२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कम्युनिष्ट नेताहरु माफिया पोसेर कमाउ धन्दामाः पौडेल

कम्युनिष्ट नेताहरु माफिया पोसेर कमाउ धन्दामाः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेताहरु सरकारमा बसेर माफिया पोस्ने र कमाउने धन्दामा लागेको बताएका छन्।

नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कम्युनिष्ट सरकारले समाजवाद होइन नयाँ शोषक वर्ग जन्माउन खोजेको आरोप समेत लगाए। उनले अहिलेको कम्युनिष्ट सरकार कमाउ धन्दामा लागेको संसदमा पेश गर्ने तयारीमा रहेको चिकित्सा शिक्षा सम्बन्धी विधेयकबाट पुष्टि भएको दाबी पनि गरे।

उनले भने ‘कम्युनिष्ट सरकार कमाउ धन्दा गर्नेलाई मात्रै पोस्दै छ। यो कुराको पुष्टी सरकारले संसदमा पेश गर्ने तयारीमा रहेको चिकित्सा शिक्षा सम्बन्धी विधेययकबाट पुष्टि हुन्छ। अहिले क्वान्टीटी होइन क्वालिटीको शिक्षा आवश्यक हो । क्वालिटीको शिक्षा र स्वास्थ्य कांग्रेसको लक्ष्य हो। तर कम्युनिष्टले माफिया पोस्न लागेका छन्।’ वरिष्ठ नेता पौडेलले डा गोविन्द केसीका माग जायज भएको भन्दै त्यसका बारेमा डिफेन्स गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए।

उनले कम्युनिष्ट सरकारको बेथिति र विकृतिका विरुद्ध तथा सरकार जनताको ढाड सेक्ने गरि गरेको मुल्यवृद्धिका विरुद्धमा कांग्रेसले अहिले सांकेतिक आन्दोलन थालेको समेत कार्यकर्ताहरुलाई स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij