२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

रामचन्द्रकाे प्रश्नः सर्वोच्च अदालतमाथि कुन किसिमको हमला गरिँदैछ ?

रामचन्द्रकाे प्रश्नः सर्वोच्च अदालतमाथि कुन किसिमको हमला गरिँदैछ ?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतमाथि अधिनायवादी हमला भइरहेको बताएका छन् ।

‘सरकारले अधिनायकवादको प्रमाण देउ भनेको छ,’ नेपाली कांग्रेसले तनहुँमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सर्वोच्च अदालतमाथि कुन किसिमको हमला गरिँदैछ ?’

सर्वोच्च अदालतका प्रधानन्यायधीशको सुनुवाईको निर्णय संसदीय सुनुवाई समितिले नगरेर कम्युनिष्ट पार्टीको पोलिट्ब्युरोमा छलफल भएर निर्णय हुँदै गरेको आक्षेप उनले लगाए ।

‘यो भन्दा ठूलो अधिनायकवादको उदाहरण अरु के हुन्छ ?,’ पौडेलले भने, ‘आज उनीहरुको हातमा दुई तिहाई दुरुपयोग भएर बादरका हातमा नरिवल हुँदैछ ।‘

उनले नेपालको न्यायालयमाथि स्टालिन शैलीमा आक्रमण भइरहेको आरोप लगाए । स्टालिनका पालामा रुसमा सरकार, प्रशासन, अदालत सबै कम्युनिष्ट पार्टीको पोलिट्ब्यूरोले चलाउने गरेको बताउँदै उनले राज्यका सबैं अंग स्टालिनको नियन्त्रण रहेको बताए ।

सभालाई सम्बोधन गर्दै उनले नेपाली जनतालाई ढाँटेर कम्युनिष्टहरुले दुईतिहाई मत पुर्‍याएको दावी गरे । ‘संसदमा पुर्‍याएको दुइतिहाई मत आज हिजो जुन संघर्ष र बलिदानीका माध्यमबाट स्थापित भएको हो, त्यही लोकतन्त्रका विरुद्ध प्रयोग थालेको छ,’ उनले भने, ‘त्यही भएर हामीले प्रतिकात्मक रुपमा विरोध र्‍याली गरेका हौं । आज नेपालमा मात्र होइन विश्वभर नेपालीहरु जहाँ जहाँ पुगेका छन, उनीहरुले नेपालमा हिजोको बलिदानीमार्फत् नेपालमा आएको संविधान र लोकतन्त्र जोगाउनका लागि प्रर्दशनमा उत्रिएका छन् ।‘

प्रस्तावित प्रधानन्यायधीश प्रमाणपत्रको किचलो निकालेको विषयमा उनी कडा रुपमा प्रस्तुत भएका थिए ।

‘लोकसेवाको जाँच दिँदा, यति समयसम्म न्यायधीश हुँदा उनको प्रमाणपत्र किन हेरिएनरु अझ प्रधान न्यायाधीशको सुनुवाई अस्वीकृत गर्ने हो भने सबैभन्दा पहिले संवैधानिक परिषदमाथि कारवाही हुनुपर्छ,’ पौडेलले भने, ‘अयोग्यलाई सिफारिस गर्ने संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई कारवाही हुनुपर्छ ।‘

आज कांग्रेसले ७७ वटै जिल्लामा विरोध र्‍याली आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij