२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अपर तामाकोशीले पायाे ‘इक्रा एनपी–आईआर बीबी’ रेटिङ

अपर तामाकोशीले पायाे ‘इक्रा एनपी–आईआर बीबी’ रेटिङ

काडमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद जारी गर्नको लागि रेटिङ्ग गराएको छ ।

रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी–आईआर बीबी’ रेटिङ प्रदान गरेको हो । ‘इक्रा एनपी–आईआर बीबी’ रेटिङ प्राप्त गर्ने कम्पनीहरू समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।

इक्रा नेपालले उक्त रेटिङ कुनै खास ऋणपत्र विशेषको राय नभई निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र रहेको उल्लेख गरेको छ ।

अपर तामाकोशी हाल कायम चुक्ता पुँजी १० अर्ब ५१ करोडको आधारमा १० अर्ब ५१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गरेर पुँजी जुठाउने तयारीमा रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न यसअघि नै निर्णय गरेर गत भदौ ३ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।

आवश्यक प्रक्रिया पूरा गरेर अब कम्पनीले विद्युत नियमन आयोग तथा पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबाट हकप्रद सेयर बिक्री गर्न अनुमति पाएपछि मात्र सर्वसाधारणमा हकप्रद जारी हुनेछ ।

हकप्रद सेयर निष्कासन गर्न कम्पनीले नागरिक लगानी कोषलाई निष्कासन तथा बिक्री प्रबन्धक र सनराइज क्यापिटल क्यापिटल लिमिटेडलाई सह–बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij