२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

जुम्ला, ३ वैशाखः जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा रु ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ ।

कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्याङ्की र दुईवटा १० घनमिटरका सहायक ट्याङ्की निर्माण गरिएको छ ।

लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् ।

  • रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij