२०८३ असोज १७ शनिबार

Oct 03 2026 Saturday

  • २०८३ असोज १७ शनिबार

२०८३ असोज १७ शनिबार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘एथलेट ल्यान्ड’ मा १७.५ प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘एथलेट ल्यान्ड’ मा १७.५ प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा दिने उद्देश्यले ललितपुरको बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबसँग व्यावसायिक सम्झौता गरेको छ।

शुक्रबार भएको सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त व्यायामशालाका विभिन्न सेवाहरूमा ७.५० देखि १७.५० प्रतिशतसम्म विशेष छुट पाउनेछन्।

उक्त व्यायामशालामा एमएमए, बक्सिङ, एडभान्स कार्डियो, ग्रुप फिटनेस क्लास, जुम्बा र योगाजस्ता सुविधाहरू उपलब्ध छन्। साथै व्यायामपछि आरामका लागि साउना सुविधाको पनि व्यवस्था गरिएको छ।

यो छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij