२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेकपाको तल्ला कमिटी एकीकरण : प्रदेश र जिल्लामा यस्तो छ मापदण्ड

नेकपाको तल्ला कमिटी एकीकरण : प्रदेश र जिल्लामा यस्तो छ मापदण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला तहमा एकीकरण गर्दा संसद् र स्थानीय तहको निर्वाचन परिणाम, समानुपातिकतर्फ खसेको मत, पार्टी सदस्य संख्या, ज्येष्ठता र दुवैतर्फ स्वीकार्य व्यक्तित्वजस्ता मापदण्ड बनाएको छ । यसकै आधारमा पूर्वएमाले र माओवादीका तल्ला कमिटीहरू एकीकरण गरिने नेताहरूले बताएका छन् ।

‘एउटा विधि, प्रक्रिया र मापदण्डभित्रै रहेर मूल नेतृत्व तथा संख्यात्मक हिस्सेदारी टुंग्याउने गरी छलफल चलिरहेको छ’, प्रदेश १ कार्यदल सदस्य भीम आचार्यले भने, ‘सकेसम्म मूल नेतृत्व पनि टुंग्याउने प्रयास गर्छौँ, टुंगिएन भने केन्द्रीय सचिवालयमा सिफारिस गर्छौँ ।’, आजको नयाँ पत्रिकामा यो खबर छ ।

कार्यदलहरूले जिल्ला र प्रदेशमा अध्यक्षलाई मूल नेतृत्व मानेर संख्यात्मक हिस्सेदारी हुने गरी एकता मोडालिटी तयार पारिरहेका छन् । अध्यक्ष केपी ओली र प्रचण्डले साउन मसान्तभित्र एकीकरण प्रतिवेदन बुझाउन दिएको निर्देशनअनुसार सातवटै प्रदेश र ७७ वटै जिल्लामा एकीकरणसम्बन्धी छलफल तीव्र भएका छन् । अधिकांश कार्यदल संख्या र नामावली टुंग्याएर प्रदेश र जिल्लाका अध्यक्ष र सचिवका दाबेदारको नाम केन्द्रीय सचिवालयमा सिफारिस गर्ने तयारीमा छन् । नेकपाको विधानअनुसार दुवै तहमा अध्यक्ष र सचिव मात्र पदाधिकारीका रूपमा रहनेछन् भने केन्द्रले इन्चार्ज र सहइन्चार्ज खटाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij