२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राहतमा आएको तेल खाँदा आधा दर्जन बिरामी

राहतमा आएको तेल खाँदा आधा दर्जन बिरामी

जनकपुर । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय सरकारले वितरण गरेको खाने तेलका कारण  आधा दर्जन भन्दा बढी विरामी परेका छन् ।  राहतमा बाँडिएको खानेतेल तरकारीमा पकाएर खाएपछि  आधा दर्जन व्यक्ति बिरामी परेका हुन् ।  खाने तेलबाट बनेको परिकार खाँदा ७ जनालाई पखाला लागेको स्थानीयवासीहरुले जानकारी दिएका छन् । खानेतेलबाट परिकार बनाएर खाँदा गौशाला नगरपालिका वडा नम्बर ४ बस्ने १२ वर्षीया रामवती सदा, ३० वर्षीय श्रीचन सदा लगायत ६ जनालाई पखाला लागेको हो ।

राहतमा बाँडिएको खाने तेल खाँदा छोराछोरीहरुलाई पखाला लागेपछि आफुहरुलाई राहतभन्दा बढि आहात भएको स्थानीय उर्मिला सदाले बताइन् । राहतमा खाने तेलको नाममा अमृत व्रान्डका प्रशोधित पामोलिन खाने तेल वितरण गरेको भन्दै शुक्रबार दिउँसो स्थानीय महिलाहरुले नगरपालिकाको कार्यालय समेत घेराउ गरेका छन् । गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले बिरामी भएकाहरुको उपचार र दोषीलाई कारवाही गर्ने जानकारी दिए ।
उनले यो विषयमा अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइने समेत स्पष्ट पारे । राहत सामग्री खरिद एवं प्याकिंग गर्ने क्रममा सहभागीहरुसँग स्पष्टिकरण लिने वडाध्यक्ष रामबाबु साहले बताए । गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले पखाला लागेका बिरामीलाई तत्काल उपचारको व्यवस्था गरेको छ । गौशाला नगरपालिकाको वडा नम्बर ४ मा राहतको नाममा ३ लाख ८४ हजार ४ सय रुपैयाँ उपलब्ध गराइएको र हालसम्म ६ सय ८० घरपरिवारलाई राहत वितरण गरिएको गौशाला नगरपालिकाको कार्यालयले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij