२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

प्रहरीद्धारा सामाजिक सञ्जालमा विभिन्न अनर्गल फोटो, भिडियो र समाचारहरु प्रकाशन नगर्न अपिल

प्रहरीद्धारा सामाजिक सञ्जालमा विभिन्न अनर्गल फोटो, भिडियो र समाचारहरु प्रकाशन नगर्न अपिल

काठमाडाैं,१९ चैतः जिल्ला परिसर काठमाडौंले दुर्गा प्रसाईको नेतृत्वमा शुक्रबार तिनकुनेमा भएको घट्ना सम्बन्धित विभिन्न अनर्गल फोटो, भिडियो र समाचारहरु सामाजिक सञ्जालमा प्रकाशन भइरहेकेले यस्ते नगर्न अपिल गरेको छ ।

प्रहरीले दुर्गा प्रसाई लगायतका समूहले तिनकुनेमा आयोजना गरेको कार्यक्रममा भएको तोडफोड, आगजनी, लुटपाट र प्रहरी कारवाहीका सम्बन्धमा यस परिसर तथा तालुक कार्यालयहरुबाट समेत छानविन तथा अनुसन्धान भइरहेको जनाएको छ । यस्ता भ्रमपूर्ण प्रचारले आमजनमानसमा अन्योल, भय र गलत धारणा फैलिने सम्भावना रहेको अनुसन्धानलाई समेत प्रभावित पार्न सक्ने भएकाले यस तर्फ सबै पक्ष गम्भीर तथा जिम्मेवार हुन अपिल गरेको छ ।

साथै छानविन र अनुसन्धानलाई सहयोग पुग्ने किसिमका कुनै सूचना एवं फोटो, भिडियो वा अन्य सामग्री भएमा कार्यालयको ईमेल ठेगानाः kathmandu_spokesperson@nepalpolice.gov.np वा फेसबुक पेज https://www.facebook.com/PoliceRangeKTM साथै यस जिल्ला प्रहरी परिसर काठमाडौं, प्रवक्ताको सम्पर्क नम्बरस् ९८५११२६९८३ (9851126983) मा समेत उपलब्ध गराइदिन आग्रह गरेको छ ।

शान्ति र सुव्यवस्थाका लागि हामी सबैको संयमता, धैर्यता र जिम्मेवारीपूर्ण व्यवहार अत्यन्तै आवश्यक हुने हुँदा आधारहीन विषय, भ्रम वा अफवाहको पछि नलागी सत्य(तथ्य स्थापनाका लागि सहयोग गर्न समेत सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij