२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्राकृतिक चिकित्साको रुपमा होमियोप्याथीः के हाे हाेमियाेप्याथी, के रहन्छ महामारीे नियन्त्रणमा यसकाे भूमिका ?

प्राकृतिक चिकित्साको रुपमा होमियोप्याथीः के हाे हाेमियाेप्याथी, के रहन्छ महामारीे नियन्त्रणमा यसकाे भूमिका ?

डा. खगेन्द्र कटवाल, होमियोप्याथिक चिकित्सक

अहिले विश्व कोरोना कोभिड–१९को महामारीको चपटामा गुज्रीईरहेको छ । विश्वका सर्वशक्तिमान महशुस गरिरहेका व्यक्ति र राष्ट्रहरु समेत यस समस्याको समाधानको लागि चिन्तित भएका छन् । विभिन्न तरिकाले विभिन्न कोणहरुबाट कोरोना संक्रमणका विकल्पहरु खोजी भईरहेका छन । हामी धेरैले स्विकार गर्न नसकेको प्राकृतिक उपचार अव स्विकार गर्नैपर्ने स्थितिको श्रृजना भएको छ । किनकी हामीलाई थाहा छ, कि प्रकृतिको नियमलाई वेवास्ता गर्दै जीवनलाई सफल बनाउन सकिन्छ भन्ने मानसिकताको कारण प्राकृतिक संरचनाहरु ध्वस्त भएका छन् ।

प्रकृतिमाथि विज्ञान र प्रविधिको अन्धाधुन्न प्रयोग मात्र गर्यो भने स्वयं मानवजातीको अस्तित्व नै खतरामा पर्न सक्ने दृष्टान्तहरु कैयौं पटक प्राकृतिक प्रकोपको रुपमा वा महामारीको रुपमा देखिएका छन् । तसर्थ प्राकृतिक नियममा आधारित भई प्रकृतिको नियमलाई पालना गरी जीवन यापन गर्न थाल्नुपर्दछ । यदि समस्याहरु प्रााकृतिक कारणले आउने गर्दछन् भने समाधान पनि प्राकृतिक नियममा नै आधारित भई खोजी गर्न सकेमा सफलता प्राप्त गर्न सकिने दृष्टान्तहरु हामी विभिन्न कालखण्डमा हेर्दै र भोग्दै आईरहेका छौैं ।

यो चिकित्सा सन् १७९६ मा युरोपबाट विकसित भएपनि हाम्रो पूर्वीय दर्शन वेदमा समेत उल्लेख भएको “समः समं समयतीः” भन्ने प्राकृतिक सिद्धान्तमा पूर्णतः आधारित भई अहिलेको नयाँ विज्ञान र प्रविधिको समेत अधिकतम प्रयोग भएको चिकित्सा होमियोप्याथी हो । यसलाई आयुर्वेदिक चिकित्सा वा परम्परागत चिकित्सा भनेर समुदायमा भ्रम रहेको पार्ईएको छ ।

महामारीमा रोग नलागेका व्यक्तिले पनि प्राकृतिक वातावरणमा रहने, आफ्नो शरीरको प्रकृति सुहाउँदो खानपिन, रहनसहन, जीवनशैली अपनाउने र रोगी व्यक्तिले समेत प्राकृतिक औषधी उपचार गराउन सकेमा रोग प्रतिरोध क्षमता विकास गरी त्यस्ता हानिकारक तत्वहरुलाई परास्त गरी लामो र स्वस्थ जीवन जिउन सम्भव छ । यस प्रकारको मानवतावादी कार्यक्रमलाई उपयोगी बनाउन, हरेक समुदायसम्म सहि सन्देशहरु पुर्याउन र महामारीबाट बच्न र बचाउन सरोकारवाला सबै पक्षहरु जिम्मेवार भएर लाग्नु जरुरी छ ।

कोरोना भाईरस (कोभिड–१९) सर्वप्रथम सन् २०१९ को ३० डिसेम्वरमा चिनको वुहान प्रान्तमा देखा परेको थियो । त्यसपछि यो रोग महामारीको रुपमा क्रमशः अन्य राज्य हुँदै विश्वभर फैलिईरहेको छ । स्मरण रहोस् यो रोग शुरुमा ईपिडेमिकमा मात्र सीमित रहन्छ भन्नेमा मानिसहरु आशावादी थिए । तर यो त्यत्तिमा मात्र सीमित रहेन । यो रोगले पानडेमिक रुपमा नै विश्वलाई सताईरहेको छ ।
जनावरहरुबाट मानिसमा सर्ने भनिएका विभिन्न भाईरसहरु जस्तै सिद्धान्ततः यो भाईरस चमेराबाट सर्पमा र सर्पबाट मानिसमा सरेको हुनुपर्दछ भनेर भनिएको छ । त्यसैले अण्डाहरु माछामासुहरु खाँदा विशेष ध्यान दिन जरुरी छ । हतारमा राम्ररी नपकाइकन मासु खाने कारणले पनि संक्रमण हुने हुनाले धेरै बेर राम्ररी पकाएर मात्र खानु जरुरी रहन्छ । 

यस कोरोना महामारीको रोकथाम र नियन्त्रणमा होमियोप्याथिक उपचार पद्धतिलाई पनि अपनाउनु खुशीको कुरा हो । होमियोप्याथी चिकित्सा पद्धतिको नविनतम उपचार पद्धति हो । उत्पत्ती कालको हिसाबले हेर्दा विभिन्न प्राचिन उपचार पद्धतिहरु, प्राकृतिक चिकित्सा पद्धति अनि आधुनिक चिकित्सा (सामान्य चिकित्सा)लाई समेत शंष्लेषण गरी एलोप्याथिक चिकित्सक डा. स्यामुयल हेनिमनले विकास गर्नुभएको सबैभन्दा नयाँ भर्खरै विकास भएको चिकित्सा विज्ञान भनेको होमियोप्याथिक चिकित्सा विज्ञान हो ।

यो चिकित्सा सन् १७९६ मा युरोपबाट विकसित भएपनि हाम्रो पूर्वीय दर्शन वेदमा समेत उल्लेख भएको “समः समं समयतीः” भन्ने प्राकृतिक सिद्धान्तमा पूर्णतः आधारित भई अहिलेको नयाँ विज्ञान र प्रविधिको समेत अधिकतम प्रयोग भएको चिकित्सा होमियोप्याथी हो । यसलाई आयुर्वेदिक चिकित्सा वा परम्परागत चिकित्सा भनेर समुदायमा भ्रम रहेको पार्ईएको छ ।

तर, होमियो चिकित्साको अर्थ समान नै समानको समाधान हो, विष काट्न विष नै चाहिन्छ, तर विषको मात्रालाई अत्यन्तै कम मात्रामा प्रयोग गरिन्छ । त्यस्तै, फलाम काट्न फलाम नै चाहिन्छ । तर फलामको मात्रालाई न्युिनकरण गरिन्छ र मात्र फलामलाई सहज ढंगले काट्न सकिन्छ । यसको अर्थः जहाँ जस्तो समस्या छ, त्यहाँ त्यहि प्रकृतिको सम्बन्ध राख्ने समान खालका वस्तुबाट समाधान खोजिनुपर्दछ । र त्यस्ता समस्याहरु समाधान भएरै छाडदछन् ।

रोगहरु गतिशिल प्रकृतिको हुने भएकोले होमियोप्याथिक औषधीहरुलाई पनि अत्याधुनिक प्रविधिबाट गतिशिल वनाईएको हुन्छ ।

मानिसले प्रयोग गर्ने औषधीहरुलाई प्रमाणीकरण गर्दा परम्परागत चिकित्सामा जस्तो रोगी व्यक्तिलाई र आधुनिक चिकित्सामा जस्तो लोअर क्लास म्यामेलिया बादर, खरायो, मुसा, कुकुर जस्ता जनावरहरुलाई परिक्षण गरिएको हुन्छ, जसले वस्तुगत लक्षण मात्र मापन गर्न सक्छ । विषयगत लक्षणहरु जनावरहरुवाट प्राप्त नहुने भएकोले होमियोप्याथिक वाहेकका चिकित्साहरु असफल भएका हुन् । होमियोप्याथिक चिकित्सामा न्युन डोज (नेने पार्टीकल्स) हुने भएकोले स्वस्थ मानिसलाई नै औषधी परिक्षण गरिन्छ । नया औषधीहरुको प्रमाणिकरण गरिन्छ । मानिसले खाने औषधीको परिक्षण मानिसमा नै गरिएको कारणले प्राकृतिक रोगीहरुको उपचार सम्भव भएको हो ।

होमियोप्याथिक उपचार पद्धति पुर्णतः प्राकृतिक सिद्धान्तमा आधारित भएकोले हरेक व्यक्तिमा रोग प्रतिरोध क्षमता विकास गरेर शरीरलाई रोगसंग लड्न सक्ने ईम्युन वा भ्याक्सिन भन्दा अझ प्रभावकारी ईम्युनिटिको रुपमा काम गर्न सक्दछ । र शरीरका विकारहरुलाई हटाई रोगमुक्त गराउने नियमित प्रकृयालाई सुचारु गराईन्छ । यिनै प्राकृतिक कारणले गर्दा होमियोप्याथिक चिकित्सावाट प्राकृतिक रोगहरु निको पार्न र महामारीमा पनि रोग प्रतिरोध क्षमता विकास गरी संक्रमणबाट विरामीहरुलाई बचाउन सम्भव भएको हो ।

  • विगतका महामारीमा होमियोप्याथिको सफलताका केहि दृष्टान्तहरुः
    युरोपमा सन् १७९९ मा फैलिएको स्कारलेट फिवरको महामारीमा होमियोप्याथिक औषधी बेलाडोना प्रयोग गरी डा. स्यामुल हानेमानले युरोपभरी होमियोप्याथिलाई चिनाएका थिए ।
  • दिल्लीमा फैलिएको डेङगु फीवरमा सन् १९९६ मा ३९२०० जनालाई हाेमियोप्याथिक प्रोफाईलाक्टिक प्रयोग गरेकोमा २३५२० ले १० दिन पछि पुनः जाच गराउदा जम्मा ५ जना अर्थात ०.१२५% मात्र सामान्य लक्षणहरु पैदा भएको पाईएको थियो । जबकि विश्व स्वास्थ्य संगठनले डेङगु फिवरको संक्रमण दर अक्सर ४०% देखि ५०% सम्म पुग्छ । र कहिलेकाँही ८० % देखि ९० % सम्म डेङ्गु फैलन सक्छ भनेर भनिएको छ ।
  • ब्राजिलमा सन् २००१ म फैलिएको डेङगुको लागि ४०% जति संभावित मानिसलाई होमियोप्याथिक प्रोफाईलाक्टिक दिईएकोमा होमियोप्याथिक प्रोफाइल्याक्टिक नलिएकाको तुलनामा ८१.५ % ले डेङगुको संक्रमण घटेको पाईएको थियो । थाईल्याण्ड सरकारले सन् २०१४ मा डेङ्गुको सफलतापुर्वक होमियोप्याथिक प्रोफाईल्याक्टिकबाट डेङ्गुको नियन्त्रण गरेको थियो ।
  • भारतमा सन् १९६८ देखि १९७० सम्म इन्फ्लुएन्जाको विरामीको लागि गरिएको सर्वेक्षणमा होमियोप्याथिक प्रोफाईलेक्सिस चलाएकोमा ६.५ % र सामान्य चिकित्सावाट औषधी चलाएको विरामीहरु मध्ये २० % लाई संक्रमण भेटिएको थियो ।
  • सन् २००७ मा ह्युमन हर्पेस भाइरस १, ह्युमन इडेनो भाइरस सी सीरोटाईप ५, इन्फ्रलुएन्जा ए भाइरस, ह्युमन रेस्पिरेटरी सिन्किसियल भाइरस बी, ह्युमन कोक्साकी भाइरस सेरोटाईप ए ९, ले चिसो लाग्ने, फ्लु, घाटी दुख्ने, नाक बग्ने, चिसो गाडिने, ब्रोङकाईटिस, निमोनिया, लगायतमा होमियो प्रोफाइल्याक्सिस प्रयोग गरेकोमा २० देखि ४० % मा संक्रमण घटेको थियो ।
  • अमेरिकाको सिकागो सहरमा सन् १८०० मा डा. ग्रिमरले ५००० जना उत्तर बाल्यावस्थाका वालवालिकालाई पोलियोको होमियो प्रोफाईल्याक्टिक प्रयोग गर्दा कसैलाई पनि पोलियो देखिएको थिएन ।
  • क्युवामा सन् १९१८ मा देखिएको स्थानिय फ्लुको लागि ९०७४४३९ जना अर्थात करिब ९०% जनतालाई होमियोप्याथिक प्रोफाईल्याक्टिक औषधी प्रयोग गरिएकोमा सतप्रतिसत सफलता मिलेको थियो ।
  • जर्मनीमा सन् १८०० बाट सन् १८०८ सम्म फैलिएको स्कारलेट फिवरको महामारीमा डा. टेईलरले अर्को होमियोप्याथिक औषधी एकोनाईट प्रयोग गरी अर्को पटक होमियोप्याथीको प्रभावकारीतालाई पुष्टी गरेका थिए ।
  • जर्मनीको लेप्जिग प्रान्तमा सन् १८१२–१८१३ सम्म फैलिएको टाईफाईडको महामारीमा पनि ब्रायोनिया, हायोस्यामस, रस टक्स जस्ता २६ प्रकारका होमियोप्याथिक औषधीहरु सफलतापुर्वक प्रयोग गरिएको थियो, जसमा विरामीहरुको मृत्युदर अत्यन्तै न्युन थियो ।
  • सन् १९१८ देखि सन् १९१९ सम्म फैलिएको स्पेनिस फ्लु को महामारिमा संसारभरी झण्डै २० मिलियन भन्दा बढि मानिसको मृत्यु भएको थियो भने अमेरिकामा मात्रै ५ मिलियन भन्दा बढी मानिसको मृत्युु भएको थियो । त्यसवेला होमियोप्याथिक पद्धतिवाट उपचार गर्ने विरामीको मृत्युदर (१–२)% रहेको थियो भने अन्य उपचारमा (३०–६०)% मृत्युदर रहेको थियो ।
  • स्कटलेण्डमा सन् १८४८ मा हैजाको महामारीमा होमियोप्याथिक प्रोफाईल्याक्टिक चलाएकोमा २४ % मृत्युदर भएको थियो भने सामान्य चिकित्सा तर्फवाट उपचार गर्दा ६८ % मृत्युदर भएको थियो ।
  • अमेरिकामा सन् १८७८ मा येल्लो फिवरको महामारीमा होमियोप्याथिक प्रोफाईल्याक्टिक चलाएकोमा ५.६ % मृत्युदर भएको थियो भने सामान्य चिकित्सा तर्फवाट उपचार गर्दा १७ % मृत्युदर भएको थियो ।
  • पिटर्सबर्गमा सन् १९१८ मा स्पानिस ईन्फ्लुएन्जाको महामारीमा होमियोप्याथिक प्रोफाईल्याक्टिक चलाएकोमा १.०५ % मृत्युदर भएको थियो भने सामान्य चिकित्सा तर्फवाट उपचार गर्दा ३० % मृत्युदर भएको थियो ।
  • सन् १८३१ मा असाईटिक कलेरा भारतबाट फैलिएर युरोपका विभिन्न देशहरुसम्म फैलिएको थियो । असाईटिक महामारिमा पनि कोप्रम मेट, भेराटम एल्बम्, क्याम्फर जस्ता होमियोप्याथिक औषधीहरु जेनस इपिडेमिकस को रुपमा प्रयोग भएको इतिहास छ । त्यस समयको रेकर्ड अनुसार होमियोप्याथिक उपचारको क्रममा मृत्यु हुनेको संख्या २०% भन्दा कम थियो । जुन अन्य उपचार पद्धतीको तुलनामा अत्यन्तै न्यून हो ।
  • रसियामा सन् १८३०–१८३१ मा हैजाको महामारीमा होमियोप्याथिक प्रोफाईल्याक्टिक चलाएकोमा ११% मृत्युदर भएको थियो भने सामान्य चिकित्सा तर्फवाट उपचार गर्दा ६३ % मृत्युदर भएको थियो ।
  • सन् २००३ मा भारतमा देखिएको स्वाईन फ्लुको प्रभावकारी व्यवस्थापन गरिएको छ । पछि यहि विषयमा २००९ मा विश्लेषणात्माक सोधपत्र प्रकाशित भएकोमा यसको लागि होमियोप्याथी अनुकुल रहेको र अध्ययनलाई निरन्तरता दिनुपर्ने बताइएको थियो ।
  • सन् २००७ मा भारतको केरला राज्यमा चिकुनगुनियालाई नियन्त्रण गरिएको थियो । भने सन् १९९५ मा क्युावामा केराटो कन्जक्टिभाईटिसलाई नियन्त्रण गरेको थियो भने सन् २००७ र २००८ मा क्युवामा नै लेप्टेस्पाईरोसिसका लागि होमियोप्याथि प्रभावकारी रहेको अध्ययन प्रमाणित गरेको छ ।
  • सन् १८४९ मा डा. बोनिङ्गसनले युरोपियन कलेरा, हैजाको महामारीमा सामान्य चिकित्सा तर्फ उपचार गराएको विरामीमा मृत्युदर ५४% देखि ९०% पाईएको थियो भने होमियोप्याथिक चिकित्सा तर्फबाट उपचार गर्दा मृत्युदर ५ % देखि १६ % मात्र पाईएको थियो ।
  • अमेरिकाको ओहायो राज्यमा सन् १८४९ मा भएको कोलेराको महामारीमा होमियोप्याथिक उपचारको क्रममा मृत्यु हुनेको संख्या ३% मात्र थियो ।
  • ईङ्लेण्डमा सन् १८५४ मा हैजाको महामारीमा होमियोप्याथिक प्रोफाईल्याक्टिक चलाएकोमा १६.४ % मृत्युदर भएको थियो भने सामान्य चिकित्सा तर्फवाट उपचार गर्दा ५९.२ % मृत्युदर भएको थियो ।

कोभिड १९ नियन्त्रणमा होमियोप्याथिकबाट विश्वभर भएका प्रयासहरुः

वेलायतका ब्रीटिस होमियोप्याथिक एसोसिएसन लगायतका विभिन्न १० वटा होमियोप्याथिक संघसंगठनहरुको संयुक्त वक्तव्य जारी गरेको छ । जसमा भनिएको छ कि, कोभिड १९ को लागि होमियोप्याथिक औषधीहरु रोग प्रतिरोध क्षमता बढाउन सहयोगी सिद्ध हुन्छन् । जसमा भनिएको छ कि, होमियोप्याथिक औषधीहरु फ्लु जस्तै लक्षणहरुको लागि धेरै पहिलेदेखि प्रभावकारी रुपमा अन्य बेलामा पनि र महामारीको बेलामा पनि प्रयोगमा ल्याईएको हो । यो तपाईको लागि मात्र उपयोगी सिद्ध हुनेछैन । हाेमियोप्याथिक प्रिभेन्टिभ प्रयोग गर्नाले त समग्र तपाईको परिवार र समग्र समुदायको फाईदाको विषय हुनेछ ।

उत्तम होमियोप्याथिक औषधीहरुको छनौट व्यक्तिगत युनिक लक्षणहरुको आधारमा गरिन्छ । यद्धपि, जेल्सीमियम ३०सी, ब्रायोनिया ३०सी जस्ता औषधीहरु फ्लुका लक्षणहरुमा धेरै जनामा पहिले देखि नै चल्दै आएका छन् ।
होमियोप्याथिक औषधीहरुको विकल्प त छँदैछ सँगसँगै प्रचलित निर्देशिकाको पनि पालना गर्न जरुरी छ भनेर भनिएको छ ।

महामारीमा प्राय सबै विरामीको लक्षणहरु एउटै देखिएमा ति लक्षणसँग मिल्ने त्यो एक औषधीलाई महामारीको शुरुमा प्रिभेन्टिभ रुपमा वा महामारी फैलिईसकेपछि निको पार्न प्रयोग गरिने औषधीलाई होमियोप्याथिक जिनस एपिडेमिकस भनिन्छ भने, होमियोप्याथिक औषधी वा नोसोडलाई रोग प्रतिरोधात्मकको लागि मात्र दिईन्छ भने त्यो औषधीलाई होमियोप्याथिक प्रोफाईल्याक्सिस भनिन्छ ।

  • ईटालियन सोसाईटी अफ होमियोप्याथीक मेडिसिनले ईटालीमा भर्खरै २४ जना होमिायोप्याथिक चिकित्सक तथा अनुसन्धानकर्ताहरुको समुह बनाई फेब्रवरी २५ देखि अप्रिल ७ सम्म देशका विभिन्न ठाउँमा कोभिड १९ का संक्रमित विभिन्न उमेर समुह र सवै लिङ्गका विरामीहरुलाई घर घरमै आईसोलेसन गरी गरेको अध्ययनले होमियोप्याथिक उपचार पश्चात् विरामीहरु घरमै निको भएको साथै हस्पिटलाईज्ड गर्न नपरेको तथ्य सार्वजनिक गरेको छ ।
  • उता ईटालीमा जस्तै इरानमा पनि गरिएको एक अध्ययनले होमियोप्याथिक औषधीको सेवन पश्चात संक्रमित विरामीको स्वास्थ्यमा सिघ्र सुधार भएको देखाएको छ । भने रोमानियामा गरिएको एक अध्ययनले पनि होमियोप्याथिक औषधीहरु प्रभावकारी रहेको देखाएको छ ।
  • भारतमा कोभिड १९ विरुद्धको लडाईमा विज्ञहरुको सुझावहरुको आधारमा भारतको प्राकृतिक चिकित्सा तर्फको आयुस मन्त्रालयले २८ जनवरी २०२०मा आर्स अल्बा ३०सी लाई कोभिड १९ को प्रोफाईलेक्टिक औषधीको रुपमा सुझाव दिईयो । साथै, होमियोप्याथिक औषधी प्रभावकारी रहेको जनाउदै कोभिड १९ स्वास्थ्य निर्देशिका तयार गरी अनुसन्धान गर्न ईन्डियन काउन्सिल अफ मेडिकल रिसर्चलाई प्रतिवेदन बुझाईसकेको छ भने भारत सरकारको सेन्ट्रल होमियोप्याथिक रिसर्च काउन्सिल ले भारतका विभिन्न प्रदेशहरुमा अनुसन्धान थालेको छ । साथसाथै, लक्षणहरुको समानताको आधारमा ब्रायोनिया, क्याम्फोरा, जेल्सिमियम, एन्टिम टार्ट, ईन्फ्लुएन्जिनम, अक्सिलोकोक्सिनम, युपेटोरियम पफ” जस्ता होमियोप्याथिक औषधी प्रभावकारी रहेको जनाउदै कोभिड १९ को नियन्त्रणमा भारतभर धेरेै डाक्टरहरुले अनुसन्धान र उपचार समेत गरिरहेका छन् ।
  • केरला सरकारले रोग प्रतिरोधात्मक क्षमता बढाउन आफ्ना प्रदेशका ४५ लाख नागरिकहरुलाई होमियोप्याथिक औषधीहरु निशुःल्क वितरण गरेको छ । भने कतिपय प्रदेश तथा शहरहरुमा कोरोना भाईरस लाग्न नदिन प्रोफाईलेक्टिक औषधिको प्रयोग गरिएको छ ।
  • क्युबामा सन् १९९० बाट लोकप्रिय भएको होमियोप्याथिक उपचार प्रणालीलाई क्युबा सरकारले महामारी फैलन नदिन आफ्ना नागरिकहरुलाई होमियोप्याथिक औषधी वितरण गरिएको छ ।
  • हंगकंग, ईरान लगायत विश्वभरका धेरै देशहरुमा लक्षणहरुको समानताको आधारमा ब्रायोनिया, क्याम्फोरा, जेल्सिमियम, एन्टिम टार्ट, ईन्फ्लुएन्जिनम, अक्सिलोकोक्सिनम, युपेटोरियम पफ” जस्ता होमियोप्याथिक औषधी प्रभावकारी रहेको जनाउङ् कोभिड १९ को नियन्त्रणमा धेरेै डाक्टरहरुले अनुसन्धान र उपचार समेत गरिरहेका छन् ।
  • अमेरिकन ईन्स्टिच्युट अफ होमियोप्याथि, द क्यानेडियन एकेडेमी अफ होमियोप्याथी जस्ता संस्थाहरु रिसर्चमा लागेका छन् ।
  • त्यसैगरी, नेपालमा कोभिड १९ नियन्त्रण गर्न होमियोप्याथिसँग सम्बन्धित विभिन्न ९ वटा संस्थाहरुको पहलमा विभिन्न ढंगले प्रयासहरु भैरहेका छन् । होमियोप्याथीबाट प्रभावकारी रुपमा कोभिड नियन्त्रण गर्न नेपाल सरकारसँगको सहकार्यमा सम्भव छ ।
  • राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश हेरेर विभिन्न अध्ययनहरु, अनुसन्धानहरु, तर्क, तथ्य र तथ्यांकहरुको आधारमा होमियोप्याथिक चिकित्साबाट आरसेनिक अल्बा ३०सी लगायत धेरै समान लक्षण भएका प्रभावकारी होमियोप्याथिक औषधीहरु प्रिभेन्टिभ र क्युरेटिभ उपचारको लागि प्रोटोकल तयार गरी नेपाल सरकारले सार्वजनिक गरेको छ ।

अब प्रदेश सरकार र स्थानिय सरकारहरुले पनि सोही प्रोटोकलको आधारमा विज्ञहरुसंगको परामर्श सहित कोरोना नियन्त्रणको लागि आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने बेला आएको छ ।

होमियोप्याथिक जिनस एपिडेमिकस र प्रोफाईल्याक्सिसको महामारीमा के-कस्ताे भूमिका रहन्छ ? 
महामारीमा प्राय सबै विरामीको लक्षणहरु एउटै देखिएमा ति लक्षणसँग मिल्ने त्यो एक औषधीलाई महामारीको शुरुमा प्रिभेन्टिभ रुपमा वा महामारी फैलिईसकेपछि निको पार्न प्रयोग गरिने औषधीलाई होमियोप्याथिक जिनस एपिडेमिकस भनिन्छ भने, होमियोप्याथिक औषधी वा नोसोडलाई रोग प्रतिरोधात्मकको लागि मात्र दिईन्छ भने त्यो औषधीलाई होमियोप्याथिक प्रोफाईल्याक्सिस भनिन्छ ।
मास्टर हानेमन कै पालादेखि होमियोप्याथीक औषधीलाई विगतका महामारीमा समेत प्रयोग गर्दै आईएको छ । विशेषतः ४ तरिकाबाट होमियोप्याथिक औषधीलाई प्रयोगमा ल्याईनु पर्दछ भन्ने प्रस्तावहरु विश्वभरको छलफलमा आएको पाईन्छ । ति सवै तरिकाहरु लाई अनुसन्धानहरुले सवैको राम्रो नतिजा हासिल गरेका अनुभवहरुको ईभिडेन्सहरु रहेको पाईन्छ । जसमध्येको ईन्डिभिजुअलाईजेसन सबैभन्दा राम्रो गोल्ड स्टाण्डर्ड मानिएको पाइन्छ ।

जो यस प्रकारका छन्ः
१. ईन्डिभिजुअलाईजेसनः

यस विधिमा हरेक व्यक्तिलाई अलग-अलग विरामी मानेर व्यक्तिगत लक्षणहरुको आधारमा अलग-अलग औषधी छनौट गर्ने उद्धेश्यमा काम गरिन्छ । पानडेमिक र ईपिडेमिकमा यो संभव नहुन सक्छ जहाँ चाँडो भन्दा चाँडो केस टेकिङ् सकेर धेरेै विरामीहरुलाई औषधी वितरण गर्नपर्ने हुन्छ । ईन्डेमिक अवस्थामा वा कम संख्यामा संक्रमण भएको बेला वा महामारीको शुरुको अवस्थामा यो विधि संभव देखिन्छ । तथापि, ईन्डिभिजुअलाईजेसन सबैभन्दा राम्रो गोल्ड स्टाण्डर्ड विधि मानिएको पाइन्छ ।

२. कम्बिनेसन रेमिडिजः

यी औषधीहरु पनि प्रभावकारी मानिन्छन् तर, खास लोकेसनको लागि विभिन्न विरामीहरुबाट स्पष्ट लक्षणहरु प्राप्त गरी त्यसका आधारित भएको हुनुपर्दछ ।
३. होमोप्याथी वा आईसोप्याथीः

यो भ्याक्सिनेसनको सिद्धान्तसँग मेल खाने भएकोले मेनस्ट्रीम (सामान्य चिकित्सा)ले समेत सहजै स्विकार गर्ने गरेको पाईन्छ । यसमा नोसोड ग्रुपको कुनै एक महामारीको नियन्त्रणको लागि विरामीको लक्षणहरुसँग नजिकको औषधी वा त्यहि प्याथोजिनबाट बनेको औषधीलाई प्रिभेन्टिभ वा उपचारात्मक औषधीको रुपमा दिईन्छ ।

४. जिनस एपिडेमिकसः

यो विधि पनि सफल मानिन्छ तर, यस विधिलाई अपनाउन धेरै चिकित्सकहरुबाट अध्ययन, अनुसन्धानहरु भई धेरै विरामीहरु हेरिसकेर अनुभवहरुलाई यस विधिमा उपयोगमा ल्याउन सकिन्छ । अझ भनौ, माथि भनिएका अन्य तिनै विधिहरु प्रयोग गरिसकेपछि प्राप्त तथ्य, तथ्यांक र अनुभवबाट मात्र एकिन गर्न सकिन्छ । यसमा संक्रमित क्षेत्रमा देखिएका लक्षणहरुसंग सवैभन्दा समान मानिएको एउटै नामको होमियोप्याथिक औषधी सवै व्यक्तीहरुलाई चलाइन्छ । (नोटः जिनस भन्नाले एउटै जिनको हुन्छ तर स्पेसिस फरक पनि हुन सक्छ)।

महामारीमा होमियोप्याथिक औषधी नै किन त ?
१. दिईने औषधीहरु सबैले सजिलै बुझ्न सक्ने भएकोले,
२. सबै उमेर समुह र सवै मानवजातीको लागि अति सुरक्षित भएकोले,
३. चाँडै काम गर्न सक्ने, चाँडै प्रभावकारी काम गर्ने भएकोले,
४. उच्चस्तरीय प्रभावकारी रुपमा नतिजा दिन सफल भएकोले,
५. विरामीहरुलाई खुवाउन सजिलै सकिने भएकोले,
६. अल्कोहल जस्ता प्रोटेक्टिभ पदार्थ प्रयोग भएकोले लामो समयसम्म औषधीहरु नविग्रने र गुणस्तर कायम भएकोले,
७. धेरै नै सस्तो भएकोले,
८. खाँदिएको र धेरै नै हल्का तौलको हुने भएकोले बाेकेर हिँड्न र वितरणमा सजिलो हुने भएकोले,
९. अन्तर्राष्ट्रिय नाकाहरुमा पनि बोकेर ल्याउन लैजान कानुनी मान्यता प्राप्त भएकोले,
१०. वैज्ञानिक भाषा नामाकरण (साईन्टिफिक नेम)मा औषधी तयार गरिने अन्तर्राष्ट्रिय अभ्यास भएकोले,
११. ईम्युन सिस्टमलाई मजबुत बनाउने भएकोले,
१२. यदि रोगको विषाणु वा जिवाणु देखिएन भने पनि यसमा प्रयोग भएको औषधीले लामो समयसम्म रोग प्रतिरोधात्मक क्षमता विकास गरिनै रहने भएकाेले
१३. होमियोप्याथिक औषधीले निश्चय नै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने भएकोले, जेनेटिक म्युटेसन भएमा पनि होमियाीप्याथिक औषधी छनौटमा कूनै वाधा गर्दैन । र त्यसपछि फेरि नयां केस टेकिङ् गरी दोश्रोपटक औषधी छनौट गरिन्छ ।

कोरोनाको कारण उत्पन्न मनोवैज्ञानिक परिस्थितिको होमियोप्याथिक व्यवस्थापन कसरी गर्ने ?
मानिसहरुको मृत्यु स्वभाविक कारणले वा अस्वभाविक कारणले समेत हुने गर्दछ । जुन सामान्य प्रकृया हो भनी जेनेरलाईजेसन गरेको अवस्था नै हो । तर, अहिले कोरोनाको कारण लकडाउन, संक्रमित क्षेत्रलाई सील गर्नाले २४सै घण्टा मरिन्छ होला, मरिन्छ होला भन्ने सोचाईहरु आईरहनाले समेत मृत्युसंगको डर लाई समायोजन गर्न नसक्दा र जनचेतनामा परिपक्व बुझ्ने बुझाउने काममा समन्वय नहुदा झने त्रासदी पूर्ण स्थितिमा जनजीवन गुज्रनु पनि एक मनोेवैज्ञानिक असर पर्न सक्छ । कोरोना महामारीको यस भयावह परिस्थितिमा बन्दाबन्दी (लकडाउन) को कारणले दैनिक कामकाजमा अस्तव्यस्तताका कारण असामान्य अवस्था श्रृजना भई दैनिक ज्याला रोजगारीको समस्या, उद्योग धन्दा कलकारखानाहरु बन्द हुनु, अत्यावश्यकिय सामाग्रीहरुको अभावको कारणले मनोवैज्ञानिक रुपमा समस्याहरु बढ्दै जाने खतरा पनि उत्तिकै छ, भने अर्कोतिर मानिसहरु रोगले भन्दा पनि भोकले मर्ने खतराले समेत मनोवैज्ञानिक असर पर्न जाने हुन्छ । प्रचलित सामान्य रुपमा गरिने व्यवस्थापनहरु जस्तैः सेनिटाईजरको प्रयोग, सवारी साधन, एम्वुलेन्स लगायतका वारम्वार प्रयोगमा आउने सामग्रीहरुको डिस ईन्फेक्सनको प्रभावकारी कार्यान्वयन, सोसियल डिस्टेन्सिङ कायम गर्ने, मास्कको उचित प्रयोग, ग्लोव्सको उचित प्रयोग, चिसोवाट बच्ने, रोगको रोकथामको लागि जनचेतनामूलक प्रचारप्रसार, सुरक्षाकर्मीहरुको उचित व्यवस्थापन र परिचालन, स्वास्थ्यकर्मीहरुको प्रभावकारी सेवा र जाच पडताल, स्वाब टेस्टको उचित भरपर्दो नतिजा प्रदान गर्नु र सकेसम्म छिटो संक्रमित क्षेत्रका अधिकांस व्यक्तिहरुको परिक्षण गर्नु त जरुरी छदै नै छ । यसका साथै मनोवैज्ञानिक पक्षमा समेत दृष्टिगत गरी समग्र लक्षणलाई समेटेर विश्वभरमा मान्यता पाएका र उपलव्ध होमियोप्याथिक प्रतिरोधात्मक र उपचारात्मक औषधी सेवन गर्न पाउनु हरेक नागरिकको अधिकारको कुरा हो भने राज्यको दायित्व पनि हो ।
कोरोना लाग्दैमा मरिन्छ नै भन्ने छैन र कोरोना जस्तै विभिन्न महामारीमा होमियोप्याथिक लगायत विभिन्न रोकथाम र नियन्त्रणका उपायहरु सफल भएका छन् र त्यस्ता साधनहरुलाई संयमतापूवृक अपनाउदा सजिलै कोरोनाको व्यवस्थापन गर्न सकिन्छ भन्ने गरीको मनोवैज्ञानिक उपचार पनि आवश्यक छ । यसको लागि विज्ञहरुसंगको समन्वयमा सम्वन्धित निकायहरुले वेलेमा सजग भई प्रभावकारी कार्यक्रमहरु संचालन गर्नु आवश्यक देखिन्छ । साथै, महामारीको वेला देखिने मनोबैज्ञानिक परिवर्तन र भुकम्प लगायतको आपत–विपदको बेला देखिने मानसिक स्थितिको परिवर्तन, सामाजिक व्यवहारमा देखिने परिवर्तन, संवेगात्मक स्वास्थ्यमा देखा पर्ने परिवर्तनलाई समेत दृष्टिगत गरी आत्मा, मन र शरीरलाई समेटेर होलिस्टिक एप्रोचमा समग्रतामा एकताको मान्यतामा रहि होमियोप्याथिक चिकित्सामा (पी. एन. इ. आई.¬) अर्थात्….. पी…मनोवैज्ञानिक, एन…स्नायुप्रणाली अन्तर्गतको व्यवस्थापन, इ…इन्डोक्राईनोलोजिकल प्रणाली र आई…ईम्युनोलोजिकल सिस्टम लाई प्रभाव पारी शरीरलाई प्राकृतिक स्वस्थता प्राप्त गर्न गराउन सकिन्छ । र मनोवैज्ञानिक समस्याहरु देखा परेको छ भने पनि विश्व स्वास्थ्य संगठनको मान्यता पाएका विधि र प्रक्रियाबाट उपलव्ध तथ्य र तथ्यांकहरुको आधारमा अध्ययन, अनुसन्धान गरेर निकालिएका निष्कर्षहरुलाई प्राकृतिक, व्यवहारिक र वैज्ञानिक सिद्धान्तमा आधारित रहि होमियोप्याथिक चिकित्साबाट त्यस्ता मनोवैज्ञानिक समस्याग्रस्त वीरामीहरुमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।
कसरी बन्न सक्ला ? सामान्य चिकित्साको विकल्प ः होमियोप्याथीक चिकित्सा
विश्वभर फैलिई रहेको कोरोना भाईरसको महामारीले एशिया महादेशका विभिन्न शहरी क्षेत्रहरु हुदै नेपाल भित्र पनि प्रवेश पाई सक्यो । र अहिले संक्रमणको सख्या दिनदिनै बढ्दै गईरहेको छ । विश्वभरका वैज्ञानिकहरु यस रोगको संक्रमण रोकथाम र नियन्त्रणमा खोप तथा औषधीहरु पत्ता लगाउन दिनरात लागीपरे पनि अहिलेसम्म ती अनुसन्धान बाट ठोस उपलव्धी हासिल गर्न नसक्नुले हामी जस्तो कमजोर स्वास्थ्य व्यवस्थापन भएको देशका हामी नेपाली जनतालाई अझ थप पिडा दिएको छ । यस्तो अवस्थामा प्राकृतिक सिद्धान्तमा आधारित, सस्तो, भरपर्दो, प्रभावकारी, बिना साईड इफेक्ट काम गर्न सक्ने वैज्ञानिक सिद्धान्तमा आधारित होमियोप्याथिक चिकित्सा पद्धतिले कोभिड १९ को उपचार, रोकथाम र नियन्त्रणमा सामान्य चिकित्साको विकल्प बन्न सक्छ ।

कोभिड १९ रोकथाम र नियन्त्रणमा होमियोप्याथि नै किन ?
माथि उल्लेखित विभिन्न सिद्धान्तहरु, यस लेखमा प्रस्तुत गरिएका दृष्टान्तहरु, तथ्यहरु, तथ्यांकहरुको आधारमा होमियोप्याथिक चिकित्साबाट कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न होमियोप्याथी आवश्यक छ भन्न सकिन्छ ।
“समान नै समानको समाधान हो’’ विष काट्न विष नै चाहिन्छ, फलाम काट्न फलाम नै चाहिन्छ, विभिन्न खोपहरु बनाउँदा पनि जे रोगको लागि खोप बनाउने हो त्यहि रोगको प्याथोजिन वा जिवाणु वा विषाणुहरु नै प्रयोगमा ल्याईन्छ । अर्थात् जस्तै टि.बि.को भ्याक्सिन बनाउँदा अरु कहिँ केहि खोज्नै पर्दैन, त्यहि टि.बि.को बेसील्लाई नै प्रयोगमा ल्याउने हो ।

अर्थात् ‘‘समस्या जहाँ छ, समाधान पनि त्यहिँबाट खोजिनुपर्छ’’ भन्ने सिद्धान्तमा आधारित यस उपचारमा केवल रोगको नामको आधारमा मात्रै औषधी नदिई विरामीको विभिन्न रिपोर्टहरुको अध्ययन विश्लेषण गरी चिसोतातो, रुची, अरुची, वंशाणुगत रुपमा आएका प्रवृत्तिहरुको अध्ययन गर्नुका साथै मानसिक, शारीरिक, सामाजिक र संवेगात्मक अवस्थालाई समेत विश्लेषण गरी रोगीसँग अधिकमम समान प्रकृत्तिको औषधी छनौट गरी विरामीलाई सेवन गराईन्छ ।

यसरी, सेवन गराईने औषधीलाई भौतिक विज्ञानले परिभाषित गरेको नेनो पार्टीकल्सको रुपमा अति सुक्ष्म कणमा गएर इलेक्ट्रोन थेउरी जस्तै इनर्जेटिक फर्ममा शक्तिकृत गरी अति शुक्ष्म विष्लेषण गरेर वा गहिराई सम्म अध्ययन गरेर शरीर, मन र आत्माको तह सम्म काम गर्न सक्ने गरी अति नै गतिशिल बनाइन्छ ।

जसले प्राकृतिक रुपमा जन्मँदै लिएर आएको जीवनशक्ति वा आत्माशक्ति वा आत्मबल वा रोगप्रतिरोध क्षमता विकास गरि प्राकृतिक रुपमा प्राप्त हुने स्वःउपचार प्रक्रियालाई सक्रिय बनाई मन मस्तिष्क र शरीर समेतबाट र वंशाणुगत रुपमा आएका विकारहरुलाई समेत हटाई रोगीलाई सन्चो बनाइन्छ ।
नयाँ औषधीहरु परीक्षण वा प्रमाणीकरण गर्दा अन्य चिकित्सामा जस्तो रोगी व्यक्तिलाई वा जनावरहरु, मुसा, खरायो, भ्यागुतो आदिमा नगरी स्वस्थ मानिसमा प्रयोग वा परिक्षण गरिएको हुन्छ । यसरी स्वस्थ मानिसमा परिक्षण गरिएका औषधीहरुलाई ढुक्कका साथ सेवन गर्न सकिन्छ ।

त्यहि भएर होमियोप्याथिमा साईड ईफेक्ट पनि हुँदैन । र वास्वविक रुपमा रोगीलाई निको बनाउन पनि संभव भएको हो । यसरी प्रयोग गरेर तयार गरिने औषधीहरुलाई एक आपसमा नमिसाईकन अलग-अलग बट्टामा राखिएको हुन्छ ।
यसरी राख्दा हरेक औषधीहरुलाई शक्तिकृत गरी राखिएको हुन्छ ।  आवश्यकता अनुसार होमियोप्याथिक औषधीहरु चलाउँदा जीवनशक्ति वा रोगप्रतिरोधात्मक क्षमतालाई वृद्धि गरि शरीरलाई प्राकृतिक अवस्थामा नै पुनः फर्काउने प्रणालीलाई सक्रिय बनाउँदछ र हामी त्यस्ता लक्षणहरुबाट मुक्त हुन्छौं अर्थात निको हुन्छौं ।
यहि प्रकृयाबाट कोभिड १९ को संक्रमणबाट पनि बच्न र नियन्त्रण गर्न रोग प्रतिरोधात्मक क्षमता विकास गरी होमियोप्याथिक चिकित्साबाट सफलता प्राप्त गर्न सकिन्छ ।

होमियोप्याथीबाट कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि नेपालमा के गर्न सकिन्छ ?
नेपालको सामाजिक सांस्किृतिक संरचना, भू–राजनीतिक बनावट, आर्थिक स्थिति, प्राकृतिक सम्पदा, जैविक विविधता, भौगोलिक विविधताको आधारमा होमियोप्याथिक चिकित्सालाई सामान्य स्वास्थ्योपचार लगायत यस्ता महामारीहरुमा अपनाउन सकेमा नेपाली समाजलाई छिटो छरितो विकास र समृद्धिको बाटोमा जानको लागि कोशेढुंगा सावित हुने कुरामा दुईमत नहोला ।
कोभिड १९ बाट संक्रमितहरुमा लक्षणहरु देखा परेकाहरुलाई लक्षणकै आधारमा र लक्षण देखा नपरेका विरामीहरुलाई पनि कन्स्टिच्युसनल आधारमा, फिजिकल जेनेरल, मेन्टल जेनेरल, फेमली हिस्ट्री, पास्ट हिस्ट्री, टेम्परामेन्ट, डायथेसिस, एकोमोडेसन, लाइफ स्टाईल, मौसम, हावापानी आदिको आधारमा प्रिभेन्टिभ औषधी दिएर मृत्युदरलाई नेपालमा पनि न्युनिकरण गर्न सकिन्छ ।

कोभिड १९ बाट संक्रमण भएका सबै विरामीहरुको व्यक्तिपरक ईन्डिभिजुअलाईजेसन गरि व्यापक अध्ययन, अनुसन्धान गरी होमियोप्याथिक जिनस एपिडेमिकस पत्ता लगाउनु जरुरी छ । जसलाई प्रयोगमा ल्याई महामारी रोकथाम गर्न र मृत्युदर घटाउन सकिन्छ ।

साथै, कोभिड १९ को लडाईमा अग्रपंक्तीमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सवारी चालक, प्रशासनिक निकायका कर्मचारीहरु, जनप्रतिनिधिहरु जो जनसम्पर्कमा सधैं रहिरहनु पर्छ, त्यस्तै पत्रकारहरु लगायत संक्रमणको जोखिम बढि भएका त्यस्ता व्यक्ति, परिवार र प्राथमिकताको आधारमा क्रमशः सबैलाई ईम्युन बुस्टर, प्रोफाईलेक्सिस र जिनस एपिडेमिकसहरुको प्रभावकारी वितरण गर्नसकेमा नेपाल सरकारलाई आर्थिक भार कम पर्नको साथै महामारी नियन्त्रण सहज हुनसक्छ ।

विभिन्न अंगहरुले काम गर्न छाडेको अवस्थामा तथा आई. सि. यु.मा राखिएका विरामीहरुलाई पनि सजिलै प्रयोग गर्न सकिने भएकोले एकिकृत चिकित्साको अवधारणाबाट एलोप्याथिक उपचार संगै पनि होमियोप्याथिक औषधी प्रयोग गर्न सकिन्छ ।

त्यस्तै विरामीको च्वाईस अनुसार एउटा ब्लकमा एलोप्याथीक र अर्को ब्लकमा होमियोप्याथिक चिकित्साबाट उपचार गरेर हेर्न सकिन्छ । यो विश्वभर अभ्यास हुदै आएको पनि छ । यो अभ्यास गर्दा संक्रमितहरुको विचमा, क्वारेन्टाईनमा राखेकाहरुको विचमा, नियन्त्रण अभियानमा सरिक हुने व्यक्तिहरुको विचमा, संक्रमित क्षेत्रको विचमा र आम सर्वसाधारण जनताको बीचमा पनि परिक्षण गरी अध्ययन, अनुसन्धान गरि रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।

कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होमियोप्याथिक चिकित्साबाट विभिन्न औषधीहरुलाई प्रिभेन्टिभ र क्युरेटिभ उद्धेश्यका लागि प्रोटोकलहरुको निर्देशिका जारी गरेता पनि यसलाई संघिय तहमा, प्रदेश तहमा र स्थानिय तहमा प्रभावकारी कार्यक्रम बनाई कार्यान्वयन गराउन जरुरी देखिन्छ ।

प्रकृतिको नियममा आधारित रहेका र विज्ञान र नविनतम् प्रविधिहरुलाई समेत उच्चतम् उपयोग गरी विकास गरिएका होमियोप्याथी लगायतका योग तथा प्राकृतिक चिकित्सा, अक्युपंचर, एक्युप्रेसर लगायतका प्राकृतिक चिकित्साहरुलाई राज्यको नीति–निर्माणकर्ताहरुले दोश्रो दर्जाको नागरिकको रुपमा हेरिनु संविधानतः गैरकानुनी काम भएकोले कानुनी निकास खोजी गर्न आवश्यक भैसकेको छ । विभदमुक्त समाज, समतामुलक समाज बनाउन समता र समाानताका आधारभुत मूल्य र मान्यताहरुलाई आत्मसात् गरेर समाजको विकास गर्न सकिन्छ ।

नकि भोट कता बढि छ, उतै निर्णय गर्ने संस्कारले अल्पसंख्यक, कमजोर, निरिह नागरिकलाई गरिने भेदभाव हटाईने भने जस्तैः होमियोप्याथिक लगायतका प्राकृतिक चिकित्साहरुको क्षमतालाई सधैं नजरअन्दाज गर्ने काम राज्यले रोकेन ।  केहि भिजिलान्तेहरुको घुसपैठ गराएर यस चिकित्साको मानमर्दनमा खलल पार्न केहि व्यक्ति उद्धत देखिने गरेका छन् । तर सत्यको जित निश्चित छ । यो कुरा अहिलेको कोभिड १९ महामारीको बेला पनि पुष्टि हुँदैछ । र हुने नेै छ । र समृद्धिको लागि स्वस्थ समाज अनिवार्य छ । होमियोप्याथी लगायत प्राकृतिक चिकित्सालाई हातेमालो नगरीकन स्वस्थ समाज निर्माण संभव नै छैन । यस विषयमा सवैको ध्यानाकर्षण हुन जरुरी छ ।

तसर्थ, उपलब्ध श्रोत र साधनलाई प्रयोगमा ल्याई व्यवस्थापन गर्ने हो भने विरामीलाई छिटो, छरितो उपचार हुने र संक्रमित क्षेत्रका मानिसहरुमा रोगप्रतिराधात्मक क्षमता वृद्धि हुने कुरामा दुईमत नहोला ।

(लेखक कटुवाल धनकुटा बसपार्क स्थित जनभावना होमियोप्याथिक एण्ड होलिस्टिक हस्पिटलका सञ्चालक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij