
– डा. खगेन्द्र कटुवाल, होमियो चिकित्सक
भ्याक्सिन र होमियोप्याथिक औषधी विचमा आधारभूत सिद्धान्त एउटै हो । दुवैले रोग प्रतिरोधात्मक क्षमता अर्थात ईम्युनिटि बढाएर रोग लाग्नबाट बचाउने नै हुन् ।
सन् १७९० मा हनेमनले पेरुभियन सिन्कोनाको रुखको बोक्रालाई मलेरियाको ज्वरो जस्तै लक्षण पैदा गर्नको लागि प्रयोग गर्नुृभयो । साथै त्यो तथ्य यथार्थ सत्यमा सावित भयो । डिजिज प्रोडक्ट वा त्यहि डिजिज जस्तै लक्षण पैदा गर्ने औषधीले समान लक्षण भएका डिजिजलाई निको पार्छ र त्यहि औषधीको निश्चित मापदण्डको आधारमा नियमित सेवन गरेमा त्यहि रोगसँग लड्ने रोगप्रतिरोधात्मक क्षमता विकास गर्छ भन्ने सिद्धान्तको आधारमा होमियोप्याथिको वास्तविक अध्ययन र अनुसन्धानको शुरुवात भयो ।
जब होमियोप्याथिका चिकित्साको सिद्धान्तले भ्याक्सिनको रुपमा समेत काम गर्न सक्छ भनेर सन् १७९६ मा मास्टर स्याम्युल हानेमनले “An Essay on a New Principle for Ascertaining the Curative Powers of Drugs and Some Examinations of the Prevous Principles” भन्ने एउटा लेख लेख्नुभयो । त्यसपछि चिकित्सा विज्ञानमा नयाँ तरङ्ग पैदा गर्यो र सन् १७९६ मा जब होमियोप्याथिले अन्तर्राष्ट्रिय मान्यता पायो ।
त्यसपछि मात्रै यहि होमियोप्याथिक चिकित्साको आधारभुत सिद्धान्तमा आधारित भएर भ्याक्सिनको कन्सेप्ट विकास गरियो । Edward Jennerले सन् १७९६ मा काउपक्सबाट बनाइएको vaccinia भन्ने खोपलाई अध्ययन गरियो । यस भ्याक्सिनमा चाहिने रोगी तन्तु smallpox संक्रमित गाईबाट लिईएको हो ।
तर, होमियोप्याथिक नोसोडहरु बनाउँदा डिजिज तन्तुबाट होईन, डिजिज प्रोडक्टहरुलाई प्रयोग गरिन्छ । नोसोडहरु बनाउँदा जेनेटिक म्युटेसन हुने हुँदैन र कुनै प्रकारको प्रतिअसरहरु पनि गर्दैन । होमियोप्याथिक नोसोडहरु बनाउँदा डिजिज प्रोडक्टहरुलाई प्रयोग गरिन्छ ।
नोसोडहरु बनाउँदा जेनेटिक म्युटेसन हुने हुँदैन र कुनै प्रकारको प्रतिअसरहरु गर्दैन तर, भ्याक्सिनहरु बनाउँदा त्यसले जेनेटिक म्युटेसन हुने र वंशाणुगत गडबडी समेत गर्न सक्ने हुन्छ । साथै बच्चामा कानको संक्रमण, माथिल्लो श्वासप्रश्वास नली सम्बन्धीको संक्रमण, सिकाईमा अक्षमता हुने खालको मस्तिष्कको क्षति, असामान्य चाल, सामाजिक रुपमा आक्रामक हुने, मुर्छा पर्ने, बेहोस हुने र अटिज्म सम्मको खरावीहरु गर्न सक्छ भनेर विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छन् ।
त्यस्तै भ्याक्सिनहरु बनाउँदा जीवित शुक्ष्म जिवाणु वा त्यहि रोगी तन्तु प्रयोग हुन्छ । जो शुद्ध आनुवांसिक पदार्थ हो । भ्याक्सिनमा मम्प्स, दादुरा, टिटि जस्ता भाइरस भ्याक्सिनले तत्कालै साईड ईफेक्ट नगर्न सक्छ भने डिएनएमा दशकौं सम्म पनि लुकेर बस्न सक्छ । र अन्तिममा ईम्योन डिसअर्डर डिजिजको रुपमा देखा पर्दछन् । अन्त्यमा मल्टिपल स्लेरोसिस, सीजोफ्रेनिया, जीर्ण बाथ, विकृत आनुवंसिकता साथै क्यान्सर सम्ममा पुग्न सक्छ ।
त्यसैले, स्वास्थ्यमा निजीकरण गरेर जनताको जीउज्यानलाई थिलथिलो पारेर अनि फेरि तिनै निमुखा, निरक्षर वा नाम मात्रैका साक्षर निरीह जनतामाथि उपचारको नाममा लाखौं करोडौं असुल्ने पुँजीवादी स्वास्थ्य व्यवस्थाले पूरै विश्वको राजनीतिमा समेत महत्व राख्दछ । यो निकै भयावह बन्दै गएको छ । जसले गर्दा स्वास्थ्य र सुरक्षा जस्ता आधारभूत मानव अधिकारबाट कमजोर नेपाली जनताहरु वञ्चित हुँदै गइरहेका छन् । हामीले आफैलाई सोध्ने बेला आएको छ , हामी मम्प्स र मिजल्सको भ्याक्सिनको व्यापार गर्दै किन क्यान्सर र ल्योकेमियालाई निम्त्याईरहेका छौ ?
(लेखक कटुवाल जनभावना होमियोप्याथिक एण्ड होलिस्टिक हस्पिटल धनकुटामा संलग्न हुनुहुन्छ ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij