
काठमाडाैं । अल नेपाल हाेमियाेप्याथिक एसाेसिएसनले देशभर प्रदेश स्तर र स्थानिय तहमा इम्युनिटी पावर बढाउने औषधीहरु वितरण गर्दैछ।
यसकाे लागि देशका विभिन्न ठाउँमा रहेका होमियोप्याथिक चिकित्सक र होमियोप्याथहरुलाइ परिचालन गरिने एसाेसिएसनकाे जनाएकाे छ ।
गत वर्ष बैशाख १५ गते जारी भएको कोभिड रोकथाम र नियन्त्रणकाे उद्देश्यले नेपाल सरकारले जारी गरेको प्रोटोकलकाे समेत राम्राेसँग पालना गरी उक्त इम्युन बुस्टर औषधी वितरण गरिने अल नेपाल हाेमियाेप्याथिक एसाेसिएसनका अध्यक्ष डाक्टर खगेन्द्र कटुवालले सेताेघर डट कमलाइ बताउनुभयाे ।
साथै उहाँले नेपाल सरकारबाट मान्यता प्राप्त उक्त इम्युन बुस्टर औषधि वितरण कार्य राज्य मातहतका आधिकारिक व्यक्तिहरुकाे प्रत्यक्ष संलग्नता रहने समेत बताउनुभयाे ।
नेपालमा पछिल्ला दिनहरुमा काेराेना संक्रमण उच्च दरमा वृद्दि भइरहेकाे अवस्थामा नागरिकको जीवन रक्षामा सहयाेग पुग्न सकाेस् भन्ने मान्यताले उक्त औषधी वितरण गर्न लागेकाे समेत बताउनुभयाे ।
साथै संक्षिप्त कुराकानीकाे क्रममा उहाँले नेपाल सरकारले होमियोप्याथिक कोभिड हस्पिटल खाेल्न सकारात्मक संकेत दिनु खुसीकाे कुरा रहेकाे र यसबाट विरामीकाे उपचारमा सहज हुने समेत बताउनुभयाे ।
साथै पशुपति हाेमियाेप्याथिक चिकित्सालय, ललितपुरलाइ काेभिड अस्पतालकाे रुपमा प्रयाेगमा ल्याइने र यसमा ५० ओटा वेड रहने समेत कटुवालले बताउनुभएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij