२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

जनताको जीवनस्तर माथि उठाउन मेरो उम्मेदवारीः खड्का

जनताको जीवनस्तर माथि उठाउन मेरो उम्मेदवारीः खड्का

राज कुमार खड्का, बाग्मती प्रदेशबाट समानुपातिक उम्मेदवार, राप्रपा नेपाल (चुनाव चिन्ह तीर)

काठमाडौं । वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा तारकेश्वर नगरपालिकाबाट नगरप्रमुख पदको लागि उम्मेदवारी दिएका राज कुमार खड्का काठमाडौं क्षेत्र नम्बर ६ को विकासको लागि निरन्तर क्रियाशिल रहँदै आएका व्यक्ति हुन् ।

यसपटकको निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक तर्फ खस आर्य समूहको सूचीमा अग्रस्थानमा नाम समेटिएका खड्का राप्रपा नेपालका केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख समेत हुन् ।

उनी विगत २०६५ देखि हाल सम्म अर्विट वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको भूमिका निर्वाह गर्दै आएका व्यक्ति हुन् । खड्का एक सफल युवा उद्यमी समेत हुन् ।

मानविकीमा स्नातक सम्मको अध्ययन गरेका खड्का शारीरिक सुगठन (वडि विल्डिङ) र वक्सिङको राष्ट्रिय खेलाडी समेत हुन् ।

बाग्मती प्रदेश अन्तरगत १३ ओटै जिल्लाका आफ्ना सम्पूर्ण शुभचिन्तकहरुलाई चुनाव चिन्ह तीरमा मतदान गरी आफूलाई समानुपातिक तर्फ विजयी गराउन खड्का हार्दिक अपिल समेत गर्दछन् ।

आफ्नो उम्मेदवारी सुशासन, विकास र समृद्धि सहित जनताको जीवनस्तरलाई माथि उकास्नकै लागि केन्द्रित रहने प्रतिबद्धता समेत खड्काले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij