
प्राकृतिक चिकित्सा पद्धति औषधिविहिन चिकित्सा पद्धति हो । यसमा प्राकृतिक रुपमा पाइने चिजहरुको सम्मिश्रणबाट रोगको उपचार गर्ने गरिन्छ । यस चिकित्सा प्रणालीमा मूलतः जीवनशैली परिवर्तन गरेर निको हुने रोग, माइग्रेन, ग्यास्ट्रिक, कब्जियत आदि जस्ता रोगहरुको उपचार गरिन्छ । प्राकृतिक चिकित्सा पद्धतिको सेरोफरो तथा कृषि र खानपानका विविध विषयमा रहेर हिमालयन योग तथा प्राकृितक हस्पिटलका मेडिकल डाइरेक्टर र योग तथा प्राकृतिक संघका केन्द्रीय उपाध्यक्ष डा. यन्जन गैह्रेसँग हामीले केही कुराकानी गरेका छौँ ।
योग तथा प्राकृतिक चिकित्सा कस्तो खालको उपचार विधि हो ?
यो नितान्त औषधीविहीन चिकित्सा पद्धति हो । जुन चिकित्सा पद्धति ‘पञ्चमहाभुत’ (अग्नी, जल, वायु, आकाश र पृथ्वी)को सिद्धान्तमा आधारित हुन्छ । यस उपचार पद्धतिमा पञ्चमहाभुतबाट पाइने सामाग्रीहरुको सम्मिश्रणबाट नै विभिन्न रोगहरुको उपचार गरिन्छ । विशेषतः लामो समय सम्म उपचार गरेर निको नभएका दीर्घकालिन रोगहरू प्राकृतिक उपचारबाट निको बनाउने गरिन्छ । यो यस्तो पद्धति हो जसले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवि बनाउने गर्दछ । हाम्रो मुख्य काम रोग लाग्नै नदिने, रोग लागिसकेपछि गर्ने उपचार गरी रोगलाई निर्मूल पार्ने हो ।
खासमा यो समयमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा अवलम्बन गरीएका संस्थाहरु न्युनतम मापदण्डमा पनि छैनन् भन्ने गुनासो छ नि बजारमा ?
नेपालमा अहिले च्याउसरी थेरापीका नाममा क्लिनिकहरु र अस्पतालहरु खुलेका छन् । के कस्ता अस्पतालहरु खुलेका छन् भनेर हेर्ने संस्था भनेको नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद विभागको वैकल्पिक चिकित्साले हेर्नुपर्ने हो । अनुगमन, गुणस्तर जस्ता कुराहरुमा दर्ता भएर सही रुपमा आउनुपर्ने हो । तर अहिले त्यस्ता कुराहरू नभएर क्लिनिक तथा अस्पतालहरूको नाममा स्वास्थ्य जोडेर मार्के्टिङ गर्दा केहि समस्या छन् । तर म के भन्छु भने राम्रा सहि डाक्टर र हस्पिटलमा गएर उपचार गर्नुहोस्, सही ठाउँ र अस्पतालको छनोट गर्नुहोस् ।
हाम्रो यो हस्पिटलकै कुरा गर्दा पनि यो नेपाल सरकारको योग तथा प्राकृतिक चिकित्सक अन्तर्गतको आर्युवेद तथा वैकल्पिकबाट स्विकृती लिई रजिस्टार भएर सेवा सञ्चालन गरेको हस्पिटल हो । त्यसैले यहाँ आएर ढुक्क भएर उपचार गर्नुहोस् ।
अहिले एउटा कोठामा नै यस्ता अस्पतालहरु खुलेका छन् र उपचार गछौँ भन्दै प्रचार गरिरहेका छन् जसले तपाईँहरु जस्तोलाई कस्तो असर गरेको छ ?
यसमा कामहरु भईरहेको छ । तर पनि ठूलो असर हुन्छ । यस्ता चिजहरु कसले कारवाही गरिदिने, कसले गुणस्तर मापन गरिदिने, सम्बन्धित निकायले नै ध्यान दिनुपर्ने होइन र ? हामीले बुझे, भ्याएसम्म गरिरहेको छौँ । व्यक्त्तिगत रुपमा छौँ । तर पनि सामुहिक रुपमा र सरकारी रुपबाट सबैले लाग्नुपर्छ ।
यहाँ चाहिँ कस्ता–कस्ता रोगहरुको उपचार हुन्छ ?
आकस्मिक अवस्था बाहेक कम्मर, गर्दन, घुँडा दुखाई, बाथरोग, नसासम्बन्धि रोग, हड्डी सम्बन्धि रोग, दम, कब्जियत, पिनास, माइग्रेन, उच्च रत्तचाप, तनाब व्यबस्थापन, पायल्स र प्यारालाइसिस रोगीलाई प्राकृतिक उपचार पद्धतिबाट उपचार गछौँ । उच्च रत्तचाप र मधुमेहजस्ता दीर्घकालिन रोगहरु जुन हाम्रो बदलिदो जीवनशैलीका कारण देखिने गरेका छन् । नसालाई हामी लाइफ स्टाइल डिस्अर्डर भन्छौँ । यि यस्ता लामो समयसम्म देखिने, लामो समयसम्म औषधी खानुपर्ने र औषधी खाँदा खाँदा उब्जिएका रोगहरुलाई उहाँहरुको जीवनशैली परिवर्तन गरेर होस् या खानपानमा होस, उहाँलाई चाहिने थेरापीहरु दिएर होस अथवा उहाँको परामर्श दिएर भोजनमा परामर्श दिई बिरामीलाई नै डाक्टर बनाउने र बिरामीलाई आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराएर उनीहरुलाई स्वास्थ्यको बारेमा सिकाएर बिरामीले दिनहुँ घरमा गर्नुपर्ने कार्य के, कसरी गर्ने कुराहरु उहाँहरुलाई सिकाउने, हामीले बिभिन्न थेरापीलाई प्रयोग गरेर उपचार गर्ने गछौँ । जस्तैः यता प्राकृतिक चिकित्सा, फिजियो थेरापीहरु, अकुपंचर(अकुप्रेसर र योग थेरापी सेवाहरु उपलब्ध छन् ।
प्राकृतिक पद्धतिबाट उपचार गरिने अस्पतालमा उपचार शुल्क महँगो छ नि ?
यो गलत धारणा हो । यस्ता हस्पिटलको शुल्क महँगो होइन । बिरामीलाई समय बढी दिनुपर्छ । हाम्रो हस्पिटलमा बिरामी भएर एकदिन औषधी खाएर निको हुने होइन । एकचोटी आईसकेपछि न्युनतम १०–१५ वा १ महिना नियमित रुपमा आउनुपर्ने हुन्छ त्यसैले यहाँ पैसा खर्चिलो भन्दा पनि समय खर्चिलो छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
लामो समयदेखि दीर्घ रोगी भएर बिरामी परिरहनुभएको छ र जति पनि रोगले निराश भएर सञ्चो हुनुभएको छैन एकपटक यस हिमालय हस्पिटल योग तथा प्राकृतिक हस्पिटल पूजा प्रतिष्ठान, मध्यबानेश्वर उपचारको लागि सधैं तत्पर छ । नभए नजिकैका दर्ता भएका योग तथा प्राकृतिक हस्पिटलमा गई दक्ष चिकित्सककहाँ गएर उपचार गर्नुहोस् भन्न चाहन्छु । साथै सबै चिकित्सकहरुले एकले अर्कालाई सम्मान गर्नुपर्छ र गल तगर्नेलाई दण्ड र सहि गर्नेलाई सम्मान गर्नुपर्छ ।
प्रस्तुती अशिम सापकोटा
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij