२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

गाेकर्ण रिसाेर्ट प्रकरणले नेकपामा मच्चियाे खैलाबैला

गाेकर्ण रिसाेर्ट प्रकरणले नेकपामा मच्चियाे खैलाबैला

गोकर्ण रिसोर्टको २७ सय ९३ रोपनी जग्गाबारे मन्त्रिपरिषद्ले गरेको निर्णयलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ ।

स्थायी कमिटी बैठकमा रघुजी पन्तलगायतका नेताहरुले ६ वर्ष म्याद बाँकी रहँदा नै उक्त जग्गा यती समूहलाई दिने निर्णय गरेको विषयमा प्रश्न उठाएका थिए । यो निर्णय नेपाल ट्रष्टको प्रस्तावमा भएको थियो, जसको अध्यक्ष उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल छन् ।

बिहीबार बैठकमा बोल्ने क्रममा पोखरेलले कानूनअनुसार नै गोकर्णको जग्गाबारे निर्णय भएको बताएका थिए ।    तर पोखरेल बोलेलगत्तै नेता पन्त उठेर ६ वर्ष म्याद बाँकी छँदै अहिले किन म्याद थप गर्नुपरेको भन्ने प्रश्न गरे । त्यसपछि पम्फा भुसाल, बेदुराम भुसाल, भीम रावललगायतका नेताहरुले समेत पोखरेललाई यस्तै प्रश्न गरे । उनीहरुरुले कानूनले ६ वर्ष पहिले नै निर्णय गर्नु भनेको छ भनेर प्रश्नसमेत गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij