काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको हो।
अधिवेशन आज (शुक्रबार) राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत अधिवेशन अन्त्यको जानकारी दिएका हुन्।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij