२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

माधव समूहका केन्द्रीय सदस्यहरूको निष्कर्ष : ओलीसँग एकता असम्भव

माधव समूहका केन्द्रीय सदस्यहरूको निष्कर्ष : ओलीसँग एकता असम्भव

नेकपा एमालेको माधव नेपाल समूह

का केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी ओलीसँग एकताको सम्भावना क्षीण हुँदै गएको निष्कर्ष निकालेका छन् । शुक्रबार बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले केपी ओली एकताको पक्षमा नरहेको र झुट मात्र बोलिरहेको निष्कर्ष निकालेका हुन् । काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेका छन् ।https://www.setoghar.com/wp-content/uploads/2021/03/madhab-kumar-nepal.jpg

‘केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन भन्ने केन्द्रीय सदस्यहरूको धारणा रह्यो । यो सबै केपी ओलीले झुटो बोलिरहेका छन् । उनी एकताको पक्षमा छैनन् । यसको भ्रममा नपरौँ भन्ने एकथरी केन्द्रीय सदस्यहरुको भनाइ थियो,’ बैठकबारे जानकारी दिँदै नेता जगन्नाथ खतिवडाले भने । खतिवडाका अनुसार सबै केन्द्रीय सदस्यहरूले मूलत: तीन वटा विषयलाई प्राथमिकता दिएका थिए ।पहिलो, एकता भए सम्मानजनक र सह अस्तित्वका आधारमा हुनुपर्ने साथै आफ्नो पक्षले पनि जितेको देखिने गरी एकता हुनुपर्ने । दोस्रो, केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन । र, तेस्रो कार्यदलले गरेको मिहिनेत अपुरो छ । १० बुँदे सहमतिले आफूहरूको आकाङ्क्षा र एकतालाई विकसित गर्दैन । यसलाई पूर्ण बनाएर समग्रमा सम्झौता गर्नुपर्छ नत्र पुरानै दलदलमा फस्ने मात्र देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij