२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

हतियार प्रयोग गरेर सत्ता चलाईए धेरै टिक्दैन : पौडेल

हतियार प्रयोग गरेर सत्ता चलाईए धेरै टिक्दैन : पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हतियार प्रयोग गरेर सत्ता चलाउने कुरा धेरै नटिक्ने बताएका छन् । 

शनिबार माइतघर मण्डलमा भएको प्रदर्शनका क्रममा भएको झडप लगायतका अन्य सरकारका गतिविधिप्रति लक्षित गर्दै उनले सरकार निरंकुशतातिर जाँदै गरेको बताए ।

आइतबार बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘डा. गोविन्द केसीले जुन माग उठाउनु भएको छ, त्यसको पछाडि एउटै कुरा छ- गुणस्तरीय शिक्षा दुरदराजको गाउँमा पुगोस् । तर, सरकारले उनको मागलाई विल्कुलै उपेक्षा गरेको छ ।’

‘सरकार जनहितको मागलाई विल्कुलै उपेक्षा गरेर दमन गरेर सत्ता चलाउन चाहन्छ’, उनले थपे, ‘तर, दमनकारी हतियारले सत्ता चलाउने कुरा धेरै टिक्दैन ।’

‘सरकार जे व्यबहार गर्दैछ, त्यो संघीय लोकतान्त्रिक संविधानलाई बल मिल्ने खाल्को छैन’, पौडेलले भने, ‘उनीहरु आफूलाई समाजवादी भन्छन् । तर, के उनीहरु साँच्चै समाजवादतिरै अगाडि बढेका छन् त ? जनतालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी पुर्‍याउने कुरामा के सरकार अगाडि बढेको छ ?’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij