२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

समस्यै समस्यामा डेरी व्यवसाय, उद्याेग चलाउँदा बढ्दाे घाटा

समस्यै समस्यामा डेरी व्यवसाय, उद्याेग चलाउँदा बढ्दाे घाटा

प्रल्हाद दाहाल, महासचिव, नेपाल डेरी एसाेसिएसन

नेपालमा डेरी क्षेत्रको अवस्था समय अनुसार बेला बेला फरक पर्ने गर्दछ । तर झन अहिले त विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण डेरी क्षेत्र पनि आक्रान्त छ । बाहिरबाट हेर्दा डेरी अति आवश्यक कुरा भित्र परेका कारण चलिरहेको छ तर यसभित्र आफ्नै समस्या छ । यसमा सबै कुरा ठिक छ भन्ने लाग्न सक्छ तर अहिले डेरी क्षेत्र चलेर पनि समस्यामा छ । नचल्दा एकातिर मात्र घाटा हुनेथ्यो भने चल्दा दोब्बर घाटा भएको छ ।

दुधको बारे तपाईं हामी सबैलाई थाहा नै छ । यो अति नै संवेदनशिल छ । यसको आयु छोटो हुन्छ । आजको आजै विक्री नभएर वा चिसोमा राख्न नसक्दा तुरुन्त बिग्रिहाल्छ । अहिले डेरी क्षेत्र अत्यन्त अप्ठ्यारो अवस्थामा छ । गाउँ–गाउँबाट संकलन गर्न नै समस्या, बाटोमा ल्याउन त्यस्तै, त्यसपछि कामदारको आगमन सहज नहुँदा उद्योगमा अर्को समस्या छ भने बल्लबल्ल उत्पादन गर्यो, बजारमा पुर्याउनै समस्या, पुर्यायो जम्मा ३ घण्टा बेचेर सबै सामान बिक्री हुन पाउँदैन र बिग्रन गइ फाल्नुपर्दा नाफा त कता हो कता उल्टो सावाँ नै घाटा लाग्नाले बरु बन्द भएको राम्रो भन्ने भएको छ ।

विक्री नभई बचेको सामान कहाँ राख्ने ? के गर्ने ? अर्को समस्या, बेच्यो पैसा उठाउन समस्या भएका कारण डेरी क्षेत्र चलेर पनि दोब्बर घाटामा छ । डेरीमा यो समय भनेको दुध नपुगेर जाडो महिनामा दुध बढि हुँदा बनाएर राखेको धुलो दुधको प्रयोग गर्ने समय हो । तर यहाँ त त्यो धुलो दुध प्रयोग त कहाँ हो कहाँ, नबिकेको दुधको थप धुलो दुध बनाएर थप पीडा भोग्नु परेको छ । जसको कारण डेरी उद्योगको चालु पुँजी जति धुलो दुध र धुलो बनाउँदा निस्केको बटरमा स्टक भएर बसेको छ । यो धुलो दुध र बटरको लाइफ पनि बढिमा १ वर्ष हुने भएकोले अघिल्लो वर्ष बनाएको धुलो दुधको लाइफ पनि सकिन लागिसक्यो । पोहोर सालको धुलो दुध फाल्दाको करोडौं रुपैयाँको घाटा कहाँ, कसरी, कसले जिम्मा लिने हो भन्ने ठूलो चिन्ता अहिले डेरी उद्योगीहरुलाई परेको छ । यो विषयमा गम्भिर भएर सोच्नु पर्ने बेला आएको छ ।

जम्मा ३ घण्टा बेचेर सबै सामान बिक्री हुन पाउँदैन र बिग्रन गइ फाल्नुपर्दा नाफा त कता हो कता उल्टो सावाँ नै घाटा लाग्नाले बरु बन्द भएको राम्रो भन्ने भएको छ । विक्री नभई बचेको सामान कहाँ राख्ने ? के गर्ने ? अर्को समस्या, बेच्यो पैसा उठाउन समस्या भएका कारण डेरी क्षेत्र चलेर पनि दोब्बर घाटामा छ ।

जम्मा डेरी क्षेत्रमा ३० अर्व निजी क्षेत्रको लगानी छ भने अहिले कोरोनाको महामारीका कारण करीब आज सम्म ३ अर्बको नोक्सान, धुलो दुध र बटर गरेर करीब १० अर्बको सामान स्टक छ । यदि यो स्टक सामान यो सिजनमा प्रयोग गर्न नसकिने हो भने खेर जानेछ । यसरी यस्तो अवस्था रहिरहने हो भने अब डेरी क्षेत्रमा ठूलो असर पर्ने देखिन्छ ।

यस क्षेत्रबाट अहिले ५ लाख कृषक परिवार आश्रित, २० हजारलाई प्रत्यक्ष रुपमा उद्योग क्षेत्रमा र १० हजार अप्रत्यक्ष रुपमा रोजगारी श्रृजना भएको छ । दैनिक रुपमा उत्पादित ६२ लाख लिटर दुध मध्ये बजारमा बिक्री हुने आधा ३१ लाख लिटर दुधबाट दैनिक ५ करोड शहरबाट गाउँसम्म जान्छ ।

यस क्षेत्रबाट अहिले ५ लाख कृषक परिवार आश्रित, २० हजारलाई प्रत्यक्ष रुपमा उद्योग क्षेत्रमा र १० हजार अप्रत्यक्ष रुपमा रोजगारी श्रृजना भएको छ । दैनिक रुपमा उत्पादित ६२ लाख लिटर दुध मध्ये बजारमा बिक्री हुने आधा ३१ लाख लिटर दुधबाट दैनिक ५ करोड शहरबाट गाउँसम्म जान्छ । जुन रकमबाट गाउँघरमा आम किसानको अप्ठ्यारो परेको बेला गर्जो टरेको हुन्छ । यस्तो महत्वपूर्ण क्षेत्रको अब राज्यले बेलैमा सोचेर थप योजना नबनाउने हो भने यो पेशा धराप भई लाखौं किसान पलायन भई ८० प्रतिशत आत्मनिर्भर भइसकेको र बाँकी नपुग २० प्रतिशत चाँडै आत्मर्निभर हुनु त कता हो कता झन तल झर्न गइ समग्र डेरी क्षेत्र नै समस्याग्रस्त हुनेछ । यो क्षेत्रलाई राम्रोसँग लैजान सक्ने हो भने महामारीका कारण सृजना हुने आर्थिक संकट समेत केहि मात्रामा कमी गराउन सघाउ पुग्ने देखिन्छ ।

यसको लागि सरकारले यो क्षेत्र बचाउनको लागि निम्नानुसार कार्य गर्नुपर्ने हुन्छ ।
१.स्टक सामान बराबरको रकम शुन्य प्रतिशतमा ऋण प्रदान गर्ने ।
२.समस्यामा भएका उद्योगीहरुलाई सुलभ तरिकाले ऋणको व्यवस्था गर्ने ।
३.बैंकमा ऋण भएका उद्योगीहरुलाई सुलभ ऋणमा परिणत गर्ने ।
४.छुट दिईंदै आएको ५० प्रतिशत भ्याट छुटको पुनः व्यवस्था गर्ने ।
५.तत्कालका लागि डेरी क्षेत्रको सामान विक्रीवितरण गर्न विहान बेलुका दुबै समय सामान बेच्ने व्यवस्था मिलाउनुपर्ने ।
६.हालसम्म डेरी क्षेत्रमा करीब ३ अर्व घाटा भएको छ र यो क्रम अझ बढ्दो छ, त्यस कारण यो कुरालाई पनि सम्बोधन हुने गरि योजना ल्याईनुपर्यो ।
७.उद्योगहरु स्टक सामान र घाटाका कारण समस्यामा परेकाले तलब, घरभाडा, बैंक व्याज आदिमा खर्च धान्न धौधौ परेका छन् । त्यसको पनि बेलैमा सम्बोधन हुनु पर्ने ।
८.पलायन हुन लागेका किसानलाई बेलैमा बिशेष राहत प्याकेज ल्याई सम्बोधन गरिनुपर्ने ।
९.महामारीको अन्त्यपछि यस पेशामा आउन चाहनेका लागि नयाँ योजना ल्याइनुपर्ने ।
१०.अब महामारीपछि विदेशी आयातित सामानसँग प्रतिष्पर्धा गर्न सक्ने गरि लागत कम गराउने योजना ल्याइनुपर्ने ।
११.वर्तमान समयमा स्टक रहेका सामान बिक्री गराउन र बजार बिस्तार गर्न आयातित सामान तत्काल बन्द गराउनुपर्ने ।

नेपालमा यदि डेरी क्षेत्रको राम्रोसँग प्रवर्द्धन गर्न सक्ने हो भने अब श्रृजना हुने बेरोजगारको केहि समस्या हल गर्न सकिनेछ । यो महामारीका कारण नेपाल फर्कन करीब २०-२५ लाख मध्ये केहि मानिसहरुलाई अहिले २० प्रतिशत नपुग दुधको पुर्ती गराउनेतर्फ लक्षित योजना ल्याउनुपर्यो । यो क्षेत्रको प्रवर्द्धन गर्दा सँगसँगै खेतीपातीको पनि प्रवर्द्धन हुन गई २ खर्बको खाद्यान्न आयात भईरहेकोमा केहि मात्रामा भए पनि कमि गर्न सकिन्छ ।

दुध उत्पादनका लागि पालिने पशुबाट उत्पादित गोबर मलले राज्यले अगाडि बढाएको अर्गानिक खेतीलाई समेत सहयोग पुग्न जानेछ । यो सँगसँगै पशु आहारका लागि बोटबिरुवा रोप्ने, खेतिपाती गर्ने गर्नाले खाद्यान्नको पुर्तिसंँगै वातावरण समेत राम्रो हुनेछ । त्यसकारण सरकारले बेलैमा सोचेर यो क्षेत्रको हितका लागि तत्काल कार्यक्रमहरु ल्याई अगाडि बढ्दा राम्रो देखिन्छ । अन्यथा यो क्षेत्रको डुवानसँगै राज्यले पनि क्षति झेल्नु पर्नेहुन्छ ।

अन्त्यमा

अब साँच्चै देशको विकास गर्ने हो भने पहिलो स्थान कृषि क्षेत्रको हुनेछ । त्यस माथि पनि कुल ग्राहस्थ उत्पादनमा ९ प्रतिशत ओगटेको दुध क्षेत्रलाई अग्र स्थानमा राखि अगाडि बढेमा यसबाट लाभ लिन सकिने सम्भावना देखिन्छ । यसको लागि हामी सरोकारवाला सबै मिलेर सरकारलाई आवश्यक राय सुझव दिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij