२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

देशभर मान्यता प्राप्त इम्युन बुस्टर हाेमियाेप्याथिक औषधि वितरण गरिने

देशभर मान्यता प्राप्त इम्युन बुस्टर हाेमियाेप्याथिक औषधि वितरण गरिने

डा. खगेन्द्र कटुवाल, अध्यक्ष, अल नेपाल हाेमियाेप्याथिक एसाेसिएसन

काठमाडाैं । अल नेपाल हाेमियाेप्याथिक एसाेसिएसनले देशभर प्रदेश स्तर र स्थानिय तहमा इम्युनिटी पावर बढाउने औषधीहरु वितरण गर्दैछ।

यसकाे लागि देशका विभिन्न ठाउँमा रहेका होमियोप्याथिक चिकित्सक र होमियोप्याथहरुलाइ परिचालन गरिने एसाेसिएसनकाे जनाएकाे छ ।

गत वर्ष बैशाख १५ गते जारी भएको कोभिड रोकथाम र नियन्त्रणकाे उद्देश्यले नेपाल सरकारले जारी गरेको प्रोटोकलकाे समेत राम्राेसँग पालना गरी उक्त इम्युन बुस्टर औषधी वितरण गरिने अल नेपाल हाेमियाेप्याथिक एसाेसिएसनका अध्यक्ष  डा‍क्टर  खगेन्द्र कटुवालले सेताेघर डट कमलाइ बताउनुभयाे ।

साथै उहाँले नेपाल सरकारबाट मान्यता प्राप्त उक्त इम्युन बुस्टर औषधि वितरण कार्य राज्य मातहतका आधिकारिक व्यक्तिहरुकाे प्रत्यक्ष संलग्नता रहने समेत बताउनुभयाे ।

नेपालमा पछिल्ला दिनहरुमा काेराेना संक्रमण उच्च दरमा वृद्दि भइरहेकाे अवस्थामा  नागरिकको जीवन रक्षामा सहयाेग पुग्न सकाेस् भन्ने मान्यताले उक्त औषधी वितरण गर्न लागेकाे समेत बताउनुभयाे ।

साथै संक्षिप्त कुराकानीकाे क्रममा उहाँले नेपाल सरकारले होमियोप्याथिक कोभिड हस्पिटल खाेल्न सकारात्मक संकेत दिनु खुसीकाे कुरा रहेकाे र यसबाट विरामीकाे उपचारमा सहज हुने समेत बताउनुभयाे ।

साथै  पशुपति हाेमियाेप्याथिक चिकित्सालय, ललितपुरलाइ काेभिड अस्पतालकाे रुपमा प्रयाेगमा ल्याइने र यसमा ५० ‌ओटा वेड रहने समेत कटुवालले बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij