२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

महिला सशक्तीकरण र उपलब्धि

महिला सशक्तीकरण र उपलब्धि

 

  • डा. घनश्याम पुडासैनी

मानवीय जीवन जगतका दुई वर्ग नारी र पुरुष एक अर्काका अन्योन्याश्रित अङ्ग हुन् । मनुष्योचित सामाजिक संरचनाको अग्रगमनमा यी दुई वर्गको भूमिका उत्तिकै महत्वपूर्ण रूपमा रहेको हुन्छ । नारीमा मात्र हुने केही प्रकृतिसिद्ध गुणका कारण नारी पुरुष दुवै वर्गका निम्ति नारीको योगदान अतुलनीय रहन्छ । नारीमा हुने रजस्वला गर्भधारण र प्रसव वेदना जस्तो आङ्गिक भिन्नताले नै पुरुष वा स्त्रीरत्नदायिनी नारी नै बनेकी छिन् । यस्तो अनुपम शक्ति स्वरूपिनी नारी जातीलाई पुरुष भन्दा कमजोर ठान्नु विडम्बना हो भन्दै आजको संसारले महसुस गर्न थालेको छ । फलतः इ.सं. १९७५ मा संसारभर नारी वर्ष बनाउनका साथै नारी मान्यता र मूल्यलाई उजागर गर्न हरेक वर्ष मार्च ७ तारिख (फाल्गुण २४) गतेका दिन ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाउने प्रचलनले महिला उत्थानमा विशेष जोड दिनुका साथै महिला जागरणमा उल्लेख्य अवसर प्रदान गरेको छ ।

पूर्वीय शास्त्रले ‘यत्र नारी पूज्यन्ते रमन्ते तंत्र देवता’ भन्दै नारी जातीको सम्मानमा जोड दिएको छ । नारी शिक्षित र साक्षर भए उनका सन्तान मातृ संस्कारको ग्रहण गर्दै सुसंस्कृत र सक्षम नागरिक बन्दछन् । वैदिक कालीन महिला समाज शिक्षित थियो । उनीहरू राष्ट्र हितका निम्ति युद्धमा समेत सरिक हुन्थे । त्यतिखेर महिलाहरू प्रशासनिक र कूटनीतिक क्षेत्रमा पनि सफल थिए । सरमा नामकी महिला दूतको काम गर्थिन् भन्ने कुरा वैदिक मन्त्रबाट पुष्ट्याइँ भएको छ ।

त्यस्तै नारीले चुनावमा भाग लिने अधिकार पाएका थिए । देवलोकमा अनुशूया, गार्गी र मैत्रयी नारीहरूले बौद्धिक परामर्श दिएका तथ्यले पनि वैदिक वा दैविक परिवेशमा नारीको स्थान उच्च रहन्थ्यो भन्ने कुरा प्रमाणित हुन आउँछ ।

सृष्टिलाई निरन्तर रूपमा जीवन्तता दिने वर्ग नारी नै हुन् । त्यसैले पनि मानवीय समाजमा नारीको योगदान अतुलनीय मान्नु पर्ने हुन्छ । बाल्यकालदेखि नै सङ्घर्षपूर्ण जीवन बिताउने नारी कोमलाङ्गी, सरल, सहज, विवेकशील, भरणपोषणमा ख्याल राख्ने, सङ्घर्षशील एवम् कर्तव्यपरायण आदि गुणहरूले गर्दा समाजका हरेक क्रियाकलाप नारीको व्यवहार सामाजिक विकास र उन्नतिका निम्ति सार्थक ठहर्छ । भनिन्छ–‘त्यो घर, घर होइन जहाँ नारीको उपस्थिति रहँदैन’ । यस प्रसङ्गमा स्वसन्तान र घरपरिवारका समग्र पुरूषजनको हित र उन्नतिका निम्ति नारी नै प्रमुख पात्र ठहर्छिन् ।

 

विश्वका महान् साहित्यकारहरू प्लेटो, अरस्तु, होमर, विलियम वर्थवड, हड्सन, सेक्सपियर, इब्सन र नित्स्य तथा भरतमुनि, भामह, कालिदास, सागरनन्दी विश्वनाथ, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भानुभक्त आचार्यको जन्म आमाबाट नै भएको हो । त्यस्तै अल्बर्ट आइन्स्टाइन, डार्बिन विलियम हकिङ् आदि वैज्ञानिकको जन्म पनि आमा (नारी)बाट भएको र महान नेता वा समाज सुधारकको जन्मदाता पनि आमा नै हुन् । राम, कृष्ण, गौतम बुद्घ, गुरु नानक आदि देव अवतार पुरुष पनि आमाकै कोख वाट पैदा भएका हुन् । सुसंस्कृत र सभ्य नारीका पुरुष वा नारी जुन कुनै सन्तान हुन् । तिनीहरू निश्चित रूपमा सबल र सक्षम हुन्छन् भन्ने कुराको पुष्ट्याईं यी कुराहरूले प्रमाणित गरेको छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आदर्श नारी सीता, कूटनीतिक ख्याति प्राप्त भृकुटी, कुशल शासक राजेन्द्रलक्ष्मी आदिको नाम अग्र पङ्क्तिमा आउँछ । त्यस्तै नारीमाथि हुने गरेको अन्याय र अत्याचारको अन्त्य गर्न भोजपुरमा (वि.सं. १९२४) जन्मेकी योगमायाले गरेको क्रान्तिका कारण वि.सं.१९८२ मा दास प्रथाको अन्त्य हुन पुग्यो र सति प्रथा पनि समाप्त भएको इतिहास ताजै छ ।

 

नेपाली साहित्य सिर्जनामा अमूल्य योगदान दिनुहुने गोमा, कुसुममञ्जरी देवी, कुर्ता शर्मा, सुष्मा आचार्य, इन्दिरा सप्राई, उषा शेरचन, विष्णु देवी (सुश्री पारिजात), भाद्रकुमारी घले, वेञ्जू शर्मा, बानिरा गिरी, पद्मावती सिंह, शारदा शर्मा, बाबा बस्नेत, सन्ध्या पहाडी, झमक घिमिरे, निलम कार्की हिरण्यकुमारी पाठक आदि दर्जनौँ वरिष्ठ महिला साहित्यकारहरूका महाकाव्य, खण्डकाव्य, गीत, गजल, कथा, उपन्यास जस्ता विविध साहित्यिक विधाले विशेषतः नारी प्रकृति, मनोदशा, पीडा, रोदन, चित्कार र नारी सौन्दर्य आदिलाई उजागर गर्न सफल भएका छन् । नारीमा रहेको तीव्र इच्छाशक्तिका कारण नै उनीहरूले अदम्य शाहसका साथ अतुलनीय कार्य गरेका छन् । यसैगरी क्यूरी, हेलेन किलर, मदर टेरेसा, तसलिना नसरिन जस्ता अदम्य शाहस र सिर्जनाका प्रतिमूर्तीहरू असङ्ख्य रूपमा रहेका छन् । नेपालमा पनि योगमाया, पासाङ ल्हामू शेर्पा आदि नारीको योगदानलाई स्वर्ण अक्षरले अभिलेख हुनु गौरवशाली उपलब्धि ठहर्छ ।

नेपालमा विगत केही दशकसम्म महिलालाई राज्यका यावत् अङ्गहरूमा उपस्थित रहन समान अवसर थिएन । तापनि उनीहरूको तीव्र इच्छाशक्तिले गर्दा ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल’ भनेजस्तै उनीहरूको कला, विज्ञान, साहित्य आदि सिर्जनाहरू सिर्जित हुन सफल भएका हुन् । वर्तमान अवस्थामा महिला वर्गका निम्ति अनगिन्ती अवसरहरू पर्याप्त मात्रामा रहेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ र नेपालको संविधान, २०७२ को आगमन पश्चात् नारी जातीका लागि पुरुष सरह समान अवसर मात्र होइन, महिला आरक्षणको ऐन कानुन र नीति नियम निर्माण कार्यान्वयन तीव्र गतिमा भएबाट महिला जागरणमा उपलब्धिमूलक कार्यहरू शीघ्र रूपमा अगाडि बढेका छन् । फलतः वर्तमान अवस्थामा शिक्षा, स्वास्थ्य, प्रशासन, प्रहरी र सेना, वित्तीय सेवा, सार्वजनिक निर्माण एवं आयोजना र संघसंस्था, खेलकुद आदि क्षेत्रमा महिलाको सहभागिता द्रुत र वृद्धि हुँदै आएका र उदाहरणीय कार्य सम्पन्न हुने गरेका प्रमाणले आधा आकाश र आधा धर्तीका जिम्मेवार नागरिक नारीको स्थान प्रतिष्ठित रूपमा स्थापित भएको छ ।

वर्तमानको महिला सशक्तीकरणयुक्त समयमा तमाम महिलाहरूले प्राप्त अवसरलाई संयमपूर्वक स्वयोग्य, क्षमता र सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, कला, साहित्य, संस्कृति आदि क्षेत्रमा स्वतः स्फूर्त रूपले सरिक हुँदै अधिकाधिक लाभ लिन सकेमा नारी जागरणमा तिव्रतर उपलब्धि हुनुका साथै समग्र नारी र पुरुषरूपी सामाजिक संरचनाको विकास हुने कुरा पनि निश्चित छ । भोक तिर्खा, आहार विहार, निद्रा, थकाइ, भावना र रुचि आदि विषय ‘नारी र पुरुष’ दुवैमा समान रहेतापनि जैविक महत्वपूर्ण विशेषता महिला वर्गमा मात्र सीमित रहेकाले ती प्रकृतिसिद्ध गुणहरूको विशेष रक्षा गर्दै महिला सशक्तीकरणमा तीव्रता प्रदान गर्नु आजको महत्वपूर्ण उपलब्धि पनि हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij