२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

उपत्यकामा तीन जिल्लाका १५ सिट मै रास्वपाको क्लिन स्वीप 

उपत्यकामा तीन जिल्लाका १५ सिट मै रास्वपाको क्लिन स्वीप 

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकाका सबै १५ निर्वाचन क्षेत्रमा एकलौटी विजय हासिल गर्दै क्लिन स्वीप गरेको छ। काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ गरी कुल १५ सिटमा रास्वपाका उम्मेदवारहरू निर्वाचित भएका छन्।

२०७९ को निर्वाचनमा रास्वपाले काठमाडौंका ४ क्षेत्र र ललितपुरको १ क्षेत्र जितेको थियो। यसपटक भने पुराना जित दोहोर्‍याउँदै बाँकी सबै क्षेत्रमा पनि बहुमत प्राप्त गर्दै सम्पूर्ण उपत्यकामा क्लिन स्वीप गरेको हो।

काठमाडौं जिल्लामा रञ्जु दर्शना न्यौपानेले क्षेत्र नम्बर १ बाट १५ हजार ४५५ मत प्राप्त गरी विजय हासिल गरिन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत मात्रै पाए।

क्षेत्र नम्बर २ मा सुनिल केसीले ३४ हजार २३८ मत ल्याएर जिते जसमा कांग्रेसका कबिर शर्माले ८ हजार ८७४ मत प्राप्त गरे। क्षेत्र नम्बर ३ मा राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भए भने उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत पाए।

क्षेत्र नम्बर ४ मा पुकार बमले २९ हजार २४२ मत ल्याएर जित हासिल गरे जसमा कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त गरे। क्षेत्र नम्बर ५ मा सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भइन् भने कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत पाए।

क्षेत्र नम्बर ६ मा शिशिर खनालले २७ हजार ७१९ मत प्राप्त गरे जसमा कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत ल्याए। क्षेत्र नम्बर ७ मा गणेश पराजुली २७ हजार ८०५ मतसहित जिते भने कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९८२ मत प्राप्त गरे।

क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठले २४ हजार ५९२ मत ल्याएर विजय प्राप्त गरे जसमा नेकपाका सुमन सायमीले ३ हजार २१७ मत पाए। क्षेत्र नम्बर ९ मा डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित विजयी भए भने कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरिन्। क्षेत्र नम्बर १० मा प्रताप विष्टले ३७ हजार ४६९ मत ल्याएर जित हासिल गरे जसमा कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत पाए।

भक्तपुर जिल्लामा रूकेश रञ्जितले क्षेत्र नम्बर १ बाट ३३ हजार ४३६ मत प्राप्त गरी विजय हासिल गरे। यो क्षेत्रमा २०४८ सालदेखि लगातार जित्दै आएको नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरे। क्षेत्र नम्बर २ मा राजीव खत्रीले ४२ हजार ३३४ मत ल्याएर एमालेका महेश बस्नेतलाई पराजित गरे जसले १० हजार ९९६ मत प्राप्त गरे।

ललितपुर जिल्लामा बुद्धरत्न महर्जनले क्षेत्र नम्बर १ बाट २३ हजार ३७३ मत प्राप्त गरी नेपाली कांग्रेसका उदय शमशेर राणालाई हराए जसले १३ हजार ५२० मत पाए।

क्षेत्र नम्बर २ मा जगदिश खरेलले ३९ हजार ४९१ मत ल्याएर कांग्रेसका प्रेमकृष्ण महर्जनलाई पराजित गरे जसले ७ हजार ४२० मत मात्रै प्राप्त गरे। क्षेत्र नम्बर ३ मा डा. तोसिमा कार्कीले ४३ हजार ९६ मतसहित विजय हासिल गरिन् भने कांग्रेसका जितेन्द्र श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij