२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

दिगाे संरचना निर्माण र आर्किटेक्टको भूमिका

दिगाे संरचना निर्माण र आर्किटेक्टको भूमिका

आर्किटेक्ट अरुणदेव पन्त- प्रबन्ध निर्देशक डिजाइन सेल प्रा.लि

कुनै प्रोजेक्ट निर्माण गर्ने क्रममा उक्त प्राेजेक्ट कस्ट इफेक्टिभ र फाइनान्सियल सक्सेस हुनुपर्छ भन्ने कुरामा आर्किटेक्ट सदैव सचेत रहनुपर्छ । जसबाट उक्त प्रोजेक्टको डिजाइनले लगानीकर्ताको लगानी पनि उठ्ने र त्यस क्षेत्रको प्रवद्र्धनमा पनि सहयोग पुग्ने अवस्था सृजना हुन सकोस् । कुनै ठूलो प्रोजेक्ट निर्माण गर्दा लगानीको प्रतिफलमा मात्रै केन्द्रित हुने हो भने त्यसले उक्त शहर नै कुरुप हुन सक्छ, सोहीकारण शहरको संरचना नबिग्रने गरी सहर प्रोजेक्ट निर्माण गर्नु जरुरी रहन्छ । यसको लागि सन्तुलन कायम राख्नु जरुरी रहन्छ ।

दिगो सोचले निर्माण गरिएका चन्द्रागिरी र सिभिल होम फेज थ्रि
नेपालको राजधानी शहर नजिकै रहेको चन्द्रागिरी डाँडोमा निर्माण भएका चन्द्रागिरी केवलकार तथा चन्द्रागिरी रिसोर्ट अहिले निकै चर्चामा छन् । अहिले चन्द्रागिरी क्षेत्र धार्मिक एवं पर्यटकीय महत्वको हिसाबले निकै नै चर्चामा छ । हरेक प्रोजेक्टको आफ्नै अलग पहिचान हुनुपर्छ भन्नेमा केन्द्रित रहेर सोहीबमोजिम उत्कृष्टता प्रदान गर्ने कार्यमा आफूहरुले काम गर्दै आएको कारण चन्द्रागिरीले नेपाललाई चिनाउन सफल भइसकेको छ । यसरी नै सिभिल होम्स अन्तरगतको सुनाकोठीको फेज ३ को डिजाइन कार्य यसै डिजाइन सेलले नै गरेको हो । जुन प्र्रोजेक्ट सबैजसो मानिसहरुले रुचाइएको प्रोजेक्ट बन्न सक्यो । सिभिल होम्सका घरहरु भन्ने नारामा प्रचार गरिएको उक्त प्रोजेक्ट पनि निकै सफल प्रोजेक्टको रुपमा लिइन्छ । यी दुवै प्रोजेक्टले राम्रो मुनाफा समेत दिन सके । आफूहरुले डिजाइन गर्दा त्यसबाट लगानीकर्ताको हितमा सोचेर काम गर्ने भएको कारण हरेक प्रोजेक्टले राम्रो सफलता पाइरहेको र यसमा नै आफूहरुलाई गर्व लाग्ने आर्किटेक्ट अरुणदेव पन्त बताउनुहुन्छ ।

नेपाल आफैंमा पुरानो कलाले सम्पन्न मुलुक मानिन्छ । हाम्रो आर्किटेक्टरको इतिहास मल्लकाल देखि नै विकास भएको पाइन्छ । काठमाडौंमा पहिले जुन वास्तुकलामा आधारित संरचनाहरु निर्माण भएका थिए, ती संरचनाहरुको महत्व आधुनिकताको अभ्यासको नाममा ओझेलमा परेका छन् । हामीले ती पुराना कलालाई समेत संलग्न गराउँदै हाम्रा भवनहरु निर्माण गर्ने हो भने हामीले हाम्रो शहरलाई नै सुन्दर र व्यवस्थित समेत बनाउन सक्थ्यौं । तर आधुनिक अभ्यासमा पुराना संरचनामा कुनै ध्यानै नदिई बाहिर विकास भएका प्रविधिहरु नेपालमा भित्र्याउनेमा अहिलेका आर्किटेक्ट एवं इन्जिनियरहरु केन्द्रित भएको कारण अहिले हाम्रो मौलिक पहिचान हराएको छ ।

संरचनाको डिजाइनले नै बढाउँछ व्यवसाय 
नयाँ भवन निर्माणको क्रममा आफूले कसरी त्यसलाई उत्कृष्टता दिन सकिन्छ भन्नेमा सचेत रहेर काम गर्ने क्रममा ठूला भवनहरु बनाएर मात्र राम्रो कारोवार गर्न सकिने नभई सानै भएपनि आकर्षित संरचना निर्माणबाट राम्रो तवरले व्यवसाय प्र्रवद्र्धन गर्न सकिने अनुभव समेत पन्त सहितको टीमले सङ्गालेको छ । यसको राम्रो उदाहरण हो पोखराको २ तले टेम्पल ट्रि रिसोर्ट । यद्यपि पोखरा क्षेत्रमा नै पनि कतिपय होटलको लागि बनेका भवनहरु नियम विपरित ठूलो संरचनामा बनेपनि ती होटलले २ तले टेम्पल ट्रीको तुलनामा कमै मात्र व्यापार गर्न सकेको पाइन्छ ।

सेवाग्राहीले यस्ता कुरामा पनि विचार गर्नुपर्छ 
कुनै संरचना निर्माण गर्ने क्रममा आफ्नो अनुकुलता अनुसार ती भवनहरु निर्माण गर्नु जरुरी रहन्छ । अरुले निर्माण गरेको देखेर सोहीबमोजिमको डिजाइनमा नै वा आधुनिक वा परम्परागत, यस्तै र यही संरचनामा भवन निर्माण गर्नुपर्छ भन्ने हुँदैन । ठाउँ र परिस्थिति बमोजिम कस्ता संरचना निर्माण गर्ने भन्ने कुरामा आर्किटेक्टले उपयुक्त निर्णय लिई सोही बमोजिम परामर्श दिन सकेको खण्डमा राम्रा संरचना निर्माण गर्न सकिन्छ ।
सेवाग्राहीको चाहनालाई सम्बोधन हुनसक्ने गरी एउटा संरचना मात्र नभएर सिङ्गो बस्ति नै व्यवस्थित हुन सक्ने गरी ती संरचनाहरु निर्माण गर्न सकेको खण्डमा त्यसले हाम्रो व्यवस्थित विकासलाई पनि निकै सहयोग पु¥याउन सक्छ । यस कार्यमा पृथक पहिचान कसरी स्थापना गर्न सकिन्छ भन्नेमा जोड दिने कार्यमा आर्किटेक्ट र आर्किटेक्चर विधाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

नेपालमा आर्किटेक्चर क्षेत्रको पृष्ठभूमि 
नेपाल आफैंमा पुरानो कलाले सम्पन्न मुलुक मानिन्छ । हाम्रो आर्किटेक्टरको इतिहास मल्लकाल देखि नै विकास भएको पाइन्छ । काठमाडौंमा पहिले जुन वास्तुकलामा आधारित संरचनाहरु निर्माण भएका थिए, ती संरचनाहरुको महत्व आधुनिकताको अभ्यासको नाममा ओझेलमा परेका छन् । हामीले ती पुराना कलालाई समेत संलग्न गराउँदै हाम्रा भवनहरु निर्माण गर्ने हो भने हामीले हाम्रो शहरलाई नै सुन्दर र व्यवस्थित समेत बनाउन सक्थ्यौं । तर आधुनिक अभ्यासमा पुराना संरचनामा कुनै ध्यानै नदिई बाहिर विकास भएका प्रविधिहरु नेपालमा भित्र्याउनेमा अहिलेका आर्किटेक्ट एवं इन्जिनियरहरु केन्द्रित भएको कारण अहिले हाम्रो मौलिक पहिचान हराएको छ ।

सेवाग्राहीमा सचेतना जागेको छ 
विगत केही दशक पहिले नेपालमा निर्माण गरिने संरचनामा प्रोफेसनल डिजाइनर आवश्यक पर्छ भन्ने मान्यता अधिकांशमा थिएन । अहिले सम्म आइपुग्दा अधिकांश जनताहरुले संरचना डिजाइन गर्ने क्रममा स्पेशल डिजाइनरको आवश्यकता धेरैले महसुस गरिसकेका छन् । स्पेशल डिजाइनरबाट संरचना डिजाइन हुन सकेको खण्डमा त्यसले ओभरअलमा निकै ठूलो फाइदा पुग्छ भन्ने बारे नेपालीहरु जागरुक बनिसकेका छन् ।

नयाँ तवरले डिजाइन आवश्यक रहन्छ 
अहिले हामीले जुन किसिमले काठमाडौं शहर निर्माण गरेका छौं, यही नै वेष्ट हो भन्न सकिने अवस्था पनि छैन । हामीले नयाँ शहर निर्माण गर्ने क्रममा कसरी त्यसलाई अझ उत्कृष्ट बनाउन सकिन्छ भन्नेमा नयाँ तरिकाहरु पत्ता लगाउनु जरुरी छ ।
आर्किटेक्ट क्षेत्रबाट हाम्रो अवस्थालाई अझ उत्कृष्ट बनाउनको लागि एकातिर आर्किटेक्टले समेत आफ्नो क्षमतामा थप निखार ल्याउनु जरुरी रहन्छ भने अर्कोतिर सेवाग्राहीमा समेत डिजाइनरको महत्वबारे चेतना जाग्नुपर्छ । साथै डिजाइन कार्यमा टीमवर्क समेत निकै महत्वपूर्ण हुने गर्छ । एउटा भवन निर्माण गर्ने क्रममा आर्किटेक्ट, इन्टेरियर, इलेक्ट्रिकल, सेनिटरी लगायत विभिन्न पक्षको भूमिका आ–आफ्नै रहने गर्छ । यी सबैको सन्तुलन हुनसके राम्रो डिजाइन बनाउन सकिन्छ ।

नेपालमा पछिल्लो समय डिजाइन क्षेत्रमा संलग्न युवाहरुको सङ्ख्या निकै धेरै छ । साथै उनीहरु क्षमतावान् समेत छन् । विगतमा पनि नेपालमा राम्रा डिजाइनर नभएका त होइनन् तर उनीहरु निकै कम सङ्ख्यामा भएको कारण आवश्यकता बमोजिम राम्रो प्रयाप्त संरचना निर्माण हुन सकेका थिएनन् । अब नयाँ पुस्ता समेत यस क्षेत्रमा आइरहेको अवस्थामा हामीले यस क्षेत्रमार्फत हाम्रो नयाँ पहिचान कायम गर्दै शहरलाई उत्कृष्टता प्रदान गर्ने कार्यमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौं ।

कस्तो कम्पनी हो डिजाइन सेल ?
आर्किटेक्चर क्षेत्रमा लामो अनुभव समेटेका आर्किटेक्टहरुको सामुहिक पहलमा खुलेको कम्पनी हो डिजाइन सेल । विगत २१ बर्ष लामो इतिहास बोकेको यस कम्पनीले खासगरी आफ्ना गतिविधिहरु डिजाइनमा नै केन्द्रित गर्दै आएको छ । यस कम्पनीले सम्पन्न गरेका अधिकांश कामहरु निजी क्षेत्र लक्षित छन् । शुरुका दिनमा पोखरा एवं काठमाडाै‌ंका पाँचतारे सहितका होटलहरुको डिजाइन तथा एक्सटेन्सन गरेको यस कम्पनीले चितवन मेडिकल कलेज लगायत, युजिएमएस (भैरहवा) लगायत ५ सय देखि १ हजार बेड क्षमताका थुप्रै मेडिकल कलेजहरुको समेत डिजाइन एवं एक्सटेन्सन गरेको छ ।

कमर्सियल विल्डिङहरु थोरै सङ्ख्यामा गरेपनि ती बिल्डिङहरु अहिले पनि चर्चामा नै छन् । कृष्ण टावर एवं लाजिम्पाटको माछापुच्छ्रे बैंक भवन लगायतको डिजाइन यसै कम्पनीले नै गरेको हो । यसैगरी ¥याडिसन होटलको एक्सटेन्सनमा समेत यस कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेको छ । पोखरामा टेम्पल थ्रि, वाराही, अतिथि, रुपाकोट रिसोर्ट, साङ्ग्रिला भिलेज रिसोर्ट लगायत एवं चितवनमा वाराही जङ्गल रिसोर्ट, टेम्पल टाइगर, वाराही जङ्गल रिसोर्ट लगायतका होटल एवं रिसोर्टहरुको डिजाइन निर्माण गरेको यस कम्पनीले पर्यटकीय संरचना निर्माण तथा डिजाइनमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

नयाँ निर्माण गरिने पुर्वाधारको डिजाइन राम्रो तवरले डिजाइन हुन सकेको खण्डमा त्यसले सम्बन्धित सेवाग्राहीलाई राम्रो लाभ दिन सक्ने र वातावरणीय पक्षमा पनि सन्तुलन कायम राख्न सकिने विश्वास सहित कम्पनीले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij