२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

एनसेलको नयाँ अफर : सस्तो दरमा अनलिमिटेड डेटा र भ्वाइस प्याक उपलब्ध

एनसेलको नयाँ अफर : सस्तो दरमा अनलिमिटेड डेटा र भ्वाइस प्याक उपलब्ध

काठमाण्डौ, ४ बैशाखः  एनसेलले आफ्ना ग्राहकहरूका लागि सुलभ दरमा अनलिमिटेड भ्वाइस र डेटा सेवा उपलब्ध गराउने विभिन्न नयाँ प्याकहरू सार्वजनिक गरेको छ। दिनको ३० रुपैयाँभन्दा कम खर्चमा पनि अनलिमिटेड सेवा लिन सकिने सुविधा यस पटकको अफरको मुख्य आकर्षण हो।

भ्वाइस प्याकहरूमा, एनसेलले ३९ रुपैयाँदेखि ५९९ रुपैयाँसम्मका ६ नयाँ विकल्प ल्याएको छ। विशेषगरी, ७ दिनको लागि १९८ रुपैयाँमा उपलब्ध “अल नेपाल अनलिमिटेड” प्याक अन्तर्गत ग्राहकहरूले दैनिक औसत २८.३ रुपैयाँमै देशभर अनलिमिटेड कल गर्न सक्छन्।

एनसेल नेटवर्कभित्रै अनलिमिटेड कल गर्न चाहनेका लागि ५० रुपैयाँमा ३ दिनको “डे अन नेट” प्याक पनि उपलब्ध छ। यस्तै, ५९९ रुपैयाँमा ग्राहकहरूले ८४ दिनसम्म ९९९ मिनेट अन्य सबै नेपाली नेटवर्कमा कल गर्न सकिने सुविधा पनि लिएका छन्।

भारतमा नियमित सम्पर्क राख्ने उपभोक्तालाई ध्यानमा राख्दै, कम्पनीले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य हुने “आइएलडी प्याक” सार्वजनिक गरेको छ। यस प्याकले भारतमा प्रतिमिनेट २.९९ रुपैयाँमा कल गर्न मिल्ने सुविधा दिन्छ, जुन वर्तमान शुल्कभन्दा २५% सस्तो हो।

मोबाइल डेटा प्रयोगकर्ता लक्षित गरी एनसेलले दुई लोकप्रिय डेटा प्याक ल्याएको छ। पहिलो प्याक ९९ रुपैयाँमा ३ दिनको लागि अनलिमिटेड डेटा उपलब्ध गराउँछ। दोस्रो प्याक भने २,४९९ रुपैयाँमा ८४ दिनसम्म अनलिमिटेड डेटा प्रदान गर्छ, जसको प्रति दिन खर्च २९.८ रुपैयाँ मात्रै पर्छ।

यसबाहेक, “सधैं अन” प्याक अन्तर्गत १,९९९ रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध गराइएको छ। यस्तै, १,१९९ रुपैयाँमा ८४ दिनका लागि २५ जीबी डेटा, ९९ एसएमएस र १,१९९ मिनेटको टक टाइम सहितको प्याक पनि जारी गरिएको छ। यी प्याकहरू ग्राहकहरूले *1233# डायल गरेर, एनसेल एप प्रयोग गरी वा नजिकको एनसेल स्टोर वा सेवा केन्द्रमा गई खरिद गर्न सक्छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij