२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

‘नेकपाले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप बस्दैन’ : थापा

‘नेकपाले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप बस्दैन’ : थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । 

कांग्रेसले दर्ता गरेको विरोधको सूचना बेवास्ता गरेर चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेमा चुप लागेर नबस्ने उनले बताए ।

सत्तापक्षको मनस्थिति पेलेर भए पनि पारित गर्ने देखिएको भन्दै नेता थापाले यसले समस्या मात्र सिर्जना गर्ने बताए ।

आइतबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संविधानको मर्म र देशको आवश्यकतालाई सम्बोधन हुने गरी नआएको दावी पनि गरे ।

कांग्रेस नेता थापाले उच्चस्तरीय आयोगमार्फत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाईमा आफूहरु विश्वास गर्ने पक्षमा नरहेको पनि बताए । उनले आयोग बनाएर मुलुकको कुनै पनि समस्या समाधान नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij