यो संकटको घडीमा ग्यास अभाव हुन नदिन नेपाल आयल निगम र सम्बन्धित मन्त्रालय निरन्तर लागिपरिरहेको छ । यसलाई सहज र व्यवस्थित बनाउन विभिन्न जोखिमको वावजुद पनि ग्यास उद्योगी र बिक्रेताहरु त्यत्तिकै जिम्मेवारपूर्वक काममा खटिइरहेका छन् । बजारमा ग्यास अभाव नहुनुमा ग्यास विक्रेताहरुको महत्त्वपूर्ण भुमिका छ ।
यसै परिपेक्ष्यमा ‘ग्यास बिक्रेता महासंघ नेपाल’का वरिष्ठ उपाध्यक्ष चन्द्र थापा संग ग्यास को बर्तमान अवस्था, विक्रेताहरु लाई परेको समस्या र राज्यको भूमिका विषयमा गरिएको कुराकानीको क्रममा यसो भन्छन् वरिष्ठ उपाध्यक्ष थापा-
सुरक्षित कारोबारमा जोड दिउँ
‘कोरोना संक्रमण दिनदिनै बढिरहेको छ । वर्तमान परिस्थिति हामी सबैको लागि संकटको घडी हो । यस्तो अवस्थामा हामी सबैले सावधानी अपनाउनु जरुरी छ । विगतमा ग्यास डिलरबाट डेलिभरी गर्ने मजदूर अथवा डिलर स्वयमले उपभोक्ता को भान्सा–भान्सामा ग्यास पुर्याईदिने व्यवस्था थियो । तर अहिले मुलुक कोरोना सक्रमणका कारण कठिन मोडमा छ । यस्तो अवस्थामा ग्यास सिलिन्डर भान्सा मै पुर्याउन जादा संक्रमण को डर हुन सक्छ । जसले गर्दा संक्रमण नियन्त्रणमा नआउन्जेल सम्म उपभोक्ता आफैंले डिलरमा गएर ग्यास ल्याउने अथवा डेलिभरी गर्नै पर्ने भएमा घरको गेट बाहिरसम्म मात्र पुर्याउने व्यवस्था गर्नु उपयुक्त हुनेछ ।
उपभोक्तालाई खाली सिलिण्डर र खुद्रा पैसा समेत मिलाएर गेट बाहिरै ल्याइदिएर सहयोग गर्नुहुन हामी अनुरोध गर्दछौं । यस क्रममा दुवैतर्फबाट सावधानीपूर्वक सामाजिक दूरीलाई कायम गर्नु आवश्यक रहन्छ । यसैगरी विक्रेता र उपभोक्ता दुवैले मास्क र पञ्जा समेत अनिवार्य लगाउँदै काम गरेको खण्डमा संक्रमणबाट थप सुरक्षित हुने हाम्रो बुझाई र सुझाव छ ।
चन्द्र थापा
हाम्रो प्रतिबद्धताः
यस संकटको घडीमा डिलरमा ग्यास आए सम्म र लक डाउन को पुर्ण पालना गर्दै पसल खोल्न मिले सम्म उपभोक्ताको चुल्हो निभ्न दिने छैनौं,यो हामी सबै ग्यास बिक्रेताहरुको सामुहिक प्रतिबद्धता हो । उपभोक्ता भनेको जुनकुनै व्यवसायी को लागि भगवान सरह नै हुन्छ ,यदि उपभोक्ताले खरिद गरिदिनु भए मात्रै व्यवशाय चल्ने हुन्छ । संपूर्ण उपभोक्ता महानुभावहरु लाई सामाजिक दूरीलाई कायम गरी डिलरमा भीडभाड नगरिकन पालो पर्खिएर ग्यास लिनको लागि हामी अनुरोध गर्दछौं । जसमा उपभोक्ता र बिक्रेता दुवैले माक्स र पञ्जा लगाएर विशेष सावधानी अपनाएर काम काम गरिदिन अनुरोध गर्दछौं ।
ग्यास पसलमा भीडभाड नगरीदिन महासंघको अनुरोधः
यति भन्दा भन्दै पनि कतिपय अवस्थामा उपभोक्ताहरुको डिलरमा हुने गरेको भीडभाडलाई न्यूनीकरण गर्दै सुरक्षित तवरले सेवाप्रवाहको लागि हामी अनुरोध गर्दछौं । कतिपय अवस्थामा उपभोक्ताबाट हुने भीडभाडले सुरक्षाकर्मीको आक्रोश समेत बिक्रेतामा पर्ने हुन सक्छ । यस प्रति समेत विक्रेता साथीहरुलाई संयमित भएर सावधानीपूर्वक ग्यासको विक्रीवितरण गर्नु हुन देशैभरिका ग्यास विक्रेता साथीहरुलाई महासंघ मार्फत अनुरोध गर्दछौं ।
ग्यास व्यवसायी र कर्मचारीको कोरोना परीक्षण जरुरीः
ग्यास विक्रेता र ग्यास डेलिभरी गर्ने मजदूर सडक किनाराको पसलमा बसी उपभोक्ता को आमुन्ने सामुन्ने रहेर काम गर्नुपर्ने र घरघरमा ग्यासको डेलिभरी गर्नुपर्ने हुँदा संक्रमणको बढी संभावना हुन सक्छ ।
यसलाई ख्याल राख्दै गुणस्तरीय माक्स र पन्जा को व्यवस्था गरिदिन नेपाल आयल निगम र संबंधित ग्यास उधोग लाई पुन: अनुरोध गर्दछौं र साथै सरकारबाट गरिएका कोरोना संबंधी परिक्षण हरुमा आरडिटी र पिसिआर जस्ता परीक्षणहरु सक्रमण देखिएका स्थान नजिकका ग्यास विक्रेता र डेलिभरी गर्ने मजदूरलाई अनिवार्य गरिदिन सम्बन्धित निकायहरुमा जोडदार माग गर्दछौं ।
स्मरण रहोस्,यदि टोलमा रहेको एउटा ग्यास विक्रेता अथवा ग्यास डेलिभरी गर्ने मजदूरलाई संक्रमण भयो भने त्यसबाट सृजना हुने अवस्था निकै भयावह हुन सक्छ ।
व्यवस्थित ग्यास कारोबारमा हाम्रो ऐक्यवद्धता-
महासंघ अहिले ग्यास कारोबारलाई व्यवस्थित गर्नको लागि सरकारबाट अध्ययन भइरहेको बिक्रेता प्रमाणिकरण अभियानलाई सार्थक बनाउन निरन्तर प्रयाशरत छ । व्यवस्थित र आत्मनिर्भर ग्यास कारोबार का लागि हामी ग्यास व्यवशायीहरु एक्यवद्ध भएर काम गरिरहेका छाै साथै अत्यन्तै प्रज्वलनशिल पदार्थ एलपी ग्यासको प्रयोग गर्दा विशेष सावधानी अपनाउन समेत उपभोक्ताहरुलाई विशेष अनुरोध गर्दछौं ।
अन्त्यमाः
अहिलेको कोरोना महामारी का कारण उत्पन्न संकटको घडीमा नेपाल सरकार, राजनीतिक दल र जनता हामी एकजुट भएर कोरोनाको विरुद्धमा अघी बढौं । कोरोना सक्रमण बाट बाच्न र बचाउन सरकार बाट गरिएको लकडाउन को पुर्ण पालना गराै, मुलुकमा उत्पन्न हरेक खाले समस्याको समाधान फुटेर हैन जुटेर समाधान गर्ने प्रयत्न गराै । आफू पनि सुरक्षित रहौं अरुलाई पनि सुरक्षित गराउँ । यसैमा नै सबैको कल्याण हुनेछ । व्यवसायी चन्द्र थापाकाे धारणा छ ।