२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

माधव नेपाल समूहका सांसदहरुले राजीनामा नदिने, संसदमा उपस्थित पनि नहुने

माधव नेपाल समूहका सांसदहरुले राजीनामा नदिने, संसदमा उपस्थित पनि नहुने

काठमाडाैं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ।

बैठकमा केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । तर, त्यसअघि बसेको नेपाल पक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो । सांसदहरुको बैठकपछि सिंहदरबारमा नै बसेको नेपाल पक्षको स्थायी कमिटीले अनुपस्थित रहने निर्णय गरेको हो । सांसदहरुको बैठकमा सांसदहरुले आफ्ना धारणा राख्नेक्रममा केही सांसदले राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर बीचको बाटो खोज्न सुझाव दिएको नेता भीम रावलले जानकारी दिए ।

‘नेपालको संविधान, नेपालको लोकतन्त्रको मूल्य मान्यताको रक्षाका लागि हामीले अनुपस्थित हुने निर्णय गरेका हौं,’ नेता रावलले बैठकपछि भने, ‘संसद विघटन गर्ने, दल विभाजनको प्रयास गर्न्, भ्रष्टाचारको संरक्षण गर्ने र विश्वासको मत लिने एक दिनअघि संवैधानिक परिषद् बोलाएर नियुक्ति गर्ने प्रधानमन्त्री केपी लाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने र देश र राज्यलाई कमजोर तुल्याउने हुँदा हामीले संसदको बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij