनाउनुपर्नेछ ।

यस भाइरसको लक्षण विभिन्न देशमा फरकफरक किसिमले देखिएको, देशअनुसार र व्यक्तिअनुसार लक्षणबिनाका कोभिड पोजेटिभ बिरामीदेखि सामान्य लक्षणदेखि गम्भीर प्रकृतिका लक्षण देखाएका समेत छन् । व्यक्तिअनुसार उसको उमेर समूह, व्यक्तिका मुटु, दम, मधुमेह तथा क्यान्सरका रोगीमा गम्भीर प्रकृतिका लक्षण देखिएका छन् भने मृत्युदर पनि यिनै रोगले ग्रसित तथा उमेर बढी भएका बिरामीको बढी छ । त्यसमा पनि मृत्युदर पुरुषको बढी छ भने महिलाको कम छ । त्यसैगरी, बालबालिकाको मृत्युदर नगन्य छ । यसै सन्दर्भमा निम्न बुंदालाई ध्यान दिंदा लकडाउनलाई बिस्तारै खुकुलो पार्दै हटाउन सकिन्छ कि भन्ने एक किसिमको भाव दिन सकिन्छ ।

कोरोना लक्षण देखिएका भन्दा नदेखिएकाबाट उच्च जोखिम र संक्रमण फैलिन सक्ने भएकाले लक्षण देखिएको समूह र नदेखिएको समूहको एप्स तयार गर्ने र नयाँ एप्समार्फत उनीहरुको मनिटर गर्ने व्यवस्था गर्नुपर्छ ।

  • पछिल्लो दिनहरुमा विदेशबाट नेपाल आएका स्वदेशी तथा विदेशी नागरिकसँग सम्पर्क तथा भेटघाट भएका सबै व्यक्ति, अग्र पंक्तिमा काम गर्ने सम्पूर्ण चिकित्सक, नर्स, मेडिकल स्टाफ, स्वास्थ्यकर्मी तथा ड्राइभर, सुरक्षाकर्मी, तरकारी व्यापारी, चिडियाखानाका कर्मचारी, देशैभरका मालवाहक समान बोक्ने ड्राइभर, भोलेन्टियर्स, पत्रकार, नेपाल सरकारका अग्रपंक्तिमा काम गर्ने मन्त्री तथा सरकारका सबै कर्मचारी, सडकमा काम गर्ने कामदार, इन्डियाबाट नेपाल आएका सबै नेपाली तथा इन्डियन नागरिक, मठमन्दिर तथा मस्जिदमा बस्ने हिन्दू र मुस्लिम लगायत सबै सम्पर्कमा पुगेका लक्षण देखिएका र नदेखिएका, हाल क्वारेन्टाइन र आइसोलेसनमा बसेका लगायत, स्वास्थ्य अनुसन्धानकर्मीले शंका गरी रेड जोनमा राखेका अन्य सबैको अनिवार्य आरडीटी र पीसीआरमार्फत् परीक्षण गरी संक्रमण देखिएकालाई यथाशीघ्र आइसोलेसनमा राख्ने र बाँकी शंकास्पद व्यक्तिलाई कम्तीमा सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुपर्छ ।
  • देशभरका प्रभावित तथा अप्रभावित जिल्ला वा स्थानलाई रेड, ग्रिन र एल्लो जोन गरी तीन किसिममा विभाजन गर्न सकिन्छ । कोभिड–१९ को देशैभरिका अस्थायी अस्पतालको समुदायबाट कम्तीमा ५ किलोमिटरको दूरीमा छुट्टै अस्थायी अस्पतालको विकास गर्ने देशै भरिका सरकारी तथा निजी अस्पताल अन्य बिरामीका लागि खोलिनुपर्छ ।
  • कोभिड–१९ मा काम गर्ने अग्रपंक्तिका चिकित्सक तथा मेडिकल स्टाफलाई अस्पतालको नजिक खाने, बस्ने तथा आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्ने र कसैलाई शंकास्पद लक्षण देखिएमा २१ दिन राख्ने व्यवस्था गर्नुपर्छ ।
  • सबै जिल्लाका विद्यालय, विश्वविद्यालय, पार्क, होटल, सिनेमा घर, मठ मन्दिर, मस्जिद, गुम्बा, सार्वजनिक स्थान, सपिङ मल, सुपरमार्केट हाट बजार, कपाल काट्ने सैलुन, स्पा, मसाज सेन्टर तथा ब्युटीपार्लर, डिस्को, बार तथा क्लब न्यूनतम पनि २ महिनाका लागि पूर्ण रूपमा बन्द गर्नुपर्छ ।
  • विद्यार्थीलाई यथाशीघ्र सबै जिल्लामा सम्भव भएसम्म अनलाइन क्लास सञ्चालन गर्ने, सम्भव नभएका जिल्लामा एफएम, सामुदायिक रेडियो र मोबाइल क्लासको व्यवस्था गर्नु उपयुक्त हुनसक्छ । नेपाल र भारतको सिमानामा जोडिएका सम्पूर्ण जिल्ला र जिल्लाभित्रका गाउँपालिका कम्तीमा तीनदेखि पाँच महिनाका लागि बन्द गर्ने र भारतमा शून्य केस नतिजा आएको कम्तीमा ४० दिनपछि मात्र सिमाना खुलाउने साथै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई अरू देशमा शून्य केस भएको ३० दिनपछि मात्रै खुलाउनुपर्छ । चीन र नेपालको हवाईसेवा कम्तीमा यथाशीघ्र एक सातामा एउटा उडान गर्ने र चीनबाट नेपाल आउने कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री नेपालीले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तु, ल्याउन सहज हुने, ग्याङ्चो, खुन्मिङ जहां विगत चार महिनादेखि सुरुको केही साता नगन्य मात्रामा कोभिड पोजेटिभ केस देखिएर हाल कुनै पनि केस देखिएका छैनन् । तसर्थ, यी दुई सहरबाहेक अन्य स्थानको हवाई उडान न्यूनतम ४० दिनसम्मका लागि बन्द गर्नुपर्छ ।
  • देशभरिका प्रभावित-अप्रभावित जिल्ला वा स्थानलाई रेड, ग्रिन र एल्लो जोन गरी तीन किसिममा विभाजन गर्न सकिन्छ । रेड जोनमा परेका जिल्लालाई पूर्ण रूपमा सिल गरिनुपर्छ । एल्लो जोनमा परेका जिल्लामा यातायात, होटल, विद्यालय, सार्वजनिक स्थान, सपिङ मल, हाट बजार, कपाल काट्ने सैलुन, स्पा, मसाज सेन्टर तथा ब्येटीपार्लर बन्द गरी सामान्य सामाजिक दूरी कायम गरी हिंडडुल गर्न दिनुपर्छ । ग्रिन जोनमा परेका जिल्लामा विद्यालय, सैलुन, ब्युटीपार्लर, डिस्को, बार, पार्क, सिनेमा हल बन्द गरी मझौला होटल, कलकारखाना, तरकारी मालबाहक सवारी साधन तथा यात्रु ओसारपसारका निम्ति प्रयोग गरिने छोटा दूरीका सार्वजनिक यातायातका साधन खुला गर्ने तर बस, माइक्रो, टेम्पोमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्क र पन्जा लगाउनुपर्ने र कसैले खोकेको खण्डमा अन्य प्यासेन्जर तथा ड्राइभरले अनिवार्य रूपमा बाहिर निकाल्न सहयोग गर्ने र चिकित्सककोमा पु¥याउन सहयोग गर्ने साथै सम्पूर्ण यातायातका साधनमा अनिवार्य दिनमा एकपटक डिसइन्फेक्सन गर्नुपर्ने र डिसइन्फेक्सन नगरिएका सवारी साधन नचलाउने नियम लागू गर्नुपर्छ ।
  • ६० वर्ष उमेर समूहभन्दा माथि प्रेसर, दम, सुगर र अन्य दीर्घरोगीको सबै जिल्लामा पहिचान गरी विशेष उपचार र औषधिको सेवन गर्न र भिडभाडमा नगई घरमै बस्न अनुरोध गर्ने र दीर्घ रोगीको निगरानीका लागि छुट्टै चिकित्सकको टिम गठन गरी हेल्थ डेक्स खोल्ने र स्वास्थ्यकर्मीले अनिवार्य फोन गर्ने र फोन गर्ने बिरामीको अवस्थाको बारेमा दैनिक जानकारी लिनुपर्छ ।
  • नेपाली जनजीवन प्रभावित रहेको अवस्थामा कसरी लकडाउनलाई खुकुलो पार्दै बिस्तारै हटाउन सकिन्छ भन्नेबारे सोचिनु जरुरी छ ।
  • अस्थायी फिभर क्लिनक टोलटोलमा सञ्चालन गर्ने बस, बसपार्क, तरकारी बजार भिडभाड हुने ठूलाठूला स्थान तथा सपिङ सेन्टरमा स्वास्थ्यकर्मीमार्फत थर्मल गन प्रयोग गरी तापक्रम मापन गर्ने, तापक्रम मिलाइकन कुनै पनि सरकारी कर्मचारी, सर्वसाधारण, अस्पतालभित्र, नेपाल सरकारका कार्यालयभित्र, संघसंस्थाभित्र जान नपाउने व्यवस्था गर्नुपर्दछ । नेपाल प्रहरी र नेपाल आर्मीका स्वास्थ्यकर्मीलाई ७७ वटै जिल्लाअन्तर्गतका नगरपालिका गाउँपालिका, वडा र गाउँगाँउँसम्म स्वास्थ्य स्वयंसेविकालाई तालिम दिने, ज्वरो, श्वासप्रश्वास र खोकीका बिरामीलाई अनिवार्य टेस्ट गर्ने र न्यूनतम सुरक्षाका उपाय गाउँगाउँसम्म अनिवार्य गर्नुपर्छ । प्रत्येक दिन परिवारका सदस्यले परिवारको प्रत्येक दिनको रिपोर्ट अनलाइन इमेलमार्फत सामुदायिक रेकर्ड सेन्टरमा पठाउने व्यवस्था गर्नुपर्छ । कसरी सम्भव छ ठूला सहर खुलाउन ? सोही बमोजिम पहल गर्नु जरुरी छ ।
  • एउटा नयाँ एप्सको विकास गर्ने र उक्त एप्सभित्र रेड, एल्लो र ग्रिन जोन गरी तीन किसिमको तय गरिनुपर्छ । सहरमा बस्ने प्रत्येक व्यक्तिलाई उक्त व्यक्तिको नाम, नागरिकता नम्बर र अस्थायी, स्थायी ठेगाना अनिवार्य गर्ने, प्राइभेट इन्फर्मेसन राखी सम्बन्धित व्यक्तिलाई हेल्थ कोड उपलब्ध गराउने, प्रत्येक व्यक्तिको कम्तीमा तीन साताको विगतको रेकर्ड राख्न मिल्नेगरी बनाउनुपर्छ ।
  • त्यस एप्सभित्र शंकास्पद बिरामी, संक्रमित बिरामी र रोग नदेखिएका बिरामी गरी तीनवटामा वर्गीकरण गरिनुपर्छ । प्रत्येक नागरिक घरबाहिर जांदा र घरभित्र आउँदा प्रत्येक व्यक्तिले आप्mनो स्वास्थ्य कोडमार्फत प्रत्येक दिन ज्वरो र आफूमा देखिएका लक्षणहरू अपडेट गरिनुपर्छ ।
  • हालसम्म नेपालमा नेपालीले अनिवार्य तापक्रम लिनुपर्दछ भन्ने बुझाइ भएपनि सर्वसाधारण नागरिकले घरमा थर्मोमिटर किनेर राखेका छैनन् । रेड जोन र एल्लो जोनमा पर्ने सबै जिल्लाका नागरिकलाई समूहमा विभाजन गरी प्रत्येक टोलमा कम्तीमा एउटा थर्मल गन उपलब्ध गराउने र त्यस टोलमा काम गर्ने स्वास्थ्य स्वयंसेविका मार्फत तापक्रम लिनका लागि नागरिकलाई प्रोत्साहन गर्ने एवं सामाजिक दूरी कायम गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ । यदि २१ दिनसम्म कुनै लक्षण र ज्वरो नदेखिएमा उक्त व्यक्तिको अपडेट अटोमेटिक ग्रिन बक्समा परिणत हुने बनाउनुपर्छ । संक्रमित देखिएमा रेड बक्स र शंकास्पद केस भएमा पहेँलो बक्समा परिणत हुने गराउनुपर्छ । यसरी कुनै कारणले यातायातका साधनभित्र, सुपरमार्केटमा तथा पार्कमा कुनै शंकास्पद व्यक्ति रहेछन् भने ग्रिन कोड इन्भ्यालिड हुन्छ । सहरमा बस्ने प्रायःजसो मानिसमा जीपीयसले कहाँ कति समय गयो भन्ने कुरा सिस्टमले देखाउँछ । यो नयाँ एप्सको विकास गरी सहरमा बस्ने सबै व्यक्तिलाई अनिवार्य हेल्थकोड उपलब्ध गराएमा प्रत्येक व्यक्तिले आप्mना मोबाइलमार्फत स्क्यान गर्छ र स्क्यानमार्फत आफू स्वस्थ भएको नभएको, शंकास्पद व्यक्ति नजिक पुगे÷नपुगेको र संक्रमित व्यक्तिसंग नजिक भए÷नभएको थाहा हुन्छ । त्यसैले, सरकारले यस्तो एप्सको विकास गरी हरेक सार्वजनिक स्थानमा स्टिकर ठाउँठाउँमा टाँस्ने र व्यक्तिले स्क्यान गरेर स्वास्थ्यको जाँच गरी कहीँ पनि जान नसक्ने हुन्छ । यो नै २१औं शताब्दीको भाइरसविरुद्ध सबैभन्दा ठूलो रोकथामको उपाय हुन सक्छ ।
  • पीसीआर र आरडीटीको लाखौं परीक्षणबिना नेपालमा संक्रमित कति छन् भन्ने कुरा थाहा नहुने भएकाले सकभर सबै जिल्लामा पीसीआर र आरडीटी परीक्षण सञ्चालन गर्ने र कम्तीमा ५ लाख देखि १० लाख व्यक्तिको परीक्षण गर्ने लक्ष्य लिनुपर्छ । देशैभरिका ठूला सहरमा पूर्ण रोकथाम नभएसम्मका लागि ठूलासाना बाटोमा कम्तीमा दिनमा एकपटक सडक, सुपरमार्केट, फोहर थुपारिने ठाउँ, सार्वजनिक यातायात स–साना गल्ली एवं चौतारीमा डिसइन्फेक्सन गर्ने र सबै नागरिकलाई मास्कको प्रयोग गर्न, अनिवार्य दुई मिटरको दूरी कायम गर्न निर्देशन, दिनमा चार पटकभ न्दा बढी साबुनपानीले मिचिमिची हात धुन स्यानिटाइजर प्रयोग गर्न प्रोत्साहन गरिनुपर्छ । यसको साथै सचेतनाको विकास गरी कोरोना भाइरसलाई निर्मुल पार्नुपर्छ ।

जय राष्ट्र नेपाल ।

लेखक, नेपाल पत्रकार महासंघ नेपाल काठमाडौं शाखाको सदस्य, सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपालका अध्यक्ष, राष्ट संरक्षण साप्ताहिकका सम्पादक तथा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय सहसचिव एवं प्रवक्ता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij