२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सामाजिक–आर्थिक रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधिको प्रवद्र्धनमा सरकार सक्रिय : मन्त्री बाँस्कोटा

सामाजिक–आर्थिक रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधिको प्रवद्र्धनमा सरकार सक्रिय : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिको अधिकतम उपयोगबाट देशलाई विकासको मार्गमा अघि बढाउन सकिने बताउनुभएको छ । उहाँले राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधिको प्रवद्र्धन गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले  बुधबार यहाँ आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ भेलामा सरकारका प्रवक्ता बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) लाई नेपालको कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधारका क्षेत्रमा अधिक उपयोग गर्ने लक्ष्यका साथ ८० वटा कायक्रम कार्यान्वयन गर्ने योजनाका साथ सरकार अघि बढेको बताउनुभयो । दुनियाँमा ज्ञान र डिजिटल पहुँच भएका मानिसले बढी सम्पत्ति आर्जन गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले आधुनिक युगमा प्रविधिको ठूलो महत्व र आवश्यकता भएकाले त्यसलाई प्रवद्र्धन गर्न आफू लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij