२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सरकार शोषक सामन्तीको पक्षमा : पूर्वप्रधानन्यायाधीश कार्की

सरकार शोषक सामन्तीको पक्षमा : पूर्वप्रधानन्यायाधीश कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकार शोषक सामन्तीको पक्षमा उभिएको आरोप लगाएकी छिन् ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा उनले माइतीघर मण्डला लगायतको स्थानमा प्रदर्शनमा रोक लगाएकोमा विरोध गरिन् ।

डा।गोविन्द केसीले गरीब जनताको छोराछोरी र तिनको स्वास्थ्यका लागि लडेको भन्दै उनले प्रश्न गरिन् ‘के यो नाजायज हो र ?’

केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकारले शोषक सामन्ती व्यापारीहरुलाई सहयोग गरेको भन्दै पूर्वन्यायाधीश कार्कीले भनिन् ‘तपाईं त सामन्ती हुनुहुँदो रहेछ ।’

उनले गंगामाया अधिकारीको अनशनलाई वेवास्ता गरेकोमा पनि सरकारपति आक्रोश पोखिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij