२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

माओवादीले टुंगो लगायो मन्त्रीको नाम

माओवादीले टुंगो लगायो मन्त्रीको नाम

काठमाडौं– नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा  सहभागि हुने मन्त्रीको नाम टुंगो लगाएको छ । 

माओवादीभित्रका चर्चित नेता मानिने जनार्दन शर्मा भने  मन्त्री बनेनन् । उनले ऊर्जा मन्त्रालय नपाए मन्त्री नबन्ने पार्टीलाई जानकारी गराएपछि चन्द्र प्रकाश खनाल बलदेवलाई मन्त्री बनाइएको छ ।

उनलाई प्रम केपी ओलीले समेत आफ्नो क्याबिनेटमा राख्न चाहेका थिए ।  जनार्दनलाई  प्रभावकारी काम गर्न सक्ने नेता भएको  भन्दै ओलीले  समेत मन्त्री बनाउने चाहेको बताइएको छ ।  तर, कामै नहुने  मन्त्रालय लिएर पद ओगट्न मात्रै आफू मन्त्री बनन्ने भन्दै उनले अस्वीकार गरेको बताइएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीको सूचीमा वर्षमान पुन, गिरीराजमणि पोखरेल, शक्ति बस्नेत र बीना मगरको नाम समेत रहेको छ ।

पुनलाई उर्जा तथा जलस्रोतमन्त्री बनाइएको छ भने पोखरेललाई  शिक्षा बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै  मगरलाई खानेपानी मन्त्री बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij