प्रश्न ः मुटु र मस्तिष्कलाई हानि गर्ने कारक तत्त्वहरुलाई नियन्त्रणमा राख्ने उयायहरु के–के हुन् त ?
यसका लागि हामीले आफ्नो जीवनशैलीलाई स्वास्थ्य अनुकूल बनाउनुपर्छ । चिल्लो धेरै नखाने, माछा–मासु कम गर्ने, दुध–दही पनि ठिक्का मात्रामा उपभोग गर्ने । उस्तै सागपात, फलफूल प्रशस्त खाने,मकै, चामल र गहुँ कम गर्ने । किनभने धान, गहुँ,मकैलाई अहिले खराब कार्बाेहाइडे«ट भन्न थालिएको छ । यसको सट्टा कोदो फापर, किनुवा, जौ आफ्नो दैनिक खानामा उपयोग गर्नु लाभदायक हुन्छ ।
सुर्तीजन्य वस्तुको उपयोग नगर्ने र सँगै बस्ने अरुलाई पनि उपभोग गर्न नदिने, रक्सीको सेवन नगर्ने र गर्नै पर्ने भएमा ( साँस्कृतिक आदि कारणले) न्युनतम मात्रामा मात्र गर्ने । व्यायाम, योग, ध्यान गरेर वजन ठीक राख्ने । यदि खानपान, व्यायामबाट मात्र भएन भने औषधि सेवन गरेर भए पनि मधुमेह, रक्तचाप, कलेस्टेरोल (चिल्लो पदार्थ) ठीक स्थितिमा राख्नुपर्छ ।
यसका साथै आफ्नो सोचाइ, मानसिक अवस्थालाइृ पनि ध्यान दिनुपर्छ । नकारात्मक सोच, अरुको कुभलो गर्ने विचार, रिस, द्वेष,ईष्र्या, लोभ आदिको असर मुटुमा ज्यादै नराम्रोसँग पर्ने गरेको प्रमाणित भएको तथ्य हो ।
त्यसैले सकारात्मक सोच राख्ने, सामाजिक कार्यमा समय दिने, अरुलाई सहयोग गर्ने बानी गर्ने गर्नुपर्छ । यस्तै गरी सङ्गीत सुन्ने, पुस्तक पढ्ने, खेलकुदमा भाग लिने, मजाले हाँस्ने, मिठो बोलीबचन गर्ने गर्नपर्छ ।
कामै नगर्ने होइन, तनावभन्दा आफूलाई बलियो बनाउन कोशिस गर्नुपर्छ । आफ्नो खानपान, ध्यान, व्यायाम, बोलिबचन, जीवशैलीले आफूलाई तनावभन्दा बलियो बनाउन सक्छ ।
प्रश्न ः मुटु, मस्तिष्क र कलेजोको सम्बन्ध भौतिक वा अभौतिक रुपमा हुन्छ कि नाई ?
हाम्रो शरीरमा जति पनि अङ्गहरु छन् । तिनको एक–आपसमा कुनै न कुनै किसिमको सम्बन्ध हुन्छ नै । त्यसमा पनि मस्तिष्कसँग सम्बन्ध ज्यादै जटिल प्रकारको हुन्छ । यसले अरु अङ्गहरुसँग सम्बन्ध राख्दा धेरै प्रकारका बायोफिजियोलोजिकल सम्बन्धबाट गरेको हुन्छ ।
जस्तै–मस्तिष्क र मुटु, मस्तिष्क र फोक्सो, मस्तिष्क र कलेजो, मस्तिष्क र इन्डोक्रायम सिस्टम आदिका बीच आ–आफ्नो सम्बन्ध हुन्छ । यही सम्बन्धको कारण अरु अङ्गको अवस्था कस्तो छ, त्यसको आधारमा मस्तिष्कमा सिधै असर पर्न पनि सक्छ ।
मस्तिष्कका कारण शरीरका अरु अङ्गमा पनि असर परिरहेकै हुन्छ । शरीरका. तौलल धेरै बढ्नु, बीएमआई धेरै हुनु, अल्छीपना, उच्च रक्तचाप, अनियन्त्रित मधुमेह, चुरोट–राक्सी धेरै खाने बानी, अरुलाई हानि पुर्याउने प्रवृत्ति आदि शरीरका धेरै अङ्गहरुमा नकारात्मक असर पार्ने कारक तत्त्वहरु हुन् ।
यी नकारात्मक असरले गर्दा मस्तिष्क, कलेजो र मुटुलाई पनि असर गरेको पाइएको छ । मुटु वा कलेजोमा असर पर्याे भने त्यसको असर मस्तिष्कमा पनि परेको पाइएको छ । यसका कारण ती अङ्गहरुमा विभिन्न किसिमका रोगहरु उत्पन्न हुन्छन् ।
नकारात्मक कुराहरुले गर्दा मुटु, कलेजो फेलियरको स्थितिमा पुग्छ, मस्तिष्कको कार्यक्षमतामा पनि ह्रास आउँछ र मानसिक रोगका समस्याहरु पनि देखा पर्न सक्छन् । मानिसकाृ सोच्न सक्ने क्षमतामा पनि ह्रास भइरहेको हुन्छ । यसले मुटुमा असर परिरहेको हुन्छ । अतः यी अङ्गहरुबीच भौतिक र अभौतिक सम्बन्ध रहेको हुन्छ ।
करिब एक हजार वर्षअघि उज्वेकिस्तानमा जन्मिएका मुस्लिम वैज्ञानिक अब्दुल्लाह(ब्दमगििबज ष्दबल क्ष्लब) ले इरानका बादशाहकहाँ धेरै वषृ काम गरेका थिए , उनले आफ्नो विश्वविख्यात पुस्तक ‘क्यानन’ ( Kitab al-Qanun fit – Tibb- The Canon of Medicine)मा कलेजोको समस्याका कारण मुटुमा र मुटुमा देखिएका समस्याका कारण कलेजोमा समस्या आउने कुरालाई विस्तृत व्याख्या गरेका छन् ।
मुटुले कुनै कारणवश काम गर्न छोड्यो, हृदयघात भयो भने त्यसको प्रत्यक्ष असर कलेजोमा पर्छ । मुटुको चालमा गडबडी आयो, रक्तचाप तल गयो भने पनि कलेजोमा असर पर्छ । त्यस्तै गरी कलेजोमा देखिने विभिन्न रोगका कारण पनि मुटुमा प्रत्यक्ष असर पर्छ । कसैलाई एकदमै तनाव भएको छ भने पनि मुटु सुन्निएको देखिन्छ , यो जापानिजहरले गरेकाृ विस्तृत अधययनबाट पनि प्रमाणित भएको छ । त्यसैले मुटु, मस्तिष्क र कलेजोको आपसमा गहिरो सम्बन्ध रहेको हुन्छ ।
मुटुका काम तथा विशेषतालाई बुँदागत रुपमा कसरी व्याख्या गर्न सकिन्छ ?
मुटुका काम तथा महत्त्वपूर्ण विशेषताहरुलाई यसरी व्याख्या गर्न सकिन्छ । जस्तो कि –
मुटु, चेतना र भावना ( Heart, sensation and emotio)ः कुने भावनामा परिवर्तन भयो भने मुटुको चालमा गडबडी देखिन्छ । रक्तचापमा असर देखिन्छ । पाचनक्रियामा असर पर्छ, श्वासप्रश्वास क्रियामा असर पर्छ ।
स्वाचालित स्नायु प्रणालीको सिम्प्याथेटिक स्नायु प्रणालीले उत्तेजना लिएर आउने गर्छ भने प्यारासिम्प्याथेटिक स्नायु प्रणाली शान्त बनाउने काम गर्छ ।
कुनै घट्ना हुँदा मुटुको स्वाचालित स्नायु प्रणाली र शारीरिक (physiological) प्रणाली एक–आपसमा सम्पर्क राखी मिलेर काम गर्ने गर्दछन् । यसरी काम गर्नुभन्दा अघि मस्तिष्कसँग पनि संयोजन गरिएको हुन्छ । हरेक धड्कनमा मुटुले मस्तिष्कमा विभिन्न सङ्केतहरु पठाइरहेकै हुन्छ । यस्तै गरी अरु अङ्गहरुमा पनि सङ्केत पुग्ने गर्दछ ।
मुटुको म्याग्नेटिक फिल्डः मस्तिष्कले उपलब्ध गर्नेभन्दा मुटुले उपलब्ध गर्ने म्याग्नेटिक फिल्ड बृहत् हुने गर्दछ । अक्सिटक्सिन हार्माेन मुटुले पनि बनाउँछ । मुटुमा बन्ने धेरै हार्माेनहरुल्े मुटुको चालमा असर पारिरहेका हुन्छन् ।
मनोवैज्ञानिक, शारीरिक, सुसङ्गतता ( Phsycho-physiological)ः
मुटुको लय मिलेको धड्कनका कारण मानिसको सकारात्मक सोचाइ, कुनै पनि निर्णय गर्ने क्षमता, स्वच्छ दिमाग, कुनै नयाँ काम गर्ने क्षमता, जोश–जाँगरजस्ता कैयौं अवस्था बनाउन मद्दत गर्दछ ।
यसले मस्तिष्कलाई पनि राम्रो काम गर्न प्रेरित गरिरहेको हुन्छ । त्यसैले मुटु एउटा संवेदनशील मायाको केन्द्र,आध्यात्मिकताको क्षमता भएको इन्टेलिजेन्सजस्तो काममा मद्दत पुर्याउने अङ्ग मानिन्छ ।
इन्ट्राकार्डियाक नर्भस सिस्टम ( Intracardiac nervous system)ः
यो अरु अङ्गमा हुदैन । मुटुको आफ्नै नर्भस सिस्टम अर्थात स्नायु प्रणाली हुन्छ । इन्ट्राकार्डियाक न्युरोनहरु सिम्प्याथेटिक र प्यारासिम्प्याथेटिक हुन्छन् । यिनले मुटुको चालदेखि अरु धेरै कुरामा असर पुर्याउने गदछन् ।
मुटुको आफ्नै क्षमताका कारणले गर्दा मूल मस्तिष्कसँग कुनै कारणवश सम्पर्क भएन भने पनि आफैँ करेन्ट निकालेर मुटुको धड्कनलाई केही समयसम्म चलाइराख्न सक्छ । मस्तिष्क मरिसकेको अवस्थामा पनि मुटु चलिरहन सक्नु यसको उदाहरण हो ।
कोहोरेन्स एन्ड सिंक्रोनाइजेसन (Coherence and synchronization)ः
मानिस मानसको बीचमा रहँदा, घुलमिल गर्दा, मुटु र मस्तिष्कको गतिविधिले पुनःम्याग्नेटिक फिल्ड बनाउँछ । त्यसले एक–आपसमा सम्बन्ध राख्न, नजिक आउन वा टाढा जान मद्दत गर्छ ।
कुनै समूहमा मिलेर काम गर्दा यो कुरामा अनुभव गरिहेको हुन्छ । कुनै समूहमा जाँदा कुरा मिलेको र कुनै समूहमा जाँदा कुरा नमिलेको हामीले अनुभव गरेको हुन्छौ । यस्तै कारणले समूह–उपसमूहहरु बन्छन् । समूहमा बसेर गरेका कामका अनुभवहरु, इच्छा–आकाङ्क्षा, सचेतना, भावनात्मक निर्णय गर्ने क्षमता आदिको कारणले गर्दा मुटु रगत पम्प गर्ने अङ्ग मात्र होइन रहेछ भनेर बुझिन्छ । त्यस कारण मुटु एउटा विशेष अङ्ग हो ।
मस्तिष्कले भन्दा केन्द्रीय काम मुटुले गर्छ । अरु अङ्गसँग सम्पर्क बनाउँछ । मुटुले आफ्नो वरिपरी बलियो इलेक्ट्रिक म्याग्नेटिक फिल्ड बनाउँछ । साथै हार्माेनद्वार इलेक्ट्रो म्याग्नेटिक फिल्ड तथा आफ्ना न्युरोनहरुमार्फत अरु अङ्गहरुसँग सधैं सम्पर्क राखिरहेको हुन्छ ।
मुटुको इलेक्ट्रो म्याग्नेटिक फिल्ड अरुको भन्दा बलियो र ठूलो हुन्छ । यो फिल्डको कारणले मानिस–मानिसका बीच विनारशारीरिक सम्पर्क पनि राम्रो या नराम्रो, मन पर्ने वा नपर्ने अनुभव गर्न सकिन्छ । मुटु शरीरको एउटा बलियो तथा मुख्य अङ्ग भनेर चिनिएको छ ।
मानिसको शरीरको जुनसुकै भागबाट पनि मुटुको इलेक्ट्रो म्याग्नेटिक फिल्डलाई ईसीजीबाट हेर्न सकिन्छ । इलेक्ट्रो म्याग्नेटिक फिल्डको मुख्य स्रोत नै मुटु हो । मानव शरीरको हरेक कोष म्याग्नेटिक फोर्सले घेरिएको हुन्छ । शरीरबाट निस्कने इम्पल्सहरु कुनै खास लयमा हुन्छन् । मुटुले रगत पम्प गर्दा रगतमार्फत हार्माेनहरु पनि पठाइरहेको हुन्छन् । यी हार्माेनहरु पनि निर्धारित लयमा नै फैलिएका हुन्छन् ।
मुटुको हरेक धड्कनमा निस्कने रगतसँगै विभिन्न हार्माेनहरु पनि निस्किरहेका हुन्छन् र हार्माैनको विशेषताअनुसार मानिसको व्यवहारमा परिवर्तन आउँछ । मुटुले लयबद्ध ढङ्गले हार्माेन, भावना र सूचनाहरु मानिसको शरीर र वरिपरि पनि पठाइरहेको हुन्छन् ।
मुटुको धड्कन लयबद्ध हुने भएकाले सोच्न क्षमता –व्यवहार पनि लयबद्ध हुने हुन्छ । अर्काे रोचक कुरा के छ भने, आमाको मस्तिष्कका तरङ्गहरुसँग गर्भे शिशुको मुटुको धड्कनको लय मिलिरहेको हुन्छ ।
आमाका् मस्तिष्क र बच्चाकाृे मुटुको म्याग्नेटिक फिल्डको सम्पर्क भइरहेको हुन्छ । आमाको मस्तिष्कबाट निस्कने तरङ्गहरुको प्रभाव बच्चामा मात्र नभएर वरिपरि पनि परिरहेको हुन्छ र स्वाभवमा परिवर्तन आउँछ । यस्तो विशेषता मुटुमा मात्र हुन्छ, अरु अङ्गमा हुँदैन ।
प्रश्न – घिउ, तेलजस्ता चिल्लो पदार्थ स्वास्थ्यका लागि खानैपर्ने हो कि नखाँदा पनि हुन्छ ?
हुन त आजभोलि केही अध्ययनहरुमा चिल्लोभन्दा कार्बाेहाइड्रट नराम्रो भन्ने कुरा आएको छ । त्यस कारणले पनि कलेस्टेरोल मात्र जाँचेर हुँदैन, लिपोप्रोटिन ए र एपो बी जचाँउनुपर्ने कुरा पनि आएका छन् ।
तर चिल्लो पदार्थ जति कम खायो त्यति राम्रो हो । शरीरलाइृ चिल्लो नभई पनि हुँदैन । मस्तिष्क स्वास्थ्यका लागि चिल्लो ज्यादै महत्त्वपूर्ण छ । चिल्लोले तागत दिन्छ । शरीरलाई न्यानो बनाउन, हार्माेन बनाउनका लागि चिल्लोकाृ आवश्यकता हुन्छ ।
यस्तै गरी भिटामिन शरीरमा मिलाउन लागि अनि कपाल, छालाको लागि पनि चिल्लो वस्तु खानु आवश्यक हुन्छ तर कम मात्रामा खानुपर्छ । सकेसम्म राम्रो चिल्लाृे समूहमा पर्ने चिल्लो खान सके राम्रो हुन्छ ।
आजसम्म भएका अध्ययन र अनुभवमा चिल्लोलाई राम्रो र नराम्रो भनेर छुट्याइएको छ । राम्रो चिल्लोमा ओलिभ आयल, एभोकाडो आयल, ओमेगा फ्याटी एसिड –क्याप्सुल नबनाएको)पर्छन् । भने अरु घीउ,तेल, नौनी,बटर, चिज, बाक्लो दुध आदि खराब चिल्लोमा पर्छन् ।
प्रश्न – शरीरको तौल र कलेस्टेरोलको कुनै सम्बन्ध छ कि छैन ?
ज्यादा वजन भएको अवस्थामा ज्यादा एलडीएल अर्थात् खराब कलेस्टेरोल बढी हुनु, ट्राइग्लिसेराइड बढी हुनु र फ्याटी लिभर हुनु नै हो भन्ने बुझिन्छ । भनिन्छ, शरीरको उचाइको तुलनामा १० पाउन्ड (करिब ४.५३ किलोग्राम) तौल ज्यादा भयो भने १० मिलिग्राम कलेस्टेरोल बढ्छ र यस कारण तौल र कलेस्टेरोलको सिधा सम्बन्ध हुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij