२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

डिश होमले किन्यो सिम टिभी

डिश होमले किन्यो सिम टिभी

डिश होमले सिम टिभी खरिद गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेड र सिम्पल मिडिया नेटवर्क प्रा.लिबीच को खरिद सम्झौता भएको हो ।

यसका साथै सिम टि.भिको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्क लिमिटेडले  लिएको छ ।

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड नेपालको सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ । यसै गरि सिम टि.भि. नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो ।

सिम टिभिका प्रमुख कार्यकारी अधिकृत श्री ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टि.भि.को खरिद पछि टि.भि. हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहँुचमा पुग्ने जनाएका छन ।

नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij