गृहमन्त्री रामबहादुर थापाले अपराधको सम्बन्ध नेपालभित्र नभई अन्तर्राष्ट्रियस्तरसम्म फैलिएकाले यसलाई निराकरण गर्नु चुनौतीपूर्ण बनेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयले विहिबार आयोजना गरेको मानव अधिकार संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरी विषयक कार्यक्रममा उनले नेपालभित्रको अपराधको जालो अन्तर्राट्रियस्तरसम्म फैलिएकाले मानव अधिकार संरक्षणको विषय पनि कठिन बनेको बताएका हुन् ।
आर्थिक रुपमा विश्वका देशहरु अन्तरनिर्भर हुन थालेपछि अपराधको सीमा पनि अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको भन्दै उनले पछिल्लो समय सार्वजनिक भएका तस्करीका घटना यसकै उदाहरण भएको बताए ।
मानव अधिकारको संरक्षणमा नेपाल प्रहरीको भूमिकाको सह्राहना गर्दै गृहम्नत्री थापाले यसमा प्रहरीको भूमिका अझै सशक्त र प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij