२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अब गाऊँमै केही गरौं

अब गाऊँमै केही गरौं

– हेमचन्द्र पोखरेल

लकडाउन बढ्दै गर्दा धेरैलाई चिन्ता पनि बढ्दै गएको छ । आम्दानीको स्रोत बन्द भयो सहरको कोठा भाडा कसरी तिर्ने ? बालबच्चाको बोडिङको महङ्गाे शुल्क कसरी तिर्ने ? अन्य खर्च पनि धेरै छन् । आउँदा दिनका आर्थिक भार कसरी थेग्ने ? व्यापार गर्ने, वैदेशिक वा आन्तरिक रोजगार पाउने तत्काल कुनै सम्भावना छैन ।
अस्थायी बसाई सरी गाउँ छोड्नेको हकमा यी र यस्ता धेरै प्रश्नहरु यतिबेला उब्जिएका छन् । यि र यस्ता समस्याका वैकल्पिक उपायहरु खोजी गरौं ।

  •   सरकारले प्रत्येक वर्ष शिक्षा क्षेत्रमा धेरै लगानी गरिरहेको छ र प्रत्येक स्थानीय तहका प्राय सबै वडामा कम्तिमा एउटा उच्च मावि सम्मको सार्बजनिक स्कुल संचालन गरेको छ । प्रत्येक टोलमा कच्ची मोटरबाटो सम्म निर्माण भएका छन जसका कारण सार्वजनिक स्कुलमा स्कुल बस संचालन गर्न सकिन्छ । स्कुल र विद्यार्थी प्रति अभिभावक र स्थानीय तहले समय-समयमा चासो दिने हो भने शिक्षाको गुणस्तर सार्बजनिक स्कुलमा राम्रो हुनेछ र शिक्षाको नाममा तिरेको महँगो रकम पनि जोगिनेछ ।
  • फलफूल तथा तरकारीमा अत्याधिक विसादीको प्रयोग हुने गरेका समाचार हामीले विभिन्न समचारको माध्यमबाट सुन्ने, पढ्ने गरेका छौं । यस्ता फलफूल तथा तरकारी महँगोमा खरिद गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर त्यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । आफ्नै गाऊँमा अर्गानिक तरकारी फलाउने, बारिमा खेर गईरहेका आरु, नास्पाति, सुन्तला खाने मात्र हो भने स्वास्थ्य र धन दुवै बचाउन सकिन्छ ।
  •  आम्दानीको करिब आधा रकम कोठा भाडामा खर्च भईरहेको अवस्था छ । त्यसमा पनि खोजेको समयमा कोठा पाईंदैन, पानीको समस्या छ । गाऊँमा बस्दा आफ्नो घर-सम्पत्तिको स्याहार हुने र धन पनि बच्ने ।
  •  गाऊँको बाँझो जमिनमा व्यवसायिक रुपमा पशुपालन तथा कृषि खेती गरी रोजगारी सृजना गर्न सकिन्छ । समुह, सहकारीमा आवद्ध भएर यी काम गर्न सकियो भने बजारको पहुँच सहज रुपमा हुने देखिन्छ । सरकारले २०७७।७८ को नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकताका साथ राखेको छ ।
  • स्थानिय तहले कृषि क्षेत्रमा रोजगार सृजना गर्ने नीति अनुरुप युवाहरुलाई विभिन्न तालिम, अनुदान आदिको व्यबस्था गरेको पाईन्छ तसर्थ आफ्नै गाऊँ ठाउॅमा आफ्नो लागि आफैं रोजगार सृजना गर्न सकिन्छ ।
  •  स्थानिय चुनाव पछि गाऊँमा चहलपहल बढेको छ । स्वास्थ्य, यातायात, सन्चार, ईन्टरनेट आदिको पहुँच बढेको छ । अहिलेका यस्ता विश्व महामारिको अवस्थाबाट बच्न पनि सहर बजार भन्दा गाऊँ नै तुलनात्मक रुपमा सहज देखिएको छ । दुरी कायमको ढृष्टिकोणले पनि गाऊँ प्रभावकारी देखिन्छ ।

(लेखक पूर्व कृषि मन्त्रीका स्वकिय सचिव हुन् )

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij