
सरकार बनिसकेपछि सरकारले कम्युनिष्टहरुको एकल दुई तिहाई बहुमतको सरकारले एउटा बजेट र एउटा नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको छ । कतिपयले यसलाई फेल खाइसक्यो, असफल भयो भन्ने दृष्टिकोणबाट गलत रुपमा केही खेतीपाती गरिरहेका छन् । तर त्यस्तो मात्रै पनि होइन । स्वभाविक रुपमा हिजो एउटा सरकार मात्र परिवर्तन भएको थिएन, यसमा प्रणाली नै व्यापक रुपमा परिवर्तन भएर आएको सन्दर्भमा हामी संघीयतामा गयौं । प्रदेश सरकार बन्यो, स्थानीय सरकार बन्यो । तर कुन रुपमा बन्यो भने त्यो बेला ऐन कानुनको अभावले अवस्था भद्रगोलमा नै बित्यो केही समय । खासगरी भौतिक संरचनाको अभाव थियो । त्यो परिस्थितिका बीचबाट सरकारकै तयारी र प्रस्ताव अनुसार यो संसदले करिव डेढसय ऐन कानुनहरु बनाउने काम सम्पन्न गरेको छ । आज त्यो राष्ट्रकै लागि कत्तिको राम्रो र उपलब्धिमूलक काम हो भनेर हामीहरुले सजिलै बुझ्न आवश्यक छ । आज इतिहासमा नै पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री भएर वृद्ध–वृद्धा र पार्टीका लागि एउटा राष्ट्रिय काम गरे, तर त्यो खालको महान विचार र योजनाका खानी भरतमोहन अधिकारीको निधन भयो र अर्का हामीहरुले आशा गरेको युवा नेता तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टरमा ताप्लेजुङमा भएको घटनाले उहाँको ज्यान गयो । ऊहाँको निधनले गर्दा समग्र राष्ट्र र पार्टीलाई आज ठूलो घाटा लागेको छ ।
हामीहरुमा हरेक खालको संरचनाहरुले गर्दा एकवर्ष अलिकति ऐनकानुन निर्माणमै केन्द्रीत हुनुप¥यो । तर अब आउँदो जेठ १५ गते प्रस्तुत हुने बजेटले दिने सन्देश र नीति तथा कार्यक्रमले दिने सन्देश नितान्त रुपमा नेपाली जनताहरुको मन र समग्र मुलुकको आर्थिक क्षेत्रमा परिवर्तन ल्याउने खालको तयारी भइरहेको छ ।
प्रधानमन्त्रीज्यूले संसदीय सिस्टममा दल र दलपछि नेता र प्रधानमन्त्रीले नै मुलत सरकारको मन्त्रीहरुको वा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरुको बारेमा मुल्याङ्कन गर्ने प्रणाली भएको कारणले प्रधानमन्त्रीज्यूले नै यसबारेमा पार्टी अध्यक्षको हिसावले पनि मुल्याङ्कन गरिरहनु भएकै छ, सुनुवार बताउनुहुन्छ । तर बाहिर प्रचारमा आएजस्तै सबै कुरा सत्य पनि होइन । कतिपय कुराहरु आग्रहका आधारमा पनि टिप्पणी भएको म देख्छु । यथार्थ कुरा त पार्टीभित्र छलफल र बहस गर्नुपर्छ । दलिय व्यवस्थामा स्वभाविक रुपमा दलको तर्फबाट जिम्मेवारी पाएर नियुक्तिमा जाने व्यक्तिहरुको कामको बारेमा पार्टीले छलफल गर्नु पर्दछ । यथोचित जिम्मेवारी तथा मुल्याङ्कन पक्कै हुन्छ । यसमा हामीले भन्नु भन्दा पनि स्वयम् प्रधानमन्त्रीज्युले र पार्टीको नेतत्व पंक्तिले विचार गर्नु जरुरी रहन्छ । मुलकको अहिलेको आर्थिक अवस्थामा केही गिरावट आएको सत्यता हो, तर यसमा हामीहरु आत्तिहाल्नु पर्दैन । विकासको गति भने सुक्ष्म रुपबाट नै अघि बढ्दै जान्छ । केही विकसित राष्ट्रहरुलाई हेरेर पनि हामीहरुले चित्त बुझाउनुपर्दछ । हामीहरुकहाँ काम गर्दा भएका केही कमीजोरीहरुलाई आगामी दिनमा सच्याएर लैजानुपर्छ । भोलीका दिनमा त्यसले राम्रो रुप लिन सक्छ ।
हाम्रो देश सार्वभौमसत्ता सम्पन्न देश हो । हाम्रो नेपाल हिमाल, पहाड, तराई मिलेर बनेको एउटा अखण्ड नेपाल हो । यो देशको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कोणबाट हुने प्रस्तुती र गतिविधीहरुलाई सरकारले नियन्त्रण गर्नुपर्दछ भन्ने कुरामा सबैको सहमति छ । जहाँसम्म त्यो सहमति भएको छ, त्यसका बारेमा विभिन्न खालका कुराहरु आएका छन्, तर आम रुपमा यो देशको राष्ट्रियता माथि कुनै पनि प्रश्न चिन्ह उठ्ने खालका गतिविधिहरुलाई नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा सबैको साझा मत र एकता सदनमा पनि देखियो । हाम्रो राष्ट्रियतालाई यस कोणबाट हेर्ने हो भने जुन सहमति भएको छ, यो भोलि व्यवहारमा पनि कसरी जान्छ भन्ने कुराले निर्भर हुन्छ । स्थानीय स्तरमा समेत पार्टी एकतामा ढिलाई भएको कुरा स्वयम् नेतृत्वले समेत अनुभुत गरिरहेको होला भन्ने म ठान्दछु । त्यसका अतिरिक्त अहिले व्यापक रुपमा पार्टी एकिकरण तलसम्म हुन नसक्दा त्यसले धेरै कुरालाई असर गरिरहेको छ । यसले एकातिर पार्टी संगठन निर्माणका कामहरु र अन्य गतिविधिहरु रोकिएका छन् भने दुवै पार्टीबाट एउटैमा भएका लाखौं कार्यकर्ताहरु कामविहीन अवस्थामा छन् । यो विडम्वना नै हो । तर यो घटनालाई यसो भनिरहँदा पहिलो कुरा त यो वृहत एकता संसारमा विरलै हुने घटना मध्ये एक थियो । त्यस माथि पनि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता यति छिटै यो रुपमा भइहाल्ला भन्ने कुरा मान्छेहरुले पत्याएका थिएनन् । यी खालका कुरालाई मध्यनजर गरेर नेतृत्वले छिटो निकाश दिनुपर्दछ ।
कतिपय वैचारिक कुराहरुमा सहमति भइसकेको र कतिपय कुराहरु महाधिवेशनबाट फैसला गर्ने विषयमा हामी टुङ्गोमा पुगिसकेको परिस्थितिमा यहाँ अब वैचारिक कारणले रोकिएको होइन भन्ने त प्रस्टै छ । जहाँसम्म अब तल्लो कमिटीहरुमा जुन प्रकारले ढिलाई भइरहेको छ, नेतृत्वले जसरी एउटा चुनौतिलाई मोलेर वामगठवन्धन, चुनौति र अनेक आशंकाहरु मेटाएर पार्टी एकीकरण जुन सर्वसम्मत रुपमा सम्पन्न भएको थियो, तर पनि त्यही रुपमा लैजान सक्नुपथ्र्यो । कतिपयले यसमा पुर्व एमाले र पुर्व माओवादी बीचमा तल्लो तहमा भागवण्डा नमिलेर भन्ने कोणबाट पनि कुरा बाहिर आएको छ, कतिपय गुटहरुको व्यवस्थापनको सवालले पनि समस्या अड्कीएको भन्ने अर्थमा समेत व्याख्या गरिरहेको सन्दर्भ छ । तर तल कार्यकर्ताहरु ऐतिहासिक उपलव्धको रक्षा गर्ने सवालमा संस्थागत ढंगले यसको जस लिने सन्दर्भमा सारा कार्यकर्ताहरुको बीचमा कुनै मतभिन्नता छैन । यस्तो अवस्थामा हाम्रो नेतृत्वले कसैले पनि गुट बनाउने कुरा सोचेको पनि छैन । यतिबेला पार्टी बनाउने कुरामा जानुपर्छ ।
कम्युनिष्ट पार्टी बनाउने कुरालाई केन्द्रभागमा राखेर हामीले सोच्यौं भने त्यस्तो समस्या नआउनुपर्ने हो । यसलाई एउटा स्पष्ट मापदण्ड बनाएर सबैलाई उर्जा, उत्साह थप्न सक्नुपर्छ । यो एकता स्थानीय स्तरमै पर्वको रुपमा सम्पन्न हुने गरी तत्काल पूर्णतामा पुर्याउनु पर्दछ भन्ने सम्पुर्ण कार्यकर्ताहरुको माग थियो । तर ढिलाइ भइसकेको छ । मुलतः कार्यकर्ताको कारणले भन्दा पनि अहिले नेतृत्वकै कारण यो ढिलाई हुन गएको जस्तो लाग्छ ।
हामीले व्यक्ति हेरी नीति बनाउने भन्दा पनि आम रुपमा एउटा मापदण्ड बनाएर अगाडि बढियो भने त्यसले पार्टीलाई उर्जा दिन्छ, पार्टीलाई गतिशिल बनाउँछ । र, सबै कार्यकर्ताहरुले जिम्मेवारी पाउने गरी अवस्था अघि बढ्छ । कसैलाई भारी माथि झन् भारी थपिदियो भने त्यो स्वयम् काम गर्ने कार्यकर्ताको मुल्याङ्कनको सन्दर्भमा पनि र नेताकै हकमा पनि धेरैवटा जिम्मेवारी लिइयो भने स्वयम्लाई आलोचनाले घेर्छ । त्यसैले यसमा जिम्मेवारी लिनेले पनि सोच विचार गर्नु राम्रो होला । दोस्रो कुरा, नेतृत्वले पनि यतिबेला यत्रो चुनौती मोलेर पार्टी एकिकरण भएको छ, यो कुराले जनतामा नेतृत्वले हाइ–हाई कमाएकै छ ।
ब यस्तो परिस्थितिमा खास खास कार्यकर्ता वा नेता वा व्यक्तिलाई मात्रै आफ्नो ठान्नु नेतृत्वका लागि पनि राम्रो हुँदैन । यत्रो महत्वपुर्ण कार्य सम्पादन गरिसकेको सन्दर्भमा जिम्मेवारी दिने सवालमा योग्यता र क्षमता अनुसारको एउटा मापदण्ड बनाएर अघि बढ्नु राम्रो हुनछ । मापदण्ड नबनाँउदा नेतृत्वलाई कसैलाई च्याप्यो र कसैलाई टाढा राख्यो भन्ने कोणबाट प्रश्न उठ्न सक्छ । जिम्मेवारी दिइसकेपछि भोली उसले कार्यसम्पादन गर्न सकेन भने मुल्याङ्कनका आधारमा उसलाई जिम्मेवारी हेरफेर गर्ने कुरा कमिटीले पुनः गरिहाल्छ । त्यो कुरामा नेतृत्वले उदारतापुर्वक नै सोच्दा राम्रो हुन्छ । त्यसले केही अन्यौलहरु अवश्य थपेको थियो । तर अब जनताको यो अपेक्षालाई कम्युनिष्ट सरकारले पुरा गर्नुपर्छ । बाह्य आलोचना त व्यापक छन् । प्रतिपक्षले यसलाई जोडदार ढंगले नकारात्मक रुपमा उठाएको म देख्छु । तर वस्तुगत यर्थाथ नबुझी त्यसरी एकोहोरो कराउनुको पनि अर्थ छैन । तैपनि यसो भनेर अब सरकार अल्मलिने अवस्थामा जानुहुन्न । सरकारले लोकल्याणकारी कार्यक्रमहरुको पनि घोषणा गर्नुपर्छ भन्ने कुराहरुसँग सहमत हुँदै भएका राम्रा कामहरु पनि प्रचारमा लैजाने क्रममा हामीहरु जुट्नुपर्छ ।
नेपालमा कम्युनिष्टहरुले जुन प्रकारको सफलता प्राप्त गरे, यो ऐतिहासिक उपलव्धि हो । संघीय प्रतिनिधि सभामा दुई तिहाई निकट, प्रदेश सभामा एउटा प्रदेश बाहेक छ वटा प्रदेशमा लगभग सबै ठाँउमा दुई तिहाई र स्थानीय तहमा पनि त्यस्तै वर्चश्व देखियो, यो वास्तवमा नै भन्ने हो भने दुनियालाई चकित पार्ने घटनाहरु हुन्, यस कारणले मैले भनिरहेको छु, वर्तमान नेतृत्व अर्थात सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्ड लगायत अन्य वरिष्ठ नेताहरु पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल समेतको सामुहिक पहलकदमीमा जुन सफता प्राप्त भएको छ, यो सफलता नेपाल देश र नेपाली जनताको आशाको रुपमा परिणत भएको छ । अब जनताको यो खालका अपेक्षाहरुलाई कम्युनिष्ट सरकारले पुरा गर्नुपर्छ । बाह्य आलोचना त व्यापक रहेका छन् । प्रतिपक्षले यसलाई जोडदार ढंगले नकारात्मक रुपमा उठाएको म देख्छु । तर वस्तुगत यथार्थ नबुझी त्यसरी एकोहोरो कराउनुको कुनै तुक छैन । तैपनि यसो भनेर अब सरकार अल्मलीने अवस्थामा जानुहुन्न । राष्ट्रलाई समृद्धिको बाटोमा कसरी लान सकिन्छ, त्यसतर्फ हामीहरुले ध्यान दिनुपर्छ ।
यो सरकार जुन रुपमा बन्यो त्यो बेला अन्तर्राष्ट्रिय सम्वन्धहरु जिकज्याकको अवस्थामा थियो । त्यसलाई शन्तुलित ढंगले अघि बढाउने काम भएको छ । चाहे दक्षिणतिरको सम्वन्ध होस्, चाहे उत्तरतिरको सम्बन्ध होस् । जसबाट राष्ट्रिय एकता, र देशलाई कसरी समृद्धिको दिशामा लान सकिन्छ भनेर प्रधानमन्त्रीज्यूले ल्याएको योजनालाई आज हामीहरु सबैले सहयोग गर्नुपर्छ । जे जति गर्दै आएका कामहरुलाई दरिलो बनाउने काममा सरकारले गरेको ठूलो उपलब्धिको रुपमा लिनुपर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij