काठमाडाैं,अहिलेको बदलिँदो समयमा हाम्रो शिक्षा परम्परालाई निरन्तरता दिनेमा मात्र सीमित भएर पुग्दैन । हाम्रा आवश्यकता र चाहनाहरु जसरी बदलिँदै गएका छन्, त्यसरी नै हाम्रो शिक्षाको संरचना पनि परिवर्तन हुँदै जानुपर्ने आवश्यकता छ । शिक्षाले हामीलाई नयाँ कुरा खोजी गर्नको लागि उत्सुक बनाउन सक्नुपर्छ । शिक्षा औपचारिक मात्र भएर पुग्दैन । यसलाई समयानुकुल व्यावहारिक समेत बनाउँदै लैजानुपर्छ । अहिलेको शिक्षाले हामीमा केही आशा र उत्साह जगाउन सक्नुपर्छ । कण्ठस्थ गरेका कुरा परिक्षामा लेखनको माध्यमबाट व्यक्त गरेर प्राप्त गर्ने उपलब्धि भन्दा व्यावहारिक जीवनमा आइपर्ने समस्या र व्यवहारलाई कसरी सुल्झाउने भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ ।
शिक्षाले हामी भित्र विश्वास र आशा जगाउन सक्नुपर्छ । आफू भित्रको उच्चतम क्षमता पहिचानको लागि सहयोग गर्न सक्नुपर्छ ।
निराशाको बदलामा आशा, असम्भवको बदलामा सानै भएपनि सम्भावनाको खोजी, डरको बदलामा शाहस, बाह्य प्रतिष्पर्धाको बदलामा आफैंसँग प्रतिष्पर्धा गर्न सक्ने गरी शिक्षाले हामीलाई तयार गर्न सक्नुपर्छ । कठिन परिस्थितिबाट भाग्नमा नभई त्यस परिस्थितिलाई सही तवरले सामना गरेर विजय प्राप्त गर्न हाम्रो शिक्षाले सिकाउनुपर्छ । यसको लागि हामीलाई व्यावहारिक एवं रचनात्मक शिक्षा जरुरी रहन्छ ।
अहिलेको समयमा शिक्षाको उद्देश्य जागिरेहरु उत्पादन गर्ने मात्र केन्द्रित भएर पुग्दैन । उद्यमशिल सोचका युवाहरु उत्पादनको लागि हाम्रो औपचारिक शैक्षिक कार्यक्रममा वित्तीय ज्ञानवद्र्धक सामाग्रीहरु समेत समेटिनुपर्ने जरुरी हुन्छ । हाम्रो शिक्षाले दैनिक एवं व्यावहारिक जीवनयापनको लागि आवश्यक पर्ने पृथक सीपहरु सिकाउन सक्नुपर्छ । सूचना र तथ्याङ्क सङ्कलनलाई मात्रै ज्ञान नमानेर हामीले ती सूचनाहरुलाई आवश्यक पर्दा कसरी संस्लेषण, विष्लेषण, प्रशोधन गर्न सक्छौं भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ भन्ने कुरा बाल मष्तिष्कमा भर्न सक्नुपर्छ ।
हामी कुनै काममा सफल बन्न चाहन्छौं र त्यो काम हाम्रो वर्तमान अनुभव भन्दा अलि माथिल्लो स्तरको छ भने त्यसको प्राप्तिको लागि बढी संकल्प र साधना अवश्य आवश्यक रहन्छ । त्यस किसिमका संकल्प जागृत गर्नमा हाम्रो शिक्षाले अवश्य भूमिका खेल्नुपर्छ ।
शिक्षाले हामी भित्र विश्वास र आशा जगाउन सक्नुपर्छ । आफू भित्रको उच्चतम क्षमता पहिचानको लागि सहयोग गर्न सक्नुपर्छ । शिक्षाले ‘म यो काम गर्न सक्दिन’ अथवा ‘यो काम मबाट सम्भव हुँदैन’ भन्ने धारणालाई बदलेर ‘यो काम म कसरी गर्न सक्छु’ भन्ने किसिमले आफैं भित्र सम्भावनाको खोजी गर्नको लागि सहयोग गर्न सक्नुपर्छ ।
कुनै कामको लागि पहिले नै हामी आफूलाई मानसिक रुपमा अयोग्य ठहर गरेर त्यस अमुक काममा सरिक नै भएनौं भने त्यो काम हामीबाट कहिल्यै सम्भव हुनै सक्दैन । तथापि ‘त्यो काम कसरी सफल हुन सक्छ’ भन्ने बारेमा निरन्तर चिन्तन मनन गरिरह्यौं र काममा समेत होमियौं भने आफूलाई असहज र भयङ्कर लाग्ने काम पनि सम्पन्न गर्न हामी सामथ्र्यवान् बन्न सक्छौं । यसकारण हाम्रो शिक्षा अबका दिनमा तथ्याङ्क अध्ययन र कण्ठस्थ गर्नमा मात्रै सीमित नभई विद्यार्थी आफैंले परीक्षण गरेर हेर्नमा केन्द्रित हुनुपर्छ ।
हामी कुनै काममा सफल बन्न चाहन्छौं र त्यो काम हाम्रो वर्तमान अनुभव भन्दा अलि माथिल्लो स्तरको छ भने त्यसको प्राप्तिको लागि बढी संकल्प र साधना अवश्य आवश्यक रहन्छ । त्यस किसिमका संकल्प जागृत गर्नमा हाम्रो शिक्षाले अवश्य भूमिका खेल्नुपर्छ । जब हामीले बाल्यकालको शिक्षामा नै पुरुषार्थ गर्नुपर्छ, इमान्दार बन्नुपर्छ, नयाँ सीप विकास, अध्ययन र सङ्गत लगायतमा आफूलाई निरन्तर संलग्न बनाईराख्नुपर्छ भन्ने बुझेर सोही अनुसार काम संलग्न हुन्छौं, हामी त्यसै किसिमको बन्दै जान्छौं ।
हामीले जे काम गर्छौं, अथवा जुन काममा हामी मानसिक रुपमा विश्वस्त हुन्छौं, त्यही अनुसारको परिणाम हामीलाई प्राप्त भई चक्रीय रुपमा वृद्धि समेत हुँदै जान्छ । हामी पुग्न चाहेको अन्तिम गञ्तव्य के हो, त्यस गञ्तव्यमा पुग्ने काम एकैपटकमा सम्भव हुँदैन । यसको लागि बिस्तारै–बिस्तारै कदमहरु चाल्दै जानुपर्ने हुन्छ । यसकारण यदि हामी कुनै उद्देश्य प्राप्ति गर्न चाहन्छौं भने त्यस योजनामा सानो–सानो प्रयत्न निरन्तर रुपमा गरि नै रहनुपर्छ भन्ने कुरा हामीलाई हाम्रो शिक्षाले सिकाउन सक्नुपर्छ ।
जब हाम्रो शिक्षाको प्राथमिक उद्धेश्य नै हाम्रो सोच, व्यवहार र संस्कारमा सकारात्मक परिवर्तन गर्ने उद्धेश्यबाट निर्देशित हुन्छ, तब हामी एउटा नयाँ र फराकिलो उचाईमा पुग्न सक्छौं । यसकारण हाम्रो अबको शिक्षा चेतनामा आधारित र बहुआयामिक हुनु जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij