२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

निर्माण सामग्रीको अभावले हुलाकी सडक अलपत्र

निर्माण सामग्रीको अभावले हुलाकी सडक अलपत्र

कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएका छन् ।

हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर सडकलाई समयमै सम्पन्न गर्नका लागि तीन खण्डमा ठेक्का गरिएको थियो । माटो तथा ग्राभेललगायतका निर्माण सामग्री नपाएकै कारण समयमा काम सम्पन्न गर्न नसकिएको जनाइएको छ ।

स्थानीय सरकारसँग सहयोग माग्दा समन्वय नगरेको र सडकको बेसका लागि चाहिने माटो र ग्राभेल समयमा नपाएका कारण काम समयमा सम्पन्न हुन नसकेको उनीहरु गुनासो छ । सडकको पहिलो खण्ड अर्थात् लम्कीदेखि पथरैयासम्मको सडक कालोपत्रेको जिम्मा पाएको कालिका कुमार जेभीका साइड प्रमुख हरिनाथ योगीले कोरोनाका कारण भएको बन्दाबन्दी, बर्सातको समयमा काम हुन नसक्नु र ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य निर्माण सामग्रीको अभावका कारण काम समयमै सम्पन्न हुन नसकेको बताए।

एपेक्स खड्का कृष्ण जेभीको पहिलो चरणको सम्झौता म्याद नै सकिएको छ । म्याद सकिँदासम्म सडकको ४० प्रतिशत काम सम्पन्न भएको साइड इञ्चार्ज प्रमोदकुमार मण्डल बताउछन्। उनले पनि माटोको अभावका कारण काम गर्ने सिजनमा खाली बस्नुपर्दा समयमा काम सम्पन्न गर्न नसकिएको बताए । “सबैभन्दा बढी समय माटोको खोजीमा बित्यो । त्यसपछि बिजुली पोल, खानेपानी पाइप र कोरोनाका कारण पनि कामा प्रभाव पर्यो ।” उनले भने, “सडकक बेसको काम करिब सम्पन्न भइसकेको छ । बेसको काम पूरा भएपछि कामको प्रगति देखिने छ ।” उनले सडकको म्याद एक वर्ष थपका लागि निवेदन दिएको बताए ।

तेस्रो खण्डको सडक निर्माणको जिम्मा पाएको रायमाझी गाल्भा जगदम्बा जेभीका साइड प्रमुख चन्द्र लम्सालको गुनासो पनि उस्तै छ । उनले स्थानीय सरकारकै सहयोग नपाएको गुनासो गर्नरे । “हामीले सडकको लागि एक वर्ष पहिला नै क्रसरका लागि अनुमति मागेका थियौँ । बल्ल अहिले अनुमति पाएका छौँ ।” उनले भेन, “सडकको बेसको लागि चाहिने माटो र ग्राभेल नपाउँदा त्योभन्दा बढी समस्या भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij