२०८३ असोज १७ शनिबार

Oct 03 2026 Saturday

  • २०८३ असोज १७ शनिबार

२०८३ असोज १७ शनिबार

विराट एग्रीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त 

विराट एग्रीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त 

काठमाडाैं । बिराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईसी एसिया क्यापिटल लिमिटेड नियुक्त भएको छ।

कम्पनीलाई संस्थागत परामर्श सेवासहित आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन दुई संस्थाबीच द्विपक्षीय सम्झौता भएको हो। एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत बिराट एग्रीलाई आवश्यक सम्पूर्ण परामर्श उपलब्ध गराउनेछ।

सुनसरीको इटहरीमा कार्यालय रहेको बिराट एग्रीले मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशयमा व्यावसायिक मत्स्यपालन गर्दै आएको छ। कम्पनीले दैनिक २५ टन क्षमताको फिस फिड प्लान्टमार्फत माछाका दाना उत्पादन र बिक्री गरिरहेको छ।

आईपीओबाट सङ्कलित पूँजी उत्पादन क्षमता विस्तार र आधुनिक प्रशोधन प्रविधि विकासमा खर्चिने कम्पनीको योजना छ। दैनिक १० टन क्षमताको पेलेट फिड प्लान्ट र पाङ्गास माछा प्रशोधन प्लान्ट स्थापना गर्ने लक्ष्य लिइएको छ।

कम्पनीले ‘फार्म टु मार्केट’ अवधारणाअनुसार दाना उत्पादन, प्रशोधन, कोल्ड स्टोरेज र बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउनेछ। क्यापिटलका अनुसार अन्य कम्पनीले पनि ‘आइडिया टु आईपीओ’ सेवा लिन सोझै सम्पर्क गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij