एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।
सभाले शेयरधनीहरूका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर जारीपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्तावसमेत पारित भएको छ ।
Advertisement
यसैगरी, सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij