२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

प्रारम्भ वर्ल्ड स्कूलको उत्कृष्ट नतिजा, आयान्श ज्ञवालीले ल्याए ४ जिपिए

प्रारम्भ वर्ल्ड स्कूलको उत्कृष्ट नतिजा, आयान्श ज्ञवालीले ल्याए ४ जिपिए

  • शुक्रबार, बैशाख ४ २०८३

 

काठमाडाैं । तारकेश्वर नगरपालिकामा सञ्चालित आधारभूत तह कक्षा ८ को केन्द्रीकृत परीक्षामा प्रारम्भ वर्ल्ड स्कूलले ४ जिपिए सहित उत्कृष्ट नतिजा हासिल गरेको छ।

विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थी आयान्श ज्ञवालीले ४.०० जीपीए ल्याउन सफल भएका हुन् ।

यो उपलब्धिले विद्यालयको शैक्षिक गुणस्तर, समर्पित शिक्षण पद्धति र प्रभावकारी व्यवस्थापनलाई स्पष्ट रूपमा झल्काएको छ।

तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको उक्त परीक्षा चैत ६ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको थियो भने नतिजा चैत २८ गते सार्वजनिक गरिएको थियाे।

 यस सफलताको केन्द्रमा रहेका विद्यार्थी आयान्श ज्ञवालीले प्राप्त गरेकाे याे उपलब्धिलाइ विद्यार्थीकाे मेहनत र अनुशासन, शिक्षक शिक्षिकाकाे प्रतिबद्धता र जिम्मेवारीबाेध  तथा परिवारकाे उचित मार्गदर्शन र संरक्षणकाे संयुक्त  पहल भएकाे विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले जानकारी गराउनुभएकाे छ ।

विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीका अनुसार विद्यार्थीले प्राप्त गर्ने नतिजा मात्र सफलताको मापदण्ड होइन, बरु विद्यार्थीको व्यवहार, अनुशासन, सोच र जीवनोपयोगी सीपहरू अझ महत्वपूर्ण हुन्छन्। उहाँले विद्यालयले सधैं ‘गुणस्तरीय व्यक्तित्व निर्माण’लाई प्राथमिकता दिँदै आएको र अंकभन्दा व्यक्तिको समग्र गुण विकासमा जोड दिएको बताउनुभएकाे छ।

विद्यालयले शैक्षिक अध्ययनसँगै संस्कार र मूल्य शिक्षालाई विशेष प्राथमिकतामा राख्दै आएको छ। विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारीबोध, नैतिकता र सामाजिक चेतना विकास गर्न विद्यालयले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। विश्वस्तरीय, क्षमतावान, सङ्कल्पवान र सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ विद्यालय अघि बढिरहेको पनि विद्यालय प्रशासनले उल्लेख गरेको छ।

त्यसैगरी, प्रारम्भ वर्ल्ड स्कूलले अतिरिक्त क्रियाकलाप (ECA) तथा सह-पाठ्यक्रम गतिविधि (CCA) मा पनि विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै आएको छ। विभिन्न सांस्कृतिक कार्यक्रम, वादविवाद, हाजिरीजवाफ, चित्रकला, विज्ञान प्रदर्शनी लगायतका सिर्जनात्मक गतिविधिहरूले विद्यार्थीहरूको अन्तरनिहित क्षमता प्रष्फुटन गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालय व्यवस्थापन पक्षको भनाइ छ।

खेलकुदतर्फ पनि विद्यालय उत्तिकै सक्रिय रहेको छ। विभिन्न खेल प्रतियोगिताहरू, नियमित खेल अभ्यास तथा टोलीगत गतिविधिहरू मार्फत विद्यार्थीहरूमा शारीरिक विकाससँगै नेतृत्व क्षमता, सहकार्य भावना र आत्मविश्वास अभिवृद्धि गर्न मद्दत पुगेको छ। विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शैक्षिक तथा गैर-शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ।

विद्यालय व्यवस्थापन समितिले जारी गरेको बधाई सन्देशमा यस उपलब्धिले विद्यालयको समर्पित शिक्षण पद्धति, दक्ष शिक्षक टोली तथा प्रभावकारी व्यवस्थापनलाई पुष्टि गरेको उल्लेख गरिएको छ। साथै, आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

समग्रमा, प्रारम्भ वर्ल्ड स्कूलले हासिल गरेको यो सफलता केवल शैक्षिक नतिजामा सीमित नभई विद्यार्थीहरूको सर्वाङ्गीण विकास, संस्कारमूलक शिक्षा र गुणस्तरीय व्यक्तित्व निर्माणतर्फको प्रतिबद्धताको परिणामका रूपमा हेरिएको छ। विद्यालयले आगामी दिनहरूमा पनि यही दिशामा आफ्नो अभियानलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ।

स्मरण रहाेस्, यस विद्यालयले कक्षा १० पनि लगातार ४ जिपिए सहित उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij