काठमाडौं, १ माघः ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी नोट १४ सिरिज सार्वजनिक गरेको छ । काठमाडौंमा कम्पनीले पत्रकार सम्मेलन गर्दै नयाँ फिचरहरू सहितको रेड्मी नोट १४ सिरिज सार्वजनिक गरेको हो ।
रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेलहरू रहेको कम्पनीले जानकारी दिएको छ । सबै मोडेलहरूमा अत्याधुनिक फिचरहरू, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने कम्पनीले विश्वास लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्च गुणस्तरलाई पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट १४ सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप–स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरुले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौँ ।”

नेपालमा रेड्मी नोट १४ सिरिजको मूल्य र उपलब्धताः
रेड्मी नोट १४ मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिनमा रु.२४,९९९ (६/१२८ जीबी), रु. २७,९९९ (८/8२५६ जीबी) मा उपलब्ध छ ।
रेड्मी नोट १४ ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिनमा रु. ३०,९९९ (८/२५६ जीबी) र रु. ३५,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ ।
रेड्मी नोट १४ प्रो ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिनमा रु.३९,९९९ (८/२५६ जीबी), र रु.४४,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ ।
रेड्मी नोट १४ प्रो+ ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याकमा रु. ४९,९९९ (८/२५६ जीबी), र रु. ५४,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij