२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राप्रपा नेपालका उम्मेदवारहरु महेश्वर र मिराको संक्षिप्त चिनारी

राप्रपा नेपालका उम्मेदवारहरु महेश्वर र मिराको संक्षिप्त चिनारी

स्थानीय जागरुक व्यक्तिहरुको राजनीतिमा मोह बढ्दो

काठमाडौं । यसपटकको स्थानीय तह निर्वाचनमा पूर्ण रुपमा राजनीतिमा संलग्न व्यक्ति भन्दा पनि कुनै पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको संलग्नता बढी देखिएको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट राप्रपा नेपालबाट महेश्वर कार्कीले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । उनी एक सफल कृषि उद्यमी हुन् । ३४ बर्षीय कार्की विगत ९ बर्ष देखि कृषि कर्ममा छन् । उनले कुकुर पालन, गाई पालन र खेतीपाती गर्दै आएका छन् । तारकेश्वर क्षेत्रमा उनी जागरुक कृषि उद्यमीको रुपमा परिचित छन् । हाल कार्कीले दैनिक करिब १ सय लिटर दुध उत्पादन गर्दै आएका छन् । राजनीतिक चेतना हरेक व्यक्तिमा हुनुपर्ने उनको तर्क छ ।

यसैगरी मिरा महर्जन राप्रपा नेपालबाट क्षेत्र नम्बर ७ मा आदिबासी जनजाती तर्फकी समानुपातिक उम्मेदवार हुन् । महिला उद्यमीको रुपमा पहिचान बनाएकी उनले जागृति अचार उद्योग सञ्चालन गर्दै आएकी छिन् । जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको अचार उत्पादन सम्बन्धी ३ दिने तालिम लिएपश्चात् उनी अचार उत्पादनमा लागेकी हुन् ।

गोलढुंगा महिला मञ्च, श्रद्धा महिला बचत तथा ऋण सहकारी, जागृति महिला समूह लगायतमा उनको संलग्नता छ । साना उद्योगीहरुका समस्या अन्य दलले सम्बोधन नगरेको कारण आफू जस्ता व्यावसायिक प्रतिनिधिहरुले उम्मेदवारी दिनुपरेको महर्जनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij