२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

राहुल साहकाे हत्या अभियाेगमा संलग्न ६ जना पक्राउ

राहुल साहकाे हत्या अभियाेगमा संलग्न ६ जना पक्राउ

काठमाडाैं, १८ चैतः प्रहरीले राहुल साहको हत्या अभियोगमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज विज्ञप्ति जारी गर्दै उक्त व्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।

सर्लाही जिल्ला, चक्रघट्टा गा.पा. १ घर भई हाल काठमाडौं, गोकर्णेश्वर न.पा. ५ बाहुनधारा बस्ने २२ वर्षको निपु मण्डल, २३ वर्षको जोधन मण्डल, वडा नं. ६ बस्ने १८ वर्षको बिजय यादव, १८ वर्षको करन कुमार महतो, वडा नं. १ बस्ने ४५ वर्षको उत्तम मण्डल र भारत, बिहार घर भई हाल काठमाडौं जिल्ला, वडा नं.७ दक्षिणढोका बस्ने २९ वर्षको सुनिल शर्मा रहेका छन् ।

हाल उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा साहलाई लेनदेनको विषयमा विवाद हुँदा हत्या गरिएको जनाएको छ ।

राहुल साहको शव शुक्रबार प्रहरी वृत्त बौद्धको टोलीले माकलबारी स्थित आर।के। मोटरसाईकल वर्कसपको पछाडी गाडिएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij