२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोना जितेर आऊ भुपाल

कोरोना जितेर आऊ भुपाल

  • राजनप्रसाद पोखरेल

देशभरिका कान्छा तिमी अध्यक्ष हौ भुपाल
उच्च विचार राख्ने तिमी नदुखोस् है कपाल ।

टाठाबाठा थियौ तिमी खै कसरी फस्यौ ?
महामारी बढ्दै जाँदा भित्र बस्ने भयौ ।

बाह्र गते साँझैबाट खासखुस हुन थाल्यो
को होला को भन्दाभन्दै हल्ला चल्दै गयो ।

अध्यक्ष नै हुन् रे भन्ने चारैतर्फ भयो
पत्याउनै गाह्रो कस्तो तनाव बढ्दै गयो ।

आत्मनिर्भर गाउँ बनाउन सधैं लाग्ने तिमी
चिन्ताले नै रात बितायौँ, आत्तियौं नि हामी ।

भोलिपल्ट बोली सुन्यौँ, कस्तो निडर तिमी
अगुवा हौ तिमी गाउँको अलि ढुक्क हामी ।

कमजोर भाइरस भन्ने गर्छ, हुन्न केही तिम्लाई
धेरै काम गर्नु छ है, गुन लाउनु छ देशलाई ।

सजग थियौ, पहिलेदेखि सोधी खोजी गर्थ्याै
बाहिरबाट आउनेलाई ख्याल गर है भन्थ्यौ ।

हेरविचार गर्नै पर्यौ, दौड धुप  खुब् गर्यौ
कहिले उक्ल्यौ धुर्कोट त कहिले वस्तु झर्यौ ।

जनताको काम गर्दै गर्दा नयाँ प्लान ल्यायौ
धेरै काम आफै गर्यौ, प्रदेशलाई सिकायौ ।

धुर्कोट र तिलोत्तमा अगाडि नै आए
राम्रो कामले जताततै वाही वाही पाए ।

सङ्क्रमित भई तिमी आइसोलेसनमा गयौ
जे बोल्यौ हिमालयमा हाइट उच्च बनायौ ।

यस्तो बेला प्रण गर्यौ भित्रै अध्ययन गर्छु
योजना बनाई नयाँ गाउँको विकास गर्छु ।

सलाम तिम्रो मनोबललाई उच्च बनाऊ भाइ
इश्वरले नि सुन्छन् तिम्रो यो उच्च भावलाई ।

सायद हुन्छन् यस्ता मान्छे तिमी त्यसमा पर्छौ
नडराऊ ढुक्क होउ जित हासिल गर्छौ ।

आफूलाई नि थाहा भएन कसरी यो सर्यो
अवसरमा लिऊ यसलाई यस्तै यस्तै पर्यो ।

आग्रह गर्यौ साथीलाई क्वारेन्टाइनमा बस्नू
तपाईं नि नआत्तिनू लकडाउन पालन गर्नू ।

छिट्टै आउँछु निको भई गाउँको काम गर्नलाई
एकान्त बासको उपयोग विकास गर्नलाई ।

तम्घासको शान्त मौसम सोचेजस्तो बनोस्
यो बेलाको अध्ययन तिम्रो फलदायी बनोस् ।

छिट्टै निको भई आऊ हसिलो त्यो अनुहारमा
बाधा ढेस नलाओस् भुपाल तिम्रो उच्च विचारमा ।

देशभरिका कान्छा तिमी अध्यक्ष हौ भुपाल
उच्च विचार राख्ने तिमी नदुखोस् है कपाल ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij