काठमाडौं । इन्टरनेट सेवा प्रदायकले महशुल भुक्तानी हुन बाँकी ग्राहकको लाइन नकाट्न नेपाल दूरसञ्चार प्राधिकरणको कार्यान्वयन नगर्ने भएका छन् । 
सेवा प्रदायकहरुले आफूले ग्राहकसँग शुल्क नउठाए पनि आफूभन्दा माथिका सेवा प्रदायकलाई आफूले नियाित भुक्तानी गर्नुपर्ने भन्दै एशोसिएसनले यस्तो सबै ग्राहकलाई त्यस्तो सुविधा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको हो ।
विषम परिस्थितिमा पनि इन्टरनेट सेवा सुचारु राख्नुपर्ने अवस्था रहेको र इन्टरनेटको खपत बढ्दा सेवा प्रदायकहरुको आर्थिक भार थपिँदै गएको समेत उसको दाबी छ । एशोसिएसनले अहिले सबै सेवा प्रदायकहरु डिजिटल भुक्तानीमा जोडिइसकेको दाबी गर्दै ग्राहकलाई आफ्नो महशुल अनलाइनबाट समयमै तिर्न सक्ने विकल्प सुझाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij