२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

स्थानीय तहको आफ्नै जग्गा नहुनु लगानीको मुख्य समस्या, नगर विकास काेष सम्बन्धमा सूचना अधिकारीकाे धारणा

स्थानीय तहको आफ्नै जग्गा नहुनु लगानीको मुख्य समस्या

स्थानीय तहको आफ्नै जग्गा नहुनु लगानीको मुख्य समस्या

थुप्रै समस्याका बीच विकासे गतिविधिमा अघी बढ्दै नगर विकास काेष

 

सूर्य बहादुर कार्की,  उप प्रबन्धक/सूचना अधिकारी, नगर विकास कोष

स्थानीय तहबाट प्रस्तावित सार्वजनिक जग्गा, सरकारी जग्गा, ऐलानी जग्गा र प्रति जग्गालाई लिज्जमा लिनेदिने सम्बन्धमा संघीय सरकार अन्तरगतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्ने गराउने सम्बन्धी मापदण्ड–२०७७ र सरकारी जग्गा दर्ता उपयोग तथा लिज्डमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति–२०७९ मा विधि र प्रक्रिया तोकिएको छ । सोही विधि र प्रक्रिया पुर्याई स्थानीय तहले सार्वजनिक प्रकृतिका र सरकारी जग्गा उपयोग गर्न वा लिज्डमा लिनुपर्ने हुन्छ ।

विषयप्रवेश:
स्थानीय तहलाई आफ्नो क्षेत्र भित्रका सार्वजनिक जग्गा, ऐलानी जग्गा, सरकारी जग्गा र प्रति जग्गाको संरक्षण र संवद्र्धन गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन र प्रचलित कानुनले प्रत्याभुत गरेको देखिन्छ । स्थानीय तहमा आफ्नो हक, भोग र स्वामित्वको जग्गा अत्यन्त न्यून मात्रामा छ । सार्वजनिक जग्गा, ऐलानी जग्गा, सरकारी जग्गा र प्रति जग्गालाई आफ्नो स्वामित्वको ठानेर स्थानीय तहहरुले कोषमा शहरी पूर्वाधार विकासका आयोजना निर्माणको लागि ऋण तथा अनुदानको लागि प्रस्ताव माग गर्ने कार्य हुँदै आएका छन् । स्थानीय तहको आफ्नै हक भोग दर्ता स्वामित्वको होइन रहेछ भन त्यस प्रकारको शहरी पूर्वाधारका आयमूलक तथा सामाजिक पूर्वाधारका आयोजनाका भौतिक पूर्वाधारका संरचना निर्माण आगामी दिनमा कानुनी समस्या सृजना गर्न सक्छ ।

संघीय सरकारको नीति नियम, मुलुकी देवानी संहिता, स्थानीय सरकार सञ्चालन ऐन, वन ऐन, शिक्षा ऐन, गुठी ऐन, मालपोत ऐन, जग्गा नापजाँच ऐन तथा अन्य जग्गा सम्बन्धी कानुन अनुसार सरकारी जग्गा, प्रति जग्गा, ऐलानी जग्गा र सार्वजनिक जग्गाको हक हस्तान्तरण उपयोग, प्रयोग गर्ने सन्दर्भमा स्थानीय तहलाई कानुनतः अधिकार दिइएका देखिँदैन ।

स्थानीय तहबाट प्रस्तावित सार्वजनिक जग्गा, सरकारी जग्गा, ऐलानी जग्गा र प्रति जग्गालाई लिज्जमा लिनेदिने सम्बन्धमा संघीय सरकार अन्तरगतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्ने गराउने सम्बन्धी मापदण्ड–२०७७ र सरकारी जग्गा दर्ता उपयोग तथा लिज्डमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति–२०७९ मा विधि र प्रक्रिया तोकिएको छ । सोही विधि र प्रक्रिया पुर्याई स्थानीय तहले सार्वजनिक प्रकृतिका र सरकारी जग्गा उपयोग गर्न वा लिज्डमा लिनुपर्ने हुन्छ । स्थानीय तहले सो विधि र प्रक्रिया पूरा नगरीे कोषले आयोजनामा कानुनतः लगानी गर्न सक्ने स्थिति रहँदैन । यस्तो स्थितिमा जग्गाको प्रकृति बमोजिम कुनै मन्त्रीस्तरीय र कुनै मन्त्री परिषद स्तरीय निर्णय गर्नुपर्ने भएको हुनाले तहगत निर्णयले लामो समय लाग्ने, स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल समेत समाप्त हुने लगायतका कारणले गर्दा नगरपालिकाको बुझाई अनुसार आयोजनाको भौतिक संरचनाको निर्माणस्थलको काुनन बमोजिम निक्र्यौल नभए सम्म नगर विकास कोषले लगानी गर्न सक्दैन ।

– स्थानीय सरकार सञ्चालन ऐनको दफा (९७)ले स्थानीय तहले आफ्नो क्षेत्र भित्रको सम्पत्ति रेखदेख, मर्मत सम्भार र संरक्षणको विषयमा बोलेको छ । सोही ऐनको दफा (१०४) दिएको अधिकार प्रयोग गरी संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहलाई प्राप्त अधिकारलाई आधार मानी स्थानीय तह मातहतका निकायको सम्पत्ति सम्बन्धित स्थानीय तहमा कानुन बमोजिम स्थानान्तरणको प्रक्रिया पूरा गरेपश्चात् स्थानीय तहको अधिकार प्राप्त जग्गामा सम्बन्धित स्थानीय तहले स्थानीय स्तरका शहरी पूर्वाधारका विकास आयोजनामा कोषले आवश्यक वित्तीय तथा प्राविधिक सहयोग गर्न सक्ने देखिन्छ ।

कस्तो संस्था हो नगर विकास कोष ?
नगरपालिकाको आफ्नो सीमित स्रोतसाधनले मात्रै नगरपालिका भित्रका आयमूलक आयोजनाहरु निर्माण सम्पन्न गर्न नसकिने कुरालाई विचार गरी २०४५ फागुन २ गते तत्कालिन नेपाल सरकारले करिब रु. १ करोड २९ लाख पुँजी राखी नगर विकास कोष समिति गठन गरेको थियो । देशमा तीव्र गतिमा शहरीकरण हुँदै गएसँगै यस संस्थाको भूमिका अझ महत्वपूर्ण बन्दै गयो । जसबाट देशभरका नगरको विकास, विस्तार र निर्माण गरी व्यवस्थित ढंगले शहरको विकास गर्न गराउन तथा कोषका सम्बन्धित निकायलाई आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराउने उद्धेश्यका साथ यो संस्था स्थापना भएको हो । वि.सं २०५३ सालमा नगर विकास कोष ऐन २०५३ अनुसार नगर विकास कोष वित्तीय मध्यस्थकर्ता संस्थाको रुपमा रहने गरी छुट्टै ऐनद्वारा यस संस्था गठन गरिएको हो । नगर विकास कोष नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको र विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायले अटुट विश्वास गरेको ऐन नियम विनियमका साथ कानुनी सक्षमता प्राप्त संस्था हो ।

यस संस्थाले के गर्छ ?
नगर विकास कोषले आफ्नो स्थापना काल वि.सं २०४५ देखि हाल सम्म आइपुग्दा नेपालका विभिन्न स्थानीय तहमा करिब १४ सय सामाजिक पूर्वाधार र आयमूलक आयोजनाहरुमा गरी कुल १९ अर्ब ६ करोड ऋण तथा अनुदान स्वीकृत गरी लगानीे गरिसकेको छ ।

नेपाल सरकारको ऋण र अनुदान, कोषको स्वपुँजी र दातृ निकायको ऋण मार्फत कोषले सम्बन्धित निकायले सञ्चालन गरेका शहरी पूर्वाधार विकासका आधारभूत सामाजिक सेवा तथा आयमूलक आयोजना अन्तरगतका शहरी खानेपानी तथा सरसफाई आयोजना, पशुबधशाला, व्यावसायिक कम्प्लेक्स भवन निर्माण, बसपार्क निर्माण, गोदाम घर, पार्क, एकीकृत जग्गा विकास आयोजना, बहुतल्ले पार्किङ, फोहोरमैला व्यवस्थापन आयोजना लगायतका आयोजनाहरुमा ऋण र अनुदान परिचालन गरी आर्थिक बर्ष २०७९–८० अन्तमा रु. ७ अर्ब १५ करोड ४४ लाख साँबा व्याज असुल गरिसकेको छ ।

नगर विकास कोषले जर्मन विकास कोष (केएफडब्लु.)को नगर विकास कार्यक्रम (प्रथम द्रोस्रो तेस्रो) सफल कार्यान्वयन एशियाली विकास बैंकको साना शहरी खानेपानी तथा सरसफाई आयोजना (प्रथम दोस्रो तेस्रो) शहरी खानेपानी तथा सरसफाई आयोजना‚ शहरी वातावरण आयोजना‚ मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना‚ एकीकृत शहरी विकास आयोजना र विश्व बैंकको शहरी शासकीय क्षमता विकास कार्यक्रम र युरोपियन युनियनको नगरपालिकाको वित्त क्षमता विकास कार्यक्रम सञ्चालन गरेको महत्वपूर्ण अनुभव हासिल गरेको छ ।

नगर विकास कोषले जर्मन विकास कोष (केएफडब्लु.)को नगर विकास कार्यक्रम (प्रथम दाेस्रो तेस्रो) सफल कार्यान्वयन एशियाली विकास बैंकको साना शहरी खानेपानी तथा सरसफाई आयोजना (प्रथम दोस्रो तेस्रो) शहरी खानेपानी तथा सरसफाई आयोजना‚ शहरी वातावरण आयोजना‚ मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना‚ एकीकृत शहरी विकास आयोजना र विश्व बैंकको शहरी शासकीय क्षमता विकास कार्यक्रम र युरोपियन युनियनको नगरपालिकाको वित्त क्षमता विकास कार्यक्रम सञ्चालन गरेको महत्वपूर्ण अनुभव हासिल गरेको छ । नगर विकास कोषको शुरुवाती चरणमा जर्मन विकास बैंक (KfW / Kreditanstalt für Wiederaufbau)ले नगर विकास कार्यक्रम पहिलो, दोस्रो र तेस्रो चरणको लागि अनुदानको रुपमा पुँजी उपलब्ध गराएको थियो । उक्त पुँजीलाई पहिलो चरणमा अनुदान, दोस्रो चरणमा ऋण र अनुदान दुवै र तेस्रो चरणमा धेरै ऋण थोरै अनुदान गरी परिचालन गरियो । जसबाट केही हद सम्म कोषको आफ्नै पुँजी निर्माणमा (KfW / Kreditanstalt für Wiederaufbau) ले नगर विकास कार्यक्रम पहिलो, दोस्रो, चरणको लागि अनुदानको रुपमा पुँजी उपलब्ध गराएको थियो । उक्त पुँजीलाई पहिलो चरणमा अनुदान, दोस्रो चरणमा ऋण – अनुदान दुवै, तेस्रो चरणमा धेरै ऋण थोरै अनुदान गरी परिचालन गरियो । जसबाट केही हद सम्म कोषको आफ्नै पुँजी निर्माणमा महत्वपुर्ण निर्वाहमा सहयोग पुगेकोे छ भने नेपाल सरकार र अन्य दातृ निकायको अटुट आर्थिक तथा प्राविधिक सहयोगले नगर विकास कोषलाई शहरी पूर्वाधार विकासका लागि स्थानीय तहको सक्षम भरपर्दो वित्तिय संस्थाका रुपमा सञ्चालन हुन सक्षम बनेको छ ।

[pdf-embedder url=”https://www.setoghar.com/wp-content/uploads/2024/06/Samsara-Remit.pdf” title=”Samsara Remit”]

नगर विकास कोषले कसरी लगानी गर्छ ?
‘कोषले आधारभूत सामाजिक सेवा र आयमूलक आयोजनामा मात्र लगानी गर्छ । कोषको लगानी विनियमावाली–२०७९ को विनियम ३६ अनुसार तोकिएको ढाँचामा आयोजनाको अध्ययन‚ निर्माण र सुपरिवेक्षणका लागि नगर विकाससँग सम्बन्धित निकायले कोषमा आवेदन दिनुपर्छ । सो बमोजिम कोषमा प्राप्त आवेदनलाई आयोजना मूल्याङ्कन निर्देशिका बमोजिम आयोजनाको प्राविधिक‚ वित्तीय‚ वातावरणीय तथा सामाजिक‚ जलवायु‚ कानुनी तथा संस्थागत मूल्याङ्कन गरी लगानी योग्य देखिएमा लगानीका शर्त र सम्झौताका विषयमा सम्बन्धित निकायको कार्यपालिकाबाट सहमति भई आएमा नगर विकास कोष नियमावाली–२०५४ को नियम ४ बमोजिमको लगानी प्रवद्र्धन समितिको सिफारिसमा कोषको लगानी विनियमावली–२०७९ को विनियम ६ बमोजिम लगानी स्वीकृत गरिने र स्वीकृत आयोजनालाई कोष र सम्बन्धित निकाय (आवेदक)का बीचमा लगानी सम्झौता गरिनेछ । नगर भित्रका जनताहरुका शहरी पूर्वाधारका आवश्यकता परिपुर्ति हुने आयोजनाहरु नै नगरपालिकाको लागि आर्थिक उपार्जनका आधार बन्न सक्छन् । नगरभित्रका जनताहरुले पाउने सुविधाहरु एकीकृत रुपमा उपलब्ध गराउने हाम्रो उद्धेश्य हो । हामीले नगरपालिकाको बजेट र नगरपालिकाको कार्यक्रमको औचित्यता अनुसार प्राथमिकताको आधारमा बजेट उपलब्ध गराउँछौं’ नगर विकास कोषका सूचना अधिकारी सूर्य बहादुर कार्कीले बताउनुभयो ।

स्मरण रहोस्, नगर विकास कोष वित्तीय मध्यस्थकर्ता संस्था हो । यस संस्थाको आर्थिक श्रोत व्यवस्थापन-प्राप्तिको मुख्य आधार भनेको नेपाल सरकारको ऋण तथा अनुदान, जर्मन विकास बैंक (केएफडब्ल्यु), विश्व बैंक, एसियाली विकास बैंक, युरोपियन युनियन लगायतका दातृ संस्थाहरुले उपलब्ध गराउने ऋण तथा अनुदान हो । दातृ संस्थाले उपलब्ध गराउने अनुदान नेपाल सरकार मार्फत परिचालन गरिन्छ भने ऋण नगर विकासे कोष मार्फत परिचालन गर्ने व्यवस्था छ । कोषले आयोजनाको प्रकृति अनुसार ५ देखि साढे ६.५ प्रतिशत ब्याजदर सम्ममा २० बर्ष अवधि सम्मको लागि रकम लगानी गर्दै आएको छ । शहरी पूर्वाधारका आयोजना निर्माणको लागि नगर विकास कोष ऐन–२०५३ ले कोषको क्षेत्राधिकार स्पष्ट गरेको छ । सोही अनुसार कोषले आफ्ना सीमा भित्र रहेर काम गर्नुपर्ने हुन्छ । हाल शहरी नगरपालिका र नगर उन्मुख गाउँपालिकाहरुमा समेत कोषले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ । कोषले आ व २०८०। ८१ मा शहरी खानेपानी तथा सरसफाई आयोजनाको स्तरोन्नतीका लागि रु ६० करोड ‚ सामाजिक तथा आयमूलक पूर्वाधार मिश्रित लगानी विधिको लागि नेपाल सरकारको १५ करोड अनुदान‚ नेपाल सरकारको ऋण सहयोगमा सञ्चालित शहरी पूर्वाधार विकास आयोजनामा नेपाल सरकारबाट विनियोजित रु ६१ करोड र कोषको ईक्वीटिबाट रु ४७ करोड ३४ लाख ५१ हजार गरि १ अर्व ८ करोड‚ सह लगानी खानेपानी उपभोक्तातर्फ कोषको ईक्विटीबाट रु. ३० करोड ९० लाख‚ नगरपालिका तर्फ १६ करोड १० लाख गरि आवश्यकतानुसारको नियमित बजेट विनियोजन गरेको छ । कोषले खानेपानी आयोजनातर्फ स्थानीय तहको जमानीमा र नगरपालिकातर्फ आयोजनालाई लगानी गर्छ ।

कुन–कुन पक्षलाई विचार गरेर कोषले लगानी गर्छ ?
आर्थिक पक्ष, वित्तीय पक्ष, कानुनी पक्ष लगायतलाई विचार गरेर कोषले लगानी गर्दै आएको छ । साथै स्थानीय निकायले पूर्वाधार निर्माणको लागि प्रस्ताव गरेको जग्गा निर्माणस्थल नगरपालिकाको आफ्नो हो वा होइन भन्ने कुरा यकिन गरेर कोषको लगानी विनियमावली–२०७९ को विनियम १२ ले तोकेबमोजिमको जग्गामा मात्र कोष लगानीको लागि तयार हुन्छ । भविष्यमा आउन सक्ने विवाद वा समस्याबाट बच्नको लागि नगरपालिकाले भौतिक पूर्वाधार निर्माणको लागि प्रस्ताव गरेको जग्गा विवाद रहित हुनुपर्ने मुख्य शर्त कोषको रहने कुरा आयोजनाको कानुनी तथा संस्थागत लेखाजोखा गर्ने उपप्रबन्धक सुर्य बहादुर कार्कीले बताउनुभयो । कोषको लगानीका लागि अधिकांस आवेदक स्थानीय तहको आयोजना निर्माणस्थल आफ्नै जग्गा नहुनु नै लगानीको मुख्य समस्या रहेको देखिन्छ । सविधानप्रदत्त स्थानीय तहको व्यवस्थापकीय र कार्यकारिणी अधिकार प्राप्त स्थानिय तहले संघीयताको मर्मअनुसार स्थानिय तह मातहतका निकाय र स्थानिय तह भित्रका सार्वजनिक र सरकारी प्रकृतिका जग्गामा स्थानीय तहको आवश्यकता अनुसारको शहरी पुर्वाधार विकासका आयोजनाहरु निर्माण व्यवस्थापन तथा सञ्चालन गर्न पाउने कानुनी अधिकार स्थानिय तहले पाएमा कोषको लगानीमा समस्या नहुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij